A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session8lp6bufl83pv31em5d5ombd2ae0vl6v9): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

घरबाटै चकटी बोकेर स्कुल जान्छन् विद्यार्थी

विद्यालयमा विद्यार्थीलाई बस्नका लागि बेन्च र डेस्क नहुँदा समस्या भएको छ । बझाङको दुर्गाथली गाउँपालिका बासुधाराको महादेव प्राथमिक विद्यालयका विद्यार्थी बस्नका लागि घरदेखि नै चकटी लगेर जाने गरेका छन् । विद्यालय प्रशासनले बालबालिकाहरुका लागि बस्ने व्यवस्था नगरेपछि विद्यालयमा अध्यानरत कक्षा एकदेखि पाँचसम्मका सबै विद्यार्थीहरुलाई कक्षा कोठा भित्र भूईँमा बस्नु पर्ने बाध्यता छ । कक्षा भित्र र बाहिर चौरमासमेत ढुङ्गा माटोमा नै बसेर पठन पाठन गरीरहेका छन् । २०५३ सालमा स्थापित महादेव प्राथमिक विद्यालय बासुधारामा शिक्षकहरु बस्नलाई ६र७ वटा प्लाष्टिकका कुर्सी र टेबुल भए पनि विद्यार्थी बस्नको लागि भने कुनै पनि व्यवस्था गरीएको छैन । कक्षा ५ मा अध्ययनरत विद्यार्थी मनोज जपे्रलले बस्ने समस्या बारे शिक्षक र व्यवस्थापन समितिले केही पहल नगरेको बताए । विद्यालयमा बस्ने व्यवस्था नभएपछि विद्यार्थीहरु बस्नका लागि घरबाटै बोरा र चकटी लिएर आउने गर्दछन् । ‘विद्यालय स्थापनादेखि नै हामीलाई भवनको समस्या थियो । बल्लतल्ल स्थानीयको श्रोत साधनबाट बस्न भवन निर्माण गरियो तर फर्निचरको व्यवस्था भने गर्न सकिएको छैन् ।’ प्रधानाध्यापक प्रेमबहादुर जप्रेलले भन्नुभयो, विद्यालय मर्मत र फर्निचरका लागि भनेर जिल्ला शिक्षा कार्यलयमा धेरै पटक धाए पनि कतैबाट सहयोग नभएपछि विद्यालयमा यस्तो सम्स्या आएको हो ।

२०७४ चैत्र ७ गते ११:४७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: