समाचारमा बालबालिका

जुंगारका सबै बालबालिका विद्यालय पहुँचमा

रोल्पाको त्रिबेणी गाउँपालिका–५ जुंगारका विद्यालय जाने उमेर समुहका सबै बालबालिका विद्यालयको पहुँच आएका छन्। उक्त वडा भित्र रहेका सबै १ हजार ६१ बालबालिका विद्यालयमा भर्ना भएपछि उक्त वडालाई औपचारिक रुपमा पूर्ण भर्ना घोषणा गरिएको हो। घोषणा कार्यक्रमा बोल्दै वडाअध्यक्ष कृष्ण कसीले सबै बालबालिका विद्यालयमा आएको भएता पनि विद्यालयमै टिकाई राख्न अबको चुनौती रहेको बताए। कार्यक्रममा उपस्थित सबैले तपसिल बमोजिम प्रतिद्धता जनाएका थिए। अब गाउँशिक्षा समिति र वडा शिक्षा समितिले प्रत्येक वर्ष विद्यालयबाहिर रहेका बालबालिकाहरुको तथ्याङ्क संकलन गरी अध्यावधिक गर्नेछ। विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयको पहुँच सुनिश्चित गर्न कोष निर्माण गरी कार्यान्वयन गर्नेछ। अनिवार्य आधारभूत शिक्षा सुनिश्चत गर्नका लागि प्रत्येक वर्ष अनिवार्य आधारभूत शिक्षा कार्यान्वयन वार्षिकोत्सव मनाउनेछ। निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षा कार्यान्वयनका लागि गाउँशिक्षा समिति तथा वडा शिक्षा समितिले कोष निर्माण गरी नियमित रुपमा पहल गर्नेछ। अपाङ्ग, छात्रा, दलित तथा सीमान्तकृत बालबालिकाहरुको लागि विद्यालयमा स्वागतयोग्य, बालमैत्री र विभेदरहित वातावरण निर्माण गर्नेछ भने बढी उमेर भएका बालबालिकालाई विद्यालयमा भर्ना गराउन वैकल्पिक शिक्षा तथा उपचारात्मक शिक्षा प्रदान गरी अनिवार्य शिक्षा कार्यान्वयन गर्ने लगायतका १५ बुदे प्रतिबद्धता गरिएको हो। वडा सदस्यहरु, वडा सचिव, पत्रकार, विभिन्न विद्यालयका शिक्षक शिक्षिका, विध्यालय व्यवस्थापन समिति, विद्यार्थी लगायत विभिन्न सरोकारवालाहरुको सहभागितामा कार्यक्रम गरिएको थियो। वडा कार्यालयको आयोजना, सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा हुरेक रोल्पाको समन्वयमा भएको औपचारिक कार्यक्रम सुरु हुनुअघि ¥यालीले विभिन्न जनचेतनामूलक नारा लगाउदै जुंगार बजार परिक्रमा गरेको थियो। ७ वटा टोल रहेको जुंगारमा २ हजार ८ सय ३३ जनससंख्या रहेको छ। ति मध्ये विद्यालय जाने उमेर ९४ देखि १२ बर्षका० बालबालिका पूर्णरुपमा भर्ना भएका हुन। वडा भित्र ४ वटा सामुदायिक विद्यालय, एक संस्थागत विद्यालय, ४ बालविकास केन्द्र छन।

२०७६ पुष १० गते १२:१८ मा प्रकाशित