A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiona4ruecpse9pvlj3aeucqrjf3o4kb31r7): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

एसइईको नतिजा सुधार्न प्रदेश सरकारको विशेष कक्षा

राष्ट्रिय परीक्षा बोर्डको नतिजा अनुसार २०७५ सालको एसइई परीक्षामा प्रदेशमा सम्मिलित ७५ हजार ८३४ विद्यार्थीमध्ये गणित विषयमा ४३ हजार ८७८ विद्यार्थीले ‘डी’ र ‘ई’ ग्रेड ल्याए।  विज्ञानमा २५ हजार ४९४ विद्यार्थीले डी प्लस, डी र ई ग्रेड ल्याए। यसलाई हेर्दा २०७५ को एसइई परीक्षामा प्रदेश ५ का ७२ प्रतिशत विद्यार्थीले गणित र विज्ञानमा ‘ई’ ग्रेड प्राप्त गरे। यी दुई विषयमा ‘डि’ र ‘ई’ ग्रेड ल्याएका ७२ प्रतिशत विद्यार्थीले उच्च शिक्षामा राम्रो विषय लिएर पढ्न नपाउने जोखिम बढ्यो।  राम्रो ग्रेड नपाएका विद्यार्थीले राम्रो विषयमा उच्च शिक्षा अध्ययन गर्न नपाउने जोखिम हुने भएकाले प्रदेश ५ सरकारको सामाजिक विकास मन्त्रालयले उक्त विषयमा विशेष कक्षा सञ्चालन गर्ने भएको छ। आउदो चैतमा एईई सञ्चालन हुने हुँदा अवको दुई महिना एसइईमा सामेल हुने विद्यार्थीका लागि माघको पहिलो हप्तादेखि विशेष कक्षा सञ्चालन गर्न लागिएको हो। ‘एसइई परीक्षामा गणित र विज्ञान विषयमा नतिजा सुधार्न विशेष कक्षाको अभियान सुरु गरिएको हो’ सामाजिक विकासमन्त्री सुदर्शन बरालले भने,‘अभियानपछि अधिकांश विद्यार्थीले यी दुई विषयमा कम्तीमा ‘डि प्लश’ मा स्तरोन्नति गर्ने हाम्रो योजना हो।’  प्रदेशको प्राथमिकतामा विज्ञान तथा प्रविधि विषय रहेको मन्त्री बरालले सार्वजनिक कार्यक्रममा बारम्बार बताउँदै आएका छन्। तर, एसइईको नतिजालाई हेर्दा विज्ञान तथा प्रविधिका विषयमा सामुदायिक विद्यालयका विद्यार्थीको न्यून उपस्थिति हुन सक्ने देखेर पनि यस्तो अभियानको सुरुवात गरिएको नतिजा सुधार अभियानको मूल्यांकन समितिको संयोजक समेत रहेका सामाजिक विकासमन्त्री बरालले बताए।  प्रदेशका ८ सय ८८ विद्यालयमा गणित र ७४२ विद्यालयमा विज्ञान विषयका विशेष कक्षा सञ्चालन हुने छन्। यस अभियानले प्रदेशका १२ जिल्लाका ५७ हजार ७४७ विद्यार्थीलाई प्रत्यक्ष लाभ दिने मन्त्रालयको ठहर छ।  मन्त्रालयका शैक्षिक योजना तथा अनुसन्धान महाशाखा प्रमुख थानेश्वर ज्ञवालीले यो अभियानअन्तर्गत एक हजार ९७६ जना विज्ञान र गणित विषयका शिक्षक परिचालन गरिने जानकारी दिए। एसइईमा कमजोर नतिजा ल्याएका विद्यालयमा विशेष कक्षा सञ्चालन गरिने छ। प्रदेश सरकारले छुट्टै कक्षाको व्यवस्था नगरी सम्बन्धित विद्यालयलाई नै आवश्यक बजेटको व्यवस्था गरी कक्षा सञ्चालनका लागि निर्देशन दिइने सामाजिक विकास मन्त्रालयका प्रवक्ता टिकाराम अर्यालले बताए।  संघीय सरकारको विशेष अनुदानमा आधारित यो अभियानका लागि प्रदेश सरकारले पाँच करोड छुट्याएको छ। मन्त्रालयले २० देखि ४९ सम्म विद्यार्थी भएका विद्यालयलाई २० हजार, ५० देखि ९९ विद्यार्थी भएका विद्यालयलाई २८ हजार, १ सयदेखि १९९ विद्यार्थी भएका विद्यालयलाई ३८ हजार र २०० भन्दामाथि विद्यार्थी भएका विद्यालयका लागि ५४ हजार रुपैयाँ उपलब्ध गराइने छ। मन्त्रालयले दिएको रकम विद्यालयले विषय शिक्षकलाई उपलब्ध गराउने छन्।  शैक्षिक योजना तथा महाशाखा प्रमुख ज्ञवालीले आगामी शैक्षिक सत्रदेखि कक्षा ८ देखि विशेष कक्षा सञ्चालन गर्ने तैयारी भइरहेको जानकारी दिए। यसवर्ष प्रदेशका ९ सय ८८ वटा माध्यमिक विद्यालयका झण्डै ७५ हजार विद्यार्थी एसइईको परीक्षामा सम्मिलित हुँदैछन्। 

सहकार्य गर्छौ, तर सफल हुनेमा शंका छः प्रधानाध्यापक

प्रदेश सरकारको एसइई नतिजा सुधार्ने प्रयास राम्रो भए पनि विद्यार्थीलाई विशेष कक्षा सञ्चालन प्रभावकारी हुनेमा शंका लागेको देवदहस्थित देवदह माध्यमिक विद्यालयका प्रधानाध्यापक केशवप्रसाद घिमिरेले बताए। ‘हामीले दशैं-तिहार भन्दा अगाडिदेखि नै ६ बजेदेखि ६ बजेसम्म नियमित कक्षाका अलावा विशेष कक्षा संचालन गरेका छौं। दुई महिनापछि परीक्षा छ। यो छोटो समयमा विद्यार्थीलाई कुन समयमा कसरी कोचिङ क्लास चलाउनेरु’ प्रधानाध्यापक घिमिरेले बताए। यद्यपि प्रयास राम्रो भएकाले सहकार्य गर्न विद्यालय तैयार रहेको उनको भनाई थियो। यता बुटवलस्थित नविन औद्योगिक कदरबहादुर रिता माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले प्रदेश सरकारको अभियान प्रभावकारी रुपमा सञ्चालन भए नतिजा सुध्रिनेमा आशावादी रहेको बताए। ‘सरकारको अभियान सकारात्मक छ। सामुदायिक विद्यालय पनि अभियानमा जट्नुपर्छ’ उनले भने।

२०७६ माघ १ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: