A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session8lp6bufl83pv31em5d5ombd2ae0vl6v9): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

दिवा खाजा पाएपछि बाजुराका विद्यालयमा विद्यार्थी बढे

सामुदायिक विद्यालयमा सञ्चालन गरिएको दिवा खाजा कार्यक्रमका कारण पछिल्लो समय विद्यार्थीको चाप बढ्दै गएको छ। पूर्वोत्तर भेगमा पर्ने बूढीनन्दा नगरपालिका–१० पाण्डुसैनमा रहेको कैलाश प्राथमिक विद्यालयमा केही वर्ष पहिले ५० देखि ७० विद्यार्थी रहेका थिए। विद्यालयले दिवा खाजा कार्यक्रम शुरु गरेपछि विद्यार्थीको सङ्ख्यामा दोब्बरले वृद्धि भएको हो।  पहाडी तथा उच्च हिमाली भेगमा गरिब परिवारका बालबालिका र कक्षा छोड्ने दोहोर्‍याउने विद्यार्थीलाई लक्षित गरी दिइने दिवा खाजा कार्यक्रमका कारण तल्लो कक्षामा विद्यालय आउन छाड्ने समस्या केही हटेको कैलाश प्राथमिक विद्यालयका प्रधानाध्यापक गणेशबहादुर सिहंले बताए।  उनले कक्षा १ देखि ५ सम्म सञ्चालन भएका १३४ आधारभूत विद्यालयका एक हजार ६१३ विद्यार्थी दिवा खाजा कार्यक्रममा सहभागी हुने गरेकोे जानकारी दिए। “गरिब परिवारका बालबालिकाका लागि यो कार्यक्रम प्रभावकारी भएको छ”, उनले भने, “यसले बालबालिकालाई विद्यालयमा नियमित गराउने गरेको छ।” विद्यालयमा दिवा खाजा सञ्चालन गरेपछि अभिभावकमा समेत बालबालिकालाई विद्यालय पठाउने उत्सुकता जागेको प्रअ सिंहको भनाइ छ। पौष्टिक तत्वसहितको खाजा खान पाएकोमा अभिभावकले खुशी व्यक्त गरेका छन्  । घरका अभिभावक सबै खेतको काम गर्न जाने भएकाले विद्याललमै खाजा खुवाउने भएपछि ढुक्क हुने गरेको अभिभावक गोकर्ण देवकोटाले बताए। प्राथमिक तहको विद्यालयमा हरेक वर्ष २०० भन्दा बढी विद्यार्थी भर्ना हुने गरेको विद्यालयले जनाएको छ। उच्च लेकाली भेगमा रहेको हिमाली गाउँपालिकाको हिमालभक्ति प्राथमिक विद्यालयमा ३२ बालबालिका दिवा खाजाले नियमित विद्यालयमा आउने गरेको विद्यालय व्यवस्थापन समितिका सदस्य प्रेम लामाले बताए। सामुदायिक विद्यालयका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम सञ्चालन कार्यविधि विसं २०७३ मा स्थानीयस्तरमा उपलब्ध हुने खाद्य पदार्थबाट सम्बन्धित विद्यालयका खाजा व्यवस्थापन समितिले विद्यार्थीलाई खाजा उपलब्ध गराउँदै आएको शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका निमित्त समन्वय एकाइ प्रमुख रमेश जनालले जानकारी दिए।  केही वर्ष पहिले दिवा खाजाको रुपमा सर्वोत्तम पीठो खुवाउने गरेको र हाल विश्व खाद्य सङ्गठनको सहयोगमा भात दाल खुवाउने गरेको निमित्त प्रमुख जनालले बताए  । यहाँका नौ स्थानीय तहमध्ये सात स्थानीय तहका विभिन्न प्राथमिक विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन भइरहेको छ।  सबै प्राथमिक विद्यालयमा दिवा खाजा सञ्चालन गरिएको खाद्यका लागि पौष्टिक आहार बाजुराका एकाइ प्रमुख विनोद ठाकुरले बताए। दिवा खाजाबाट एक हजार ६१३ बालबालिका लाभान्वित भएको उनले बताए। दिवा खाजा लागू भएका विद्यालयमा एकीकृत विकास समाज नेपाल (आइडीएस) ले सरसफाइ कार्यक्रम सञ्चालन गरेको छ।  सो कार्यक्रमअन्तर्गत विद्यालयमा सरसफाइ, चर्पी भवन निर्माण तथा मर्मतसम्भार गर्दै आएको कार्यक्रमका जिल्ला संयोजक प्रेम खनालले बताए। उनले विद्यार्थीलाई हात धुने, साबुन प्रयोगलगायत सरसफाइ सम्बन्धी जनचेतना जगाउने गरेको बताए। उक्त कार्यक्रम बूढीगङ्गा नगरपालिकाबाहेक त्रिवेणी र बूढीनन्दा नगरपालिका, हिमाली, स्वामीकार्तिक, जगन्नाथ, खप्तडछेडेदह र गौमुल गाउँपालिकाका  प्राथमिक विद्यालयमा दिवा खाजा सञ्चालन हुँदै आएको छ।

२०७६ पुष ४ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: