A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session3s8bpdo0vl0e31vm8s36a8dhdj44ccce): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

जनकपुरमा वीसीजी सुइको अभाव, टिवी रोगको खतरा

रातोपाटीमा प्रकाशित,१४ कार्तिक, जनकपुर ।

जनकपुरका सरकारी स्वास्थ्य संस्थामा तीन महिनायता नवजात शिशुलाई लगाइने पहिलो सुइ (वीसीजी खोप) अभाव भएको छ । सरकारी स्वास्थ्य संस्थामा यो खोपको सिरिञ्ज अभाव भएपछि सेवाग्राहीहरु नीजि क्लिनिकबाट खरिद गर्न बाध्य भएका छन् ।

Read More

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

अनलाइनखबरमा प्रकाशित,१४ कार्तिक, काठमाडौं ।

सरकारले आज र भोलि भिटामिन ‘ए’ क्याम्पसुल र जुकाको औषधि खुवाउने भएको छ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन लागिएको हो ।

Read More

नरहाका दलित बालबालिकाले अझै पाएनन् पोषण भत्ता

नयाँ पत्रिकामा प्रकाशित,५ कार्तिक, सिरहा ।

सिरहाको नरहा गाउँपालिका क्षेत्रका दलित बालबालिकाले पछिल्लो आर्थिक वर्ष २०७४/०७५ को बाल पोषण भत्ता पाएका छैनन् । नयाँ आर्थिक वर्षको असोजसम्म तीन महिना बित्दा समेत पुरानै आ.व. को बाल पोषण भत्ता नपाएको अभिभावकले बताए । 

Read More

एउटै वडाका दुई शिशुको मृत्यु भएपछि स्वास्थ्यकर्मी परिचालन

रातोपाटीमा प्रकाशित,१५ असोज, खोटाङ ।

केपीलासगढी गाउँपालिका–१ फेदीमा एकै दिन दुई नवजात शिशुको मृत्यु भएपछि जिल्ला अस्पताल खोटाङबाट स्वास्थ्यकर्मीको टोली पठाइएको छ ।  साविकको फेदी–१ का १७ दिनको छोरा र साविकका फेदी–३ की २८ दिनको छोरीको असोज १२ गते शुक्रबार मृत्यु भएपछि सोमबार जिल्ला अस्पताल खोटाङबाट डा नवीन देवकोटा, विश्वनाथ यादव लगायतको टोली फेदीतर्फ पठाइएको हो । 

Read More

बालबालिकामा देखिएको मौसमी भाइरल अझै नियन्त्रणबाहिर

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१९ भदौ, सिन्धुली ।

दुई साता अघिदेखि सिन्धुलीका बालबालिकामा देखा परेको मौसमी भाइरलको संक्रमण अझै नियन्त्रणमा आउन सकेको छैन। सिन्धुलीको सदरमुकाम माढी, कमलाखोंच र मरिण क्षेत्रमा देखा परेको भाइरल नियन्त्रणमा आउन नसकेको हो।

Read More

पोलियो खोपका नाममा एफआइपिभी भ्याक्सिन सुरु

नयाँ पत्रिकामा प्रकाशित,१३ साउन, काठमाडौं ।

सरकारले पोलियो खोपका नाममा नयाँ भ्याक्सिन सुरु गर्ने भएको छ । विगतमा लगाउँदै आएको आइपिभी भ्याक्सिनको अभाव भएपछि सरकारले नयाँ भ्याक्सिन एफआइपिभी सुरु गर्ने भएको हो । 

Read More

मोरङमा पूर्ण खोप सुनिश्चितता

कान्तिपुरमा प्रकाशित,३२ असार, मोरङ ।

जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिले सोमबार आयोजना गरेको पूर्ण खोप सुनिश्चितता घोषणा समारोहमा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरेका हुन् । 

Read More

१४२ बालबालिकामा सिकलसेल

कान्तिपुरमा प्रकाशित,२६ असार, नेपालगन्ज ।

कोहलपुर नगरपालिकाका आधा दर्जनभन्दा बढी विद्यालयमा अध्ययनरत थारू बालबालिकाको रगत परीक्षण गर्दा १ सय ४२ मा सिकलसेल एनिमिया संक्रमण पाइएको छ । ती विद्यालयका १ हजार ३ सय ५३ बालबालिकाको रगत परीक्षण गरिएको थियो ।

Read More

४८ जिल्ला पूर्ण खोप सुनिश्चित

रातोपाटीमा प्रकाशित,२६ असार, रोल्पा ।

रोल्पा पूर्ण खोप सुनिश्चित घोषणा भएको छ । सोमबार जिल्ला सदरमुकाम लिवाङमा ५ नं प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले सो घोषणा गर्दै खोप मानव स्वास्थ्यको महत्वपूर्ण पक्ष रहेको बताउँदै स्वास्थ्य नागरिकले मात्र देश विकास गर्न सक्ने धारणा व्यक्त गरे । 

Read More

महोत्तरी जिल्लामा सात हजार भन्दा बढी बालबालिका कुपोषणको शिकार

रातोपाटीमा प्रकाशित,११ असार, महोत्तरी ।

महोत्तरी जिल्लामा छ महिनादेखि ५९ महिनासम्मका सात हजार बढी बालबालिका कुपोषणको शिकार भएका छन् । जिल्ला अस्पताल महोत्तरीका चिकित्सक गिरेन्द्र झाले जिल्लाको दुई हजार २०० बालबालिकामा कडा कुपोषण र पाँच हजार दुई बालबालिकामा मध्यमखालका कुपोषण फेला परेको बताए। 

Read More

कुुपोषित बालबालिका लागि उपचार केन्द्र

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१ असार, कावासोती ।

कडा कुुपोषण भएका बालबालिकाका लागि पूर्वी र पश्चिम नवलपरासीमा उपचार केन्द्र सञ्चालन गरिएको छ । कुुपोषण मध्ये सबैभन्दा जोखिममा रहेका ख्याउटेपनका बालबालिकाका लागि केन्द्र सञ्चालन गरिएको हो । 

Read More

बालबालिकामा कडा कुपोषण

कान्तिपुरमा प्रकाशित,२८ जेठ, नवलपरासी ।

पूर्व र पश्चिम नवलपरासीका ४ सय २४ बालबालिकामा कडा खालको कुपोषण देखिएको छ । नियमित पौष्टिक आहारको कमीले विपन्न समुदायका बालबालिकामा यस्तो कुपोषण पाइएको हो । दुवै जिल्लाका ३२ हजार बालबालिकामा गरिएको परीक्षणका क्रममा यो नतिजा सार्वजनिक भएको थियो ।

Read More

बालबालिकामा मुटुरोग : काठमाडौंको तुलनामा जाजरकोटमा ७ गुणा बढी

कान्तिपुरमा प्रकाशित,२४ जेठ, जाजरकोट ।

यहाँका धेरै बालबालिका मुटु रोगबाट पीडित रहेको तथ्य फेला परेको छ । काठमाडौंको तुलनामा जाजरकोटका बालबालिकामा मुटु रोग हुनेको संख्या सात गुणा बढी रहेको नेपाल हृदयरोग निवारण प्रतिष्ठानले जनाएको छ ।

Read More

जाजरकोटमा सात गुणा बढी वाथमुटु रोगी

नागरिक न्युजमा प्रकाशित,१९ जेठ, जाजरकोट ।

विगतमा विभिन्न रोगका महामारीको पीडा भोग्दै आएको जाजरकोटमा वाथमुटु रोगको गम्भीर अवस्था भएका बालबालिकाहरु  अत्यधिक भएको तथ्य भेटिएको छ । 

Read More

झाडापखाला नियन्त्रणमा संघीय र प्रदेश सरकारको वेवास्ता

कान्तिपुरमा प्रकाशित,१५ जेठ, दाङ ।

शान्तिनगर गाउँपालिकाका दुई वडामा फैलिएको झाडापखाला नियन्त्रणका लागि संघीय र प्रदेश सरकारले कुनै चासो दिएको छैन । चार दिनदेखि झाडापखाला फैलँदा पनि संघीय र प्रदेश सरकारको कुनै गम्भिर ध्यानाकर्षण नभएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरी पुनले बताए ।

Read More

रोकिएन विद्यार्थीको ठेउला

नागरिक न्युजमा प्रकाशित,१ जेठ, काठमाडौं ।

 डेढ महिनादेखि फैलिएको चिकनपक्स (ठेउला) को संक्रमण अझै पनि नरोकिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ। अस्पतालको अनुसार चैतको दोस्रो सातादेखि नै बालबालिका तथा किशोर–किशोरी उमेर समूहमा यो रोग फैलिन सुरु भएको थियो। 

Read More

१५ प्रतिशत बालबालिका कुपोषित

कान्तिपुरमा प्रकाशित,२ वैशाख, जनकपुर ।

धनुषाका १५ प्रतिशत बालबालिका कुपोषित रहेको एक सर्वेक्षणले देखाएको छ । ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई लक्षित गरी सञ्चालित शीघ्र कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रमअन्तर्गत गरिएको जाँचमा यस्तो फेला परेको हो ।

Read More

स्क्रब टाइफसको जोखिममा अब बालबालिका पनि

उज्यालो अनलाइनमा प्रकाशित,२५ चैत्र, काठमडौं ।

 युवा र पाका व्यक्तिमा देखिँदै आएको स्क्रब टाइफस रोगको जोखिममा बालबालिमा पनि पर्न थालेका छन् । झण्डै १० प्रतिशत बालबालिका स्क्रब टाइफसको जोखिममा रहेका पाइएको डाक्टरले बताएका छन् ।

Read More

‘जंक फुड’ रोक्न विद्यालयमा भान्सा

नागरिक न्युजमा प्रकाशित,७ चैत्र, दोलखा ।

कक्षाकोठाको पल्लो छेउमा बनाइएको अगेनोमा भीमेश्वर नगरपालिका ७ मकैबारीस्थित बाहुन गाउँकी सुशीला काफ्ले आगो सल्काउँदैछिन् । छेउमै उनकी छिमेकी छत्रमाया सुवेदी आलु ताछ्दैछिन् । केही बेरमा सुशीलाले अगेनोमा भाँडो बसालिन्।

Read More

झापाका ३९२ बालबालिकामा कडा कुपोषण

लोकान्तरमा प्रकाशित,२९ फागुन, झापा ।

 झापाका करीव चार सय बालबालिका कडा कुपोषणको शिकार भएको पाइएको छ । जिल्लाका पाँच स्थानीय तहमा रहेका बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा १७९ बालक र २१३ बालिकामा कडा कुपोषण भएको भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका कार्यक्रम अधिकृत कुलबहादुर पौडेलले जानकारी दिनुभयो ।

Read More

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: