A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session3s8bpdo0vl0e31vm8s36a8dhdj44ccce): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

अनलाइनखबरमा प्रकाशित,२ कात्तिक, काठमाडौं । 

सरकारले शनिबार र आइतबार दुई दिन ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै छ । प्रदेश तथा स्थानीय तहसँग मिलेर राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन लागेको हो।

Read More

२७ लाख बालबालिकालाई भिटामिन ए खुवाइँदै

रातोपाटीमा प्रकाशित,२९ असोज, काठमाडौं ।

देशका सबै स्थानीय तहले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वय र सहकार्यमा कात्तिक २ र ३ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएका छन्।

Read More

खोपबाट वञ्चित बालक

कान्तिपुरमा प्रकाशित,९ असोज, बागलुङ ।

बालबालिका जन्मेको १५ महिनाभित्र सबै प्रकारका खोप लगाउनुपर्छ । छुटेका खोप पनि २१ महिनाभित्र पूरा गरिसक्नुपर्छ । सबै वडामा सबै प्रकारका खोप लगाएको भन्दै बागलुङलाई २०७५ असार २५ मा पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको थियो । तर, ढोरपाटन नगरपालिका–२ अर्नाकोट गाउँमा २ वर्षको एक बालकले एउटा पनि खोप नलगाएको भेटिएको छ।

Read More

बाल स्वास्थ्य प्रतिष्ठानलाई जग्गा

नागरिक न्युजमा प्रकाशित,१० साउन, काठमाडौं।

मन्त्रिपरिषद्ले डा. भगवान् कोइरालाको नेतृत्वमा बन्न लागेको अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य प्रतिष्ठान काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) लाई ४१ रोपनी १० आना तीन पैसा जग्गा लिजमा दिने निर्णय गरेको छ।

Read More

बालबालिकामा कुपोषण बढ्दै

कान्तिपुरमा प्रकाशित,३ साउन, धनगढी।

कैलालीमा कुपोषित बालबालिकाको संख्या बर्षेनी बढ्दै गएको छ । सेती अञ्चल अस्पतालको पोषण गृहका अनुसार कतिपय अभिभावकले दुब्लाउँदै कमजोर भएका नानीलाई सुरुमा उपचारका लागि झाँक्रीकोमा लैजाने गर्छन्।

Read More

कुपोषण घट्दै

कान्तिपुरमा प्रकाशित,१३ असार, अछाम।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो समयमा पोषणको अवस्था सुध्रिएको छ । यहाँ सञ्चालित विभिन्न कार्यक्रम तथा अभियानले कारण पोषणको अवस्था विगतको तुलनामा सुधारिएको हो।

Read More

कुपोषणले ग्रस्त दलित बालबालिकामा

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,६ असार, बाजुरा।

जिल्लाका दलित बालबालिका कुपोषणले ग्रस्त बनेका छन् । कमजोर आर्थिक अवस्थाका कारण आवश्यकताअनुसारको पोषणयुक्त खानाबाट वञ्चित अधिकांश बालबालिका कुपोषणको चपेटामा छन् । जिल्ला स्वास्थ्य कार्यालय र ब्रह्मतोला स्वास्थ्य चौकीको तथ्यांकमा बुढिगंगा नगरपालिका–१ अम्कोटमा ३ वर्षकी फुलचना नेपाली मात्र कुपोषित छन्।

Read More

गाउँमा स्वस्थ शिशु प्रतिस्पर्धा

कान्तिपुरमा प्रकाशित,२ असार, अछाम।

पञ्चदेवल विनायक नगरपालिका ४, कालिकास्थानकी बिसु विक शनिबार र आइतबार स्वास्थ्य चौकी पुगिन् । विगतमा बिरामी हुँदा मात्रै स्वास्थ्यकर्मी कहाँ पुग्ने उनी पछिल्लो समय निरन्तर स्वास्थ्य चौकी धाइरन्छिन्।

Read More

सम्झौता गरेको कम्पनीले भ्याक्सीन नदिँदा शुरु भएन ‘रोटा भाइरस’ को खोप

रातोपाटीमा प्रकाशित,२१ जेठ, काठमाडौं ।

नेपालमा भण्डै २७ लाख बालबालिका रहेका छन् । त्यस मध्ये वर्षेनी ५० प्रतिशत बालबालिका झाडापखालाको समस्यामा पर्ने गरेका छन् । झाडापखालाको समस्यामा पर्ने मध्ये ३० प्रतिशतमा झाडापखाला लाग्नुमा रोटा भाइरसको कारण रहेको सरकारको अनुमान छ।

Read More

आज र भोलि देशभर भिटामिन ए कार्यक्रम सञ्चालन हुँदै

उज्यालो अनलाइनमा प्रकाशित,६ बैशाख, काठमाडौं।

दोश्रो चरणको राष्ट्रिय भिटामिन ए कार्यक्रम शुक्रबार र शनिबार सञ्चालन हुँदैछ । अभियान अन्तर्गत शुक्रबार र शनिबार ७७ वटै जिल्लाका ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने छ।

Read More

बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो

नागरिक न्युजमा प्रकाशित,४ बैशाख, बाँके।

बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै गएको पाइएको छ। कुपोषित बालबालिकाको उपचारका लागि बाँकेमा स्थापना गरिएका १३ वटा बहिरङ्ग उपचार केन्द्रमा ४१८ कुपोषित बालबालिका भर्ना भएका छन्।

Read More

हावाहुन्डरी प्रभावित बालबालिकामा झाडापखालाको डर

कान्तिपुरमा प्रकाशित,२९ चैत, सिमरा।

हावाहुन्डरी (चक्रवात) को चपेटामा परेको बाराका प्रभावित बालबालिका असुरक्षित बन्दै गएका छन् । यी क्षेत्रका बालबालिका खुला स्थानमा बसेर खानासँगै उडेको धूलो खान बाध्य छन्।

Read More

सुनौलो हजार दिनका परिवारको घरमा झण्डा

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२१ चैत, बैतडी ।

जिल्लाको शिवनाथ गाउँपालिका-३ का अधिकांश घरको छाना तथा घर नजिकैको आगनमा झण्डा गाडिएका छन्। गाउँमा पुग्ने नयाँ मानिसले कसैको घरमा पहेलो तथा कसैको घरमा हरियो झण्डा गाडेको देख्न पाउँछन्।

Read More

सामुदायिकका विद्यार्थीको स्वास्थ्य कमजोर

कान्तिपुरमा प्रकाशित,२६ फागुन, डोटी।

जिल्लाका सामुदायिक विद्यालयका विद्यार्थीको स्वास्थ्य अवस्था कमजोर पाइएको छ । उनीहरूमध्ये १८ प्रतिशत कुपोषित छन् । ५० प्रतिशत कुपोषण हुन सक्ने सीमारेखामा भेटिएका छन्।

Read More

कुपोषण बढ्यो

कान्तिपुरमा प्रकाशित,१ फागुन, पर्सा ।

पर्साका बालबालिकामा कुपोषणको डरलाग्दो दर देखा परेको छ । नेपाल युथ फाउन्डेशन र नारायणी उपक्षेत्रीय अस्पतालले हालै संयुक्त रूपमा वीरगन्ज महानगरको एउटा र पोखरिया नगरपालिकाको एउटा वडामा आयोजना गरेको पोषण तथा स्वास्थ्य शिविरले यस्तो तथ्यांक देखाएको हो ।

Read More

पूर्णखोपयुक्त मकवानपुरमा दादुरा भेटियो

थाहा खबरमा प्रकाशित,२३ माघ, हेटौँडा।

दुई वर्ष अगाडि पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको मकवानपुरमा दादुराको प्रकोप देखिएको छ। मकवानपुरको पश्चिमक्षेत्रस्थित जिल्लाको विकट कैलाश गाउँपालिका–८ धुसाराङका पाँचजनामा दादुरा देखिएको हो। मनहरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्न आएका बिरामीहरुमा रगत जाँच गर्दा दादुराको संक्रमण भएको पाइएको हो।

Read More

प्रदेश २ मा कुपोषणको अवस्था भयाभह

थाहा खबरमा प्रकाशित,१५ मंसिर, जनकपुरधाम ।

प्रदेश २ मा कुपोषणको अवस्था भयावह रहेको पोषणका लागि नागरिक समाज संजाल नेपाल (सिसान) को एक तथ्यांकले देखाएको छ। सिसानले आयोजना गरेको संचारकर्मीसँगको अभिमुखीकरण कार्यक्रममा देशको ७ वटै प्रदेशभन्दा प्रदेश २ को भयाभह रहेको तथ्यांकले देखाएको हो।

Read More

भ्याक्सिन अभाव

कान्तिपुरमा प्रकाशित,३ मंसिर,सुर्खेत ।

सरकारले पूर्ण खोपयुक्त घोषणा गरेको जिल्लामै बालबालिका खोपबाट वञ्चित भएका छन् । बीसीजी र जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप अभाव हुँदा एक महिनादेखि बालबालिका खोपबाट वञ्चित भएका हुन्।

Read More

चिसो बढेसँगै हुम्लामा निमोनियाका बिरामी बढे

थाहा खबरमा प्रकाशित,२७ कार्तिक, हुम्ला ।

चिसो बढेसँगै हुम्लाका बालबालिकामा निमोनिया देखा परेको छ। मंसिर महिना लाग्न नपाउँदै जिल्लाको तापक्रम माइनस ८ डिग्री सेन्टीग्रेटमा झरेका कारण बालबालिका तथा वृद्धवृद्धामा निमोनियालगायत समस्या देखिएको जिल्ला अस्पताल हुम्लाका डा. टसी लामाले बताए ।

Read More

राउटे बालबालिकालाई भिटामिन ‘ए’

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१५ कार्तिक, सुर्खेत ।

सुर्खेतको लेकबेंसी नगरपालिका-९ गंगटेका राउटे बालबालिकालाई पहिलो पटक भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइएको छ। सरकारी अभियानअन्तर्गत दोस्रो चरणमा राउटे समुदायमा बिहीबार सञ्चालन गरिएको थियो।

Read More

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: