A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionvmj2i8itkpe0vuh9u98kge5lscrmgdat): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

म्याग्दीमा टेलिटिचिङः एकै शिक्षकले दुई स्कुलमा सँगै पढाउन मिल्ने

शिक्षक सन्तोष ज्ञानप्रकाशको कक्षा १० मा थिए । उनले पढाइरहेको कैलाशको १० कक्षाका विद्यार्थीले आफ्नै स्कुलको कक्षाकोठामा बसेर देखे, सुने । कैलाशका विद्यार्थीले केही जिज्ञासा राख्दा सन्तोषले जवाफ पनि फर्काए । यी स्कुलमा ‘टेलिटिचिङ’ प्रविधिको माध्यमबाट यस्तो सम्भव भएको हो । जसअनुसार एकै शिक्षकले एकैचोटि अर्को विद्यालयका विद्यार्थीलाई पनि पढाउन मिल्छ । ज्ञानप्रकाश र कैलाशमात्र होइन् अन्नपूर्णका १० माविमध्ये कुनैमा शिक्षक नहुँदा अर्को विद्यालयका शिक्षकले पढाउन सक्ने व्यवस्था मिलाइएको छ । विषयगत शिक्षक नहुँदा विद्यार्थीको पढाइ नरोकियोस् भनेर टेलिटिचिङ सुरु गरिएको गाउँपालिका स्तरीय शिक्षक महासंघका अध्यक्ष रमन पुनले जानकारी दिए ।टेलिटिचिङ इन्टरनेट प्रविधिमा आधारित छ । बेतारे इन्टरनेटको सहायताले १० स्कुल आपसी सम्पर्कमा हुन्छन् । एकातिरको दृश्य र आवाज अर्कोमा प्रष्ट देखिन्छ, सुनिन्छ । दुवैतिरबाट दृश्य हेर्दै कुराकानी गर्न पनि मिल्छ ।

कक्षा कोठामा शिक्षकले पढाएको देखिने गरी राखिएको ‘ल्याप्टप’ मा ‘वेबक्याम’ खोलेपछि अर्को विद्यालयको कक्षा कोठामा राखिएको स्मार्टटिभीमा देख्न र सुन्न सकिन्छ । आफूले नजानेको केही भए सोध्न पनि सक्छन् । विद्यार्थीलाई पनि शिक्षकले देख्ने व्यवस्था मिलाइएको छ । नांगीको हिमाञ्चल, हिस्तानको टिकोट, शिखको शिख, पाउद्वार, भुरुङको सर्वोदय, नारच्याङको प्रभा, दानाको ज्ञानप्रकाश, दोवाको कैलाश र घारको मुक्तिमार्ग माविमा टेलिटिचिङको परीक्षण सफल भइसकेको छ । रिमाको आदर्श माविमा पनि एक÷दुई दिनमै जडान भएपछि गाउँपालिकाको सबै माविमा टेलिटिचिङ सुरु हुने प्राविधिकको समेत काम गरिरहेका हिमाञ्चल माविका गणित शिक्षक किसान पुनले बताए ।‘बेतारे इन्टरनेटको सहयोगमा प्रयोगमा ल्याइएको टेलिटिचिङलाई दीगो र निरन्तरता दिन सर्बर बनाउन लागेका छौं’, शिक्षक पुनले भने, ‘सबै विद्यालय एउटै सर्बरमा जोडिएपछि इन्टरनेट नभएको अवस्थामा पनि टेलिटिचिङ गर्न सकिन्छ ।’विषयगत शिक्षक नभएको अवस्थामा अर्को विद्यालयका शिक्षकको सहयोगमा पढाइलाई निरन्तरता दिन सकिने ज्ञानप्रकाश मावि दानाका प्रअ शान्तबहादुर नेपालीले बताए । ‘विद्यार्थी, शिक्षक र विद्यालयबीच एक अर्कामा शिक्षण विधि, अनुभव आदानप्रदान पनि गर्न पाएका छौं’, नेपालीले भने ।गाउँपालिकाको आर्थिक, सूचना प्रविधिका अभियन्ता महावीर पुनको प्राविधिक सहयोगमा १० वटा माविका कक्षा कोठामा बेतारे इन्टरनेट र स्मार्टटिभी जडान भएको छ । उपकरण किन्न गाउँपालिकाले १० लाख रुपैयाँ खर्चेको छ । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको सक्रियतामा समुदाय स्तरबाट ५ लाख ५० हजार रुपैयाँ संकलन गरी १० वटा स्मार्टटिभी र सूचना प्रविधिका सामग्री जुटाइएको छ ।

विज्ञान, गणित र अग्रेजी विषयका शिक्षक अभावको समस्या झेलिरहेका ग्रामीण क्षेत्रका विद्यालयलाई टेलिटिचिङबाट राहत पुगेको ज्ञानप्रकाश माविको व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर पुर्जाले बताए । पाठ योजनामा एकरुपता कायम, इन्टरनेट र विद्युत सेवालाई प्रभावकारी बनाउनुपर्ने पुर्जाले औंल्याए । गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक ओमप्रकाश फगामीले शैक्षिक गुणस्तर सुधारका लागि गाउँपालिकाको सबै विद्यालयको आधारभूत तहका कक्षा कोठामा शैक्षिक सामग्रीको प्रदर्शनी र बालमैत्री शिक्षण विधि अपनाएको बताए । ‘चालु शैक्षिक सत्रमा सबै विद्यालयको कक्षा १ मा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको छ’,२ नम्बर वडाका अध्यक्षसमेत रहेका फगामीले भने, ‘मान्द्रेढु‌ंगाको हिमालय आधारभूत विद्यालयलाई नमुनाको रुपमा आवासीय बनाएका छौं।

२०७५ असोज १८ गते ९:२५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: