A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiondjkg87978evi93i3hupcmvdv60lomtkm): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

विद्यालयमा विद्यार्थी अनुपस्थित हुने क्रम बढ्दै

उमेर पुगेका सबै बालबालिकालाई विद्यालयमा भर्ना गराउने सरकारको नीतिअनुसार भर्ना अभियान नै लिएर वैशाख महिनाभर यस जिल्लाका सबै विद्यालयबाट भर्ना अभियान शुरु गरियो । शैक्षिकसत्र शुरु भएसँगै विद्यार्थी भर्ना अभियान प्रभावकारी रूपमा सम्पन्न भयो । यहाँको महेन्द्र मावि मटेहियामा ४५० विद्यार्थी विद्यालयमा भर्ना भए । तर अहिले एकाएक विद्यार्थी कम हुँदै गएका छन् । प्रधानाध्यापक पेस्कार सिंहका अनुसार पहिलो त्रैमासिक परीक्षामा ७२ विद्यार्थी एकाएक अनुपस्थित भएपछि उनीहरूको खोजी शुरु गरिएको छ। प्रअ सिंह भन्नुहुन्छ, “परीक्षाअघि पनि हामीले पटक–पटक विद्यार्थी अनुपस्थित हुँदा अभिभावकलाई सचेत गराएका थियौँ । परीक्षामै सामेल नभएपछि अब चरणवद्ध रूपमा अभिभावकसँग बसेर छलफल थाल्दैछौँ । अन्तर विद्यालय दोहोरो भर्नाको पनि समस्या छ”, प्रअ सिंहले भन्नुभयो, “केही विपन्न परिवारका भएका कारण पनि कमाइका लागि विदेशतिर लागेको हुनुपर्छ । हामी चरणवद्ध कारण खोज्दैछौँ । विद्यालयको रेकर्डअनुसार सबैभन्दा धेरै कक्षा १ मा २५ विद्यार्थी अनुपस्थित भएका छन् । पहिलो त्रैमासिक परीक्षामा धेरै विद्यार्थी अनुपस्थित भएपछि आगामी परीक्षामा अझै अनुपस्थित हुने चिन्ता विद्यालयलाई छ । अबका परीक्षामा विद्यार्थी अनुपस्थित हुन नदिन अभिभावक भेला गर्ने तयारी गरेको प्रअ सिंहले बताउनुभयो । राप्तीपारिका अधिकांश विद्यालयमा यो समस्या धेरै छ । नरैनापुर–६ को आदर्श माविमा करीब एक सय बढी विद्यार्थी पहिलो त्रैमासिक परीक्षामा अनुपस्थित भएको विद्यालयका प्रअ मदनलाल श्रीवास्तवले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “अभिभावकले छोराछोरीलाई नै पठाइदिनु हुन्न । ६३५ विद्यार्थी रहेको नरैनापुर–६ कै जयकिसान माविमा ५०१ विद्यार्थी मात्रै परीक्षामा सहभागी भए । १३४ विद्यार्थी अनुपस्थित भए । विद्यालय नआउने बालबालिकाको नाम, विद्यालय नआउने कारण र पारिवारिक अवस्थाको विषयमा पनि जानकारी लिने उहाँले बताउनुभयो । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख एवं उपसचिव गोर्खबहादुर थापाले यो समस्या समाधान गर्न निकै चुनौती रहेको बताउनुभयो । उहाँले भन्नुभयो, अब जनप्रतिनिधिले यस विषयमा चासो राखेमात्र केही हदसम्म समस्याको समाधान होला । तर हामीले यो समस्या समाधान गर्न सक्दैनौँ। 

२०७५ असोज २१ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: