चिसो माटोमा बस्छन् विद्यार्थी
बाजुरा खप्तड छेडेदह गाउँपालिका–१ काँडामा रहेको काँडा माध्यामिक विद्यालयमा विद्यार्थी माटोमा बस्ने गरेका छन्। मैदान सम्याउने क्रममा डोजरले दुबो माटोमा परिणत गरीदिएपछि उनीहरू धुलो माटोमा बस्न बाध्य भएका हुन्। विद्यार्थीलाई माटोमा बसाएर लाइन लगाउने गरेपछि घरबाट सफा पोशाक लगाएर विद्यालय पुगेका विद्यार्थी धुलाम्मे हुने गरेका छन्। मोटामा बस्नुपर्दा विद्यार्थीलाई चिसोमा कष्ट भएको छ। विद्यालयको मैदान विद्यालय व्यवस्थापन समितिले निर्माण गरिरहेको छ। गाउँपालिकाको ५ लाख बजेटमा मैदान सम्याउने काम भइरहेको छ। विद्यालयका शिक्षक भुपेन्द्रप्रसाद जोशीले विद्यालयको मैदान निर्माणका क्रममा भएकाले बिहानको प्राथान गर्ने काम माटोमा हुने गरेको जानकारी दिए। विद्यालयको खेल मैदान निर्माण भइरहेको छ’ उनले भने, ‘विद्यार्थी ढिला आउने हुँदा लाइनमा हाजिर गर्ने गरिन्छ। त्यसैले लाइनमा बसेको देखिएको हो।
२०७६ पुष ७ गते ५:०८ मा प्रकाशित