A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionr0b69a37iv8omporam9vik6l3opfc2g4): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

सामुदायिकमा छात्रा नियमित

सहिदभूमि गाउँपालिकाको खोकुस्थित पञ्चकृष्ण माध्यमिक विद्यालयको अधिकांश कक्षा कोठा छात्राले भरिभराउ हुने गर्छन् । विद्यालयको हरेक कोठामा छात्रको तुलनामा दुई गुना बढी छात्रा उपस्थित हुन्छन् । जिल्लामा सामुदायिक विद्यालयमा छात्र छात्राको संख्या भने समान छ । तर समान संख्या भए पनि पञ्चकृष्ण माविकै जस्तै अधिकांश विद्यालयका कक्षा कोठामा छात्राको उपस्थिति अत्यधिक र छात्रको न्यून हुने गरेको छ । पञ्चकृष्ण माविका शिक्षक डगेन्द्र राईका अनुसार विद्यालयमा कुल ४ सय १ विद्यार्थीमध्ये २० जना मात्र छात्राको संख्या बढी छ । तर कक्षा कोठामा औसत बराबर अवस्थामा देखिनुपर्नेमा छात्रको संख्या अधिकांश कक्षा कोठामा न्यून हुने गरेको राईले बताए । ‘यस्तो अवस्था हुनुमा छात्र अनियमित उपस्थिति मुख्य कारण हुन सक्छ’, उनले भने, ‘यसबारे हामी अब निगरानी थाल्ने छौं ।’ अधिकांश ग्रामीण क्षेत्रका विद्यालयमा यस्तो समस्या उब्जिएको शिक्षकहरूको भनाई छ । खेतबारीमा व्यस्त हुने भएकोले छोरा छोरीले लेखपढ गरे नगरेकोबारे उचित चासो जान नसकेको अभिभावक विन्दु राईको भनाइ छ । छोराछोरी विद्यालय जाने गरे पनि पुगे नपुगेको थाहा नहुने उनले बताइन् ।

घरबाट दाजु बहिनी विद्यालय जान हिँडे पनि बहिनी मात्र पुग्छिन्, दाजु विद्यालय नै पुग्दैनन् ।’ पछिल्लो केही वर्षदेखि यो समस्या आूmुले भोग्दै आएको सहिदभूमि गाउँपालिकास्थित ठाकुरदेवी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप राईको भनाइ छ । कक्षा कोठामा छात्राको अधिक संख्या हुने गरेपनि छात्रको न्यून अवस्था हुनुको कारण छात्र घरबाट हिँडे पनि विद्यालय नपुगी बाहिरै अलमल गरी अभिभावकको आँखा छल्ने प्रवृत्ति मुख्य रहेको उनको तर्क छ । ‘दिनहुँजसो यो अवस्था बढदै गएको छ,’ उनले भने, ‘स्कुलमा विद्यार्थीको भर्ना संख्या मात्र हेरेर सन्तोष लिने अवस्था नै छैन ।’ नियमित हाजिर हुने दर समेत छात्रको तुलनामा छात्राको अधिक रहेकाले विद्यालय प्रशासनले पनि यसतर्फ चासो लिनुपर्ने उनको दावी छ । कतिपय विद्यालय पोसाक लगाएका छात्र विद्यालय नगई केरेमबोर्ड, लुडोमा अलमल गर्ने साथै कुलतमा फस्ने समस्या उब्जिने गुनासो बढदै गएको छ । जिल्लाका सामुदायिक विद्यालयमा कुल विद्यार्थी ३४ हजार २ सय ७८ मध्ये छात्रा ६४ ले बढी छ । अर्थात् छात्रा १७ हजार १ सय ७१ र छात्र १७ हजार १ सय ७ जना रहेका छन् । शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख रामबहादुर थापाले विद्यालय नजानेक्रम बढेको स्वीकार गरे । ‘नाम लेखाए पनि नियमित विद्यालय नजाने क्रम बढेको छ,’ उनले भने, ‘यसमा पनि हाजिर नहुनेमा छात्रको संख्या अधिक रहने गरेको छ ।’ समन्वय समितिका प्रमुख टंकबहादुर चुवानले त यो समस्या विकराल रूपमा बढदै गएको बताए । कक्षा कोठामा मोबायल चलाउनेदेखि विद्यालयमा अनियमित हुने समस्या बढेकाले यस्तो अवस्थालाई गम्भीरताका रूपमा लिनुपर्ने बेला आएको चुवानले बताए । सामुदायिक विद्यालय प्रशासन, व्यवस्थापन समिति, शिक्षक तथा अभिभावकले यसतर्फ चासो जान नसके समस्या चुलिदै जाने उनको भनाइ छ । विद्यालय नियमित नभएपछि परीक्षाको नतिजा निराशाजनक हुने भएकाले बीचमा नै पढाइ छोड्ने, कुलतको बाटो समाउने लगायतका समस्या उब्जिन सक्ने अवस्था आउने भएकाले यसतर्फ ध्यान जाने शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख थापाको दाबी छ । 

२०७५ असोज १९ गते ९:४३ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: