A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionh6bv64rdftmjrb13ivg0pa2sjcl5il2a): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

विद्यालय जान छोडेर पानी खोज्दै शंकरपोखरीका विद्यार्थी

जिल्लाको फलेवास नगरपालिका–३ शंकरपोखरीमा पानीको चरम अभाव भएपछि विद्यार्थीहरु विद्यालय जान छोडेर पानीको मुहानमा देखिन थालेका छन्। उक्त क्षेत्रमा गर्मीयाममा हरेक वर्ष पानीको चरम अभाव हुने गरेको छ भने, यस वर्ष त्यसमा पनि सडक निर्माण र स्तरोन्नतीका क्रममा खानेपानीको लाइन खल्वलीँदा स्थानीयलाई पानीको हाहाकार भएको हो। स्थानीय राम माविका शिक्षक प्रदीप भुषाल भन्छन्, ‘पानीको समस्याका कारण बच्चाहरु पानी खोज्दै कुवामा जान्छन्, टाढा टाढा पुग्दा विद्यालय आउनै कठिन छ उनीहरुलाई।’ शिक्षक भुषालका अनुसार भूकम्पपछि पानीका धेरै मुहानहरु सुकिसकेका छन् भने, गर्मीयाममा पानीको अभाव हुनु त्यस क्षेत्रको सधैँको पीडा हो। त्यस बाहेक नगरपालिका भित्रको बाटो बिस्तार गर्ने क्रममा पानीका पाईपलाईनलाई जोगाउन ध्यान नदिइएका कारण टाढा टाढाबाट ल्याइएका पानीका पाईपलाईनहरु पनि टुट्ने र फुट्ने भएका कारण गाउँमा पानीको अभाव भएको छ। सोही विद्यालयको कक्षा ७ मा पढ्दै गरेका किशोर भुषाल पनि बिहान उज्यालो हुँदा साथ गाउँको शिरानमा रहेको सानो कुवामा पुग्छन्, अनि घण्टौँसम्म लाइनमा बसेर अलिकति पानी लिएर घर फर्किन्छन्। भुषाल भन्छन्, ‘बिहानै उठेर पानी भर्न गएको पालै पाइन्न्। आउँदा ढिला हुन्छ। कहिले स्कुलै जान भ्याइन्न, कहिले दिउँसोमा स्कुल जान्छु ।

कक्षा २ मा पढ्ने विपिन सुनार र कक्षा ३ मा पढ्ने शर्मिला विक पनि फाटफुट मात्र विद्यालय जाने गरेका छन्। उनीहरुको भनाई पनि एउटै छ, ‘घरकाले पानी लिन पठाउँछन्, एक जर्किन पानी भर्न बिहानभरी लाग्छ। त्यत्रो बाटो हिँडेर घर पुगेर अनि फेरि विद्यालय जान सकिन्नर। टाढा छ।’ पानी अभावकै कारण गाउँका पाका पुस्तादेखि विद्यालय जाने बालबालिकाहरु पनि आधा घण्टादेखि डेढ घण्टा टाढा रहेका साना साना पानीका मुहानमा डोकोमा गाग्री बोकेर पुगेका देखिन्छन। डोजरले बाटो खन्ने क्रममा गैह्राखोला देखि पल्लो मैदान सम्मको २ सय मिटर क्षेत्रफलमा खानेपानीको पाइप डोजरले उक्काएपछि पछिल्लो एक हप्तादेखि खानेपानीको आपुर्ती बन्द छ। डहरेदेउराली खानेपानी आयोजनाको पाईप लाईन बिग्रिएपछि त्यस क्षेत्रका ७ सय घरधुरीका बासिन्दा समस्यामा छन। साविकको वार्ड नम्बर १, ५, ७ र ८ का बासिन्दा खानेपानीको समस्यामा परेको स्थानीय पूर्णबहादुर दर्जी बताउँछन। बाटो खन्दा पाईप लाईनको ख्याल नै नगरि खनिएको भन्दै स्थानीय आक्रोशित भएका छन्। उनीहरुले विकासका नाममा विनास भएको भन्दै सरोकारवाला निकायलाई संवेदनशिलताको ख्याल गर्न अपिल पनि गरेका छन्। बाटो खन्न रोकेर भए पनि पहिला खानेपानीको लाइन सुधार गर्न फलेवास नगरपालिकाको कार्यालयमा आग्रह गरीएको उनीहरु बताउँछन्। त्यस क्षेत्रका शंकरपोखरी डाँडा, पोखराचौर, मैदान, टारी, पुर्कोट, धुविकोटलगायतका उच्च ठाउँहरुमा हरेक वर्ष हिउँदमा पिउने पानी पाउनसमेत मुस्किल हुने गरेको छ। आकाशे पानी संकलनका लागि हरेक घरमा घैँटाहरु निर्माण गरिएको भए पनि केहीदिन यता वर्षासमेत नभएका कारण पानीका घैँटाहरू समेत रित्तिएका छन् ।

२०७५ वैशाख १३ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: