A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionsv1pfqn9fo7b96e11j9svnaeldm665mt): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

एसईईमा ४ लाख ८५ हजार परीक्षार्थी

चैत ८ देखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । नयाँ पाठ्यक्रममा आधारित यो पहिलो परीक्षा हो । बोर्डका अनुसार ७७ वटै जिल्लामा सञ्चालन हुने परीक्षामा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी हुनेछन् । एक हजार ९ सय ५६ परीक्षा केन्द्रमा सञ्चालन हुने एसईईमा नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ विद्यार्थी रहेको जानकारी परीक्षा नियन्त्रक अम्बिका रेग्मीले दिए । नियमितमा ८ हजार ७ सय ३४ र एक्जाम्टेडतर्फका २० जना प्राविधिक धारका विद्यार्थीले पनि माध्यमिक शिक्षा कक्षा १० को परीक्षा दिने तयारी गरिरहेका छन् । बिहान ८ बजेदेखि हुने परीक्षाको सबै तयारी पूरा भइसकेको उनले बताए । ‘उत्तरपुस्तिका, प्रश्नपत्रलगायत परीक्षा सञ्चालन गर्न आवश्यक सामग्री परीक्षा केन्द्र पुगिसकेका छन्,’ बोर्डको कार्यालय सानोठिमी भक्तपुरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा रेग्मीले जानकारी दिए । जिल्ला परीक्षा समन्वय समितिहरूको निर्णयअनुसार देशभर १ हजार ९ सय ५६ केन्द्राध्यक्ष, २ हजार ४ सय ५० सहायक केन्द्राध्यक्ष, २० हजार ३ सय ४० सहायक निरीक्षक, १० हजार ६ सय ७६ सहयोगी र २९ हजार ३ सय ४० सुरक्षाकर्मी गरी ६४ हजार ७ सय ६२ जनशक्ति परिचालन गर्ने तयारी छ ।

यसपालिबाट अनिवार्य विषयतर्फ गणितबाहेक सबैमा प्रयोगात्मक परीक्षा हुने नयाँ व्यवस्था गरिएको छ । बोर्डले नमुना प्रश्नपत्र बनाएर वेबसाइटमार्फत सार्वजनिक गरेको छ । अक्षरांक पद्धतिमा ‘सी’ र त्यसभन्दा तलको ग्रेड प्राप्त गरी ग्रेड वृद्धि गर्न नसकेका विद्यार्थीले एक्जाम्टेड परीक्षा दिन लागेका हुन् । साधारण धारतर्फ १७ गते र प्राविधिक धारतर्फको परीक्षा चैत २० सम्म सञ्चालन हुने बोर्डले जनाएको छ । परीक्षा मर्यादित, व्यवस्थित र अनुशासित बनाउन सबै प्रदेश समेटिने गरी बोर्डका पदाधिकारी, शिक्षा मन्त्रालयका सहसचिव, क्षेत्रीय शिक्षा निर्देशनालय, जिल्ला समन्वय समितिका पदाधिकारी र जिल्ला शिक्षा कार्यालयका कर्मचारीको नेतृत्वमा अनुगमन टोली बनाइएको रेग्मीले बताए । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले विद्यार्थीले आफ्नो क्षमता प्रस्तुत गर्ने वातावरण बनाइदिन सरोकारवालासँग अनुरोध गरे ।‘परीक्षा प्रणाली परिवर्तन भएको छ, विद्यार्थीले मनोवैज्ञानिक सन्त्रास पाल्नु जरुरी छैन, ढुक्क भएर परीक्षा दिन आग्रह गर्छौं,’ उनले भने । केन्द्रीय सुरक्षा समितिको बैठक बसेर परीक्षाका लागि शान्तिसुरक्षाको प्रबन्ध मिलाइएको पनि उनले बताए । ‘सुरक्षा संवेदनशीलता छैन, मर्यादाविपरीत कार्य गरे परीक्षा केन्द्र वा परीक्षार्थीको परीक्षासमेत रद्द गर्न सकिनेछ,’ उनले भने, ‘प्रचलित कानुनअनुसार कारबाही गरिनेछ ।’शिक्षा ऐन २०२८ को दफा १७ मा परीक्षामा दक्खल पुग्ने कार्य गरे १ लाख रुपैयाँ जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । १० कक्षाको केन्द्रीयस्तरबाट परीक्षा लिने यो नै अन्तिम वर्ष हुन सक्छ । शिक्षा ऐनमा १० कक्षाको परीक्षा प्रदेशले लिने व्यवस्था गरे पनि यस वर्ष संरचना नभएकाले केन्द्रले सञ्चालन गरेको हो ।

 २०७४ चैत्र ५ गते ७:२७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: