A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionvmj2i8itkpe0vuh9u98kge5lscrmgdat): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

विपन्न विद्यार्थीको शिक्षामा जनप्रतिनिधिको सहयोग

बेनी नगरपालिस्थित वडा नम्बर ६ का जनप्रतिनिधिले राज्यले दिएको सुविधाबाट गरिब, विपन्न र अनाथ बालबालिकाको लागि अक्षयकोष स्थापना गरेका छन् । जनप्रतिनिधिले संकलन गरेको कोषमा विभिन्न संघ, संस्था र व्यक्तिले समेत रकम थपिदिएका छन् । जनप्रतिनिधिले ५० हजार रुपैयाँ जम्मा गरी सुरु गरेको कोषमा २ महिनामा २ लाख रुपैयाँ जुटेको छ । कोषमा वडा अध्यक्ष कृष्णबहादुर बानियाले २० हजार, वडा सदस्यहरु गणेशबहादुर शाही, सावित्रीकुमारी उपाध्याय र राजकुमारी विकले १०÷१० हजार रुपैयाँ उपलब्ध गराएका थिए । कोषमा ५ लाख रुपैयाँ पु¥याउने र त्यसको ब्याजबाट वडाका गरिब, विपन्न, अनाथ र पारिवारिक बिखण्डनमा परेका बालबालिकाको शिक्षामा सहयोग गर्ने लक्ष्य राखिएको छ । कात्तिक १ गतेबाट लागु हुने गरी ३ जना अनाथ बालकालाई कोषबाट सहयोग गरिएको छ । पहिलो निर्णयस्वरुप स्वर्गीय गुणबहादुर विकका छोरा सुदीप, लव र कुशका लागि मावि तह अध्ययनसम्मका लागि कोषबाट खाद्यान्न र पोसाक उपलब्ध गराउने बताइएको छ । यहाँका एउटा मावि र ३ वटा आधारभूत विद्यालयमा वडाको पहलमा विद्यार्थीसँग कुनै पनि शुल्क नलिने व्यवस्था मिलाइएको छ ।

२०७५ कार्तिक ५ गते ६:०४ मा प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: