A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session8lp6bufl83pv31em5d5ombd2ae0vl6v9): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालमैत्री विद्यालयमा बालबालिकाको बेहाल : बोरामा बसेर पढाइ

सखुवा नन्कारकट्टी गाउँपालिका-४ खैरबोनास्थित राष्ट्रिय आधारभूत विद्यालयमा शुक्रबार दिउँसो साढे ११ बजे न विद्यार्थी भेटिए न शिक्षक। पहिलो घण्टीको पढाइपछि उनीहरूको छुट्टी भएको थियो। कारण थियो- ठुकठुक जाडोमा विद्यार्थीले कक्षामा प्लास्टिकका बोरामा बस्नुपर्ने बाध्यता। यो बालमैत्री घोषण भइसकेको स्कुल हो। स्कुलमा त्यस्ता बालमैत्री पूर्वाधार भने केही थिएन। बस्न चकटी, बेन्च, कार्पेट यहाँसम्मकि गुन्द्रीसमेत केही छैन। विद्यार्थी घरबाटै बोरा बोकेर स्कुल जान्छन्। त्यसमै बसेर पढ्छन्। छुट्टी भएपछि बोकेर फर्किन्छन्।बोरा ल्याउन नसक्ने विद्यार्थी चिसो सिमेन्टको भुइँमै बसेर पढ्छन्। स्कुलबाट ३ सय मिटरमा वडा र गाउँपालिका कार्यालय छ। त्यहाँ गेटदेखि नै कार्पेट बिच्छ्याइएको छ। कोठा(कोठामा सोफा छन्। छेउमै रहेको विद्यालयमा बालबालिकाको बिचल्ली छ।हाजिरी खातामा कक्षा १ देखि ५ सम्म ९२ जनाको नाम छ। २० प्रतिशत जति मात्र पढ्न आउँछन्। कक्षा ४ र ५ का विद्यार्थीलाई एउटै कोठामा राखेर पढाइन्छ। उनीहरूका लागि भने बेन्चसम्म छ। कक्षा १, २ र ३ का विद्यार्थी चाहीं एउटै कोठामा बोरामा बसेर पढ्छन्।‘जाडो महिनामा प्लास्टिक बोरामा बसेर पढ्न गाह्रो हुन्छ। भुइँमा सिमेन्ट प्लास्टर भएकाले बिरामी पर्छौं,’ कक्षा ३ का रवीन्द्र मण्डलले भने, ‘त्यसपछि मन लागे स्कुल आउँछौं नलागे आउँदैनौं।’ एउटै कोठामा तीनवटा कक्षाका विद्यार्थी राखेर पढाउँदा बुझ्न समस्या हुने गरेको उनले सुनाए। उनका अनुसार नियमित पढाइ नहुँदा विद्यार्थी आउन छाडेका हुन्।कक्षा १ देखि ३ सम्मका विद्यार्थी बोरामै बसेर पढ्ने गरेको प्रधानाध्यापक अनिरुद्र यादवले स्विकारे। उनले भने, ‘डेस्क, बेन्च, कार्पेट, चकटी छैन।’ शिक्षक अभावले गर्दा एकभन्दा बढी कक्षा एउटै कोठामा राखेर पढाउन बाध्य भएको उनले सुनाए। स्कुलमा दरबन्दीका २, राहतमा एक शिक्षक र कार्यालय सहायक एक जना छन्। गाउँपालिकासँग डेस्क, बेन्च माग गर्दा पनि नपाएको उनले गुनासो गरे।कमजोर विद्यालयलाई एकअर्कामा समायोजनको तयारी रहेको गाउँपालिका अध्यक्ष केदारनाथ यादवले बताए। ‘विद्यार्थी थोरै छ। शिक्षक जनशक्ति छरिएका छन्। त्यही भएर कमजोर देखिएका विद्यालयलाई समायोजनको तयारी गरिरहेका छौं,’ उनले भने, ‘यसो गर्दा शैक्षिक गुणस्तर बढाउन मद्दत पुग्छ।’ पूर्वाधार नै तयार नगरी हचुवाका भरमा स्थानीय चुनावअगाडि स्कुललाई बालमैत्री घोषणा गरिएको उनको भनाइ छ।उनका अनुसार गाउँपालिकाका विद्यालयलाई बालमैत्री बनाउन क्रमिक रुपले पूर्वाधारमा लगानी वृद्धि गरिएको छ। यस वर्ष ३ स्कुलमा दुईकोठे भवन र शौचालय बनाउन सूचना प्रकाशन गरिएको उनले बताए। ‘अझै ६ विद्यालयमा पूर्वाधार अभाव छ’, उनले भने।

२०७६ पुष २९ गते १०:५५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: