A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionkf22v5uv9n5t8a504vf4qs9i2qg7e98e): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

मोरङमा पूर्ण खोप सुनिश्चितता

जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिले सोमबार आयोजना गरेको पूर्ण खोप सुनिश्चितता घोषणा समारोहमा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरेका हुन् । जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले पूर्ण खोप सुनिश्चितता घोषणा तथा प्रतिबद्धता पत्र पढेर सुनाएपछि मन्त्री घिमिरेले पूर्ण खोप सुनिश्चितता जिल्लाको प्रमाण पत्र प्रदान गरेका थिए । मन्त्री घिमिरेले पूर्ण खोप सुनिश्चितता जिल्लामा कुनै बालबालिकालाई खोप लिनबाट वञ्चित हुन नदिने जिम्मेवारी अब स्थानीय तहको काँधमा आएको बताए । ‘यहाँका १ महानगर, ८ नगर र ८ गाउँपालिका गरी १७ वटै स्थानीय तहले आ–आफ्नो योजना बनाएर प्रत्येक बालबालिकालाई खोप प्रदान गर्न र त्यसको गहन रुपमा अनुगमन गर्ने संयन्त्र परिचालन गर्नुपर्छ,’ उनले भने, ‘स्वस्थ्य बालबालिका नै स्वस्थ्य नागरिकको जिम्मेवारी निर्वाह गर्ने भएकोले यसलाई सफल पार्न सबैको सहयोग अपरिहार्य छ ।’

खोप कार्यक्रम प्रभावहिन भएपछि महामारी फैलिने जोखिम रहेकोले यसतर्फ सबैलाई सचेत रहन समेत उनले आग्रह गरे । जिल्ला खोप समन्वय समितिका सदस्य सचिव तथा जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका निमित्त प्रमुख रामनन्दन यादवले जिल्लाका १३ देखि २३ महिना उमेरका बालबालिकालाई ११ किसिमका सरुवा रोग विरुद्ध ७ किसिमका खोप लगाउने कार्य पूरा गरेर पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्न योग्य भएको बताए । ‘तत्कालिन लखन्तरी गाविसमा २०७० मंसिर ८ गतेबाट सुरु गरिएको पूर्ण खोप सुनिश्चितता अभियान जिल्लाको सुन्दरहरैंचा नगरपालिकामा २०७५ असार २७ गते पूरा भएको छ,’उनले भने, ‘जिल्लाका ३ सय ३३ खोपकेन्द्रबाट १९ हजार ४ सय बालबालिकालाई पूर्ण खोप प्रदान गरिएको छ ।’उनले खोप कार्यक्रमलाई यहाँका विराटनगर महानगर, ८ नगरपालिका र ८ गाउँपालिकामा व्यवस्थित रुपमा सञ्चालन गर्न कार्य योजनासमेत समारोहमा सार्बजनिक गरे । मोरङ मुलुकमा ५५ औं र प्रदेशमा १२ औं पूर्ण खोप सुनिश्चितता जिल्ला भएको हो ।

 २०७५ असार ३२ गते ५:०० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: