समाचारमा बालबालिका

सुर्खेतमा ६ महिनामा ३ सय ३० बालबालिका कुपोषित

उज्यालो अनलाइनमा प्रकाशित,२९ फागुन, सुर्खेत ।

सुर्खेतमा कुपोषित बालबालिकाको संख्या बढ्दै गइरहकेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका अनुसार सुर्खेतमा यो वर्षमा ३ सय ३० जना बालबालिका कपोषणमा परेका छन् । 

Read More

१७ प्रतिशत किशोरी आमा

कान्तिपुरमा प्रकाशित,२८ फागुन, काठमाडौँ ।

मुलुकमा १५ देखि १९ वर्ष उमेरका १७ प्रतिशत किशोरीहरू आमा बन्ने गरेको एक अध्ययनले देखाएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले यो दर सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा बढी रहेको औंल्याएको हो । 

 

Read More

प्रदेश ७ मा शिशु मृत्युदर बढी

कान्तिपुरमा प्रकाशित,२५ फागुन, काठमाडौँ ।

नवजात शिशु मृत्युदर मुलुकमा सबैभन्दा बढी प्रदेश ७ मा रहेको एक सर्वेक्षणले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा न्यु एराले गरेको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ मा यस्तो देखिएको हो । 

Read More

कुपोषित बालबालिका घटे

कान्तिपुरमा प्रकाशित,२४ फागुन, कपिलवस्तु ।

 जिल्लामा बालबालिका कुपोषित हुने दर ५ प्रतिशतले घटेको छ । ६ वर्षयता सञ्चालित सचेतना अभियान र बेलैमा उपचार हुन थालेपछि कुपोषित बालबालिकाको संख्यामा कमी आएको हो । 

Read More

छोरीको नाममा ५ वटा बिरुवा रोपे गाउँपालिकाले २५ हजार दिने

नागरिक न्युजमा प्रकाशित,२४ फागुन, सर्लाही ।

१०८ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सर्लाही स्थित २० वटै स्थानीय तहले छुट्टाछुट्टै कार्यक्रम गरी मनाएका छन्। कतै -याली गरे त कसैले स्त्री एवं प्रसुती रोग सम्बन्धी शिविर सञ्चालन गर्दै जिल्लामा विविध कार्यक्रमका साथ नारी दिवस मनाए। कतै महिला अधिकार सम्बन्धी अन्तरत्रिया एवं गोष्ठी आयोजना गरियो। 

Read More

नेपालमा निमोनियाको प्रकोप बढी : यी हुन् बालबालिकामा देखिने शीर्ष १० रोग

रातोपाटीमा प्रकाशित,१५ फागुन, काठमाडौं ।

बालबालिकामा लाग्ने विभिन्न रोगहरूमध्ये पहिलो नम्बरमा निमोनिया रहेको छ । बाल चिकित्सकहरूको भनाइअनुसार पनि नेपालमा बालबालिका मुत्यु गराउने प्रमुख रोग निमोनिया नै हो ।

Read More

हुर्किनै सक्दैनन् राउटेका शिशु, ६ महिनामा आठको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१० फागुन, काठमाडौँ ।

जंगलमा घुमन्ते जीवन विताउने लोपउन्मुख राउटेको अस्तित्व संकटमा परेको छ । राउटेका बच्चाको बालमृत्युदर अत्यधिक भएका कारण अस्तित्व संकटमा परेको हो । पछिल्लो ६ महिनायता जन्मिएका राउटेका ८ नवजात शिशुको मृत्यु भएको छ ।

 

Read More

हरेक वर्ष नेपालमा १३ हजार नवजात शिशुको ज्यान जाने

उज्यालो अनलाइनमा प्रकाशित,८ फागुन, काठमाडौं ।

नेपालमा हरेक वर्ष १३ हजार नवजात शिशुको ज्यान जाने गरेको एक अध्ययनले देखाएको छ । संयुक्त राष्ट्रसंघीय बाल कोष युनिसेफले आज सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार ज्यान गुमाउनेमध्ये ८० प्रतिशत नवजात शिशुको उपचार सम्भव भएको रोगहरुकै कारण ज्यान जाने गरेको छ । 

 

Read More

शहरकै बालबालिका खोपबाट बञ्चित

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२१ माघ, बागलुङ ।

बागलुङ सदरमुकामका बालबालिका खोपबाट वञ्चित भएका छन्। १० स्थानीय तह रहेको जिल्लाका ९ स्थानीय तहमा पूर्णखोप घोषणा तयारी भइरहँदा बागलुङ सदरमुकाममै रहेको बागलुङ नगरमै धेरै बालबालिका पूर्णखोप लाउनबाट वञ्चित देखिएका छन्। 

Read More

बच्चा र आमा नै कुपोषणको सिकार

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२० माघ, सिरहा ।

सिरहा नगरपालिका माडरका राकेशकुमार दासकी १० महिने छोरी कृतिकुमारी दास कुपोषणले ग्रसित छिन्। गरिबीका कारण आमासँगै पोसिलो खाना खान नपाएका कारण कृति कडा कुपोषणको शिकार बनेकी हुन्। उनको उपचार माडरस्थित ओटीसी सेन्टरमा भइरहेको छ ।

Read More

सल्यानका बालबालिकामा कुपोषणको समस्या

उज्यालो अनलाइनमा प्रकशित,१६ माघ, सल्यान ।

सल्यानमा अधिकांश बालबालिका कुपोषणको सिकारमा परेका छन् । ग्रामीण तहमा रहेका विद्यालयमा गरिएको परिक्षणले यस्तो तथ्य देखाएको हो । विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तर्गत अध्ययन गर्ने ५ देखि १९ वर्षका विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्दा अधिकांश विद्यार्थीमा उमेर अनुसार तौल नबढ्ने, दुब्ला पातला बढी हुने समस्या देखिएको हो । 

Read More

देशभरका ३६५ बालबालिका पुड्कोपनको शिकार बन्दै, प्रदेश ६ सबैभन्दा पीडित

रातोपाटीमा प्रकाशित,१४ माघ, काठमाडौं ।

नेपालमा ५ वर्ष मुनिका बालबालिका करिब २७ लाख रहेका छन् । यो तथ्याङ्क अनुसार नेपालमा ५ वर्ष मुनिका ३६ प्रतिशत बालबालिकामा दीर्घ कुपोषण तथा पुड्कोपनको समस्या देखिएको छ ।  

Read More

झापामा कुपोषित बालबालिकालाई पोषणयुक्त लिटो दिने

साझा सावालमा प्रकाशित,१२ माघ, झापा ।

तीनवटा नगरपालिकाबाहेक झापाका सबै स्थानीय निकाय पूर्ण खोपयुक्त भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । आठ नगरपालिका र सात गाउँपालिका रहेको झापामा गाउँपालिका सबै पूर्णखोप घोषणा भइसकेको र नगरपालिकामा विर्तामोड, दमक र मेचीनगर नगरपालिका मात्र घोषणा हुन बाँकी रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मधुसुदन कोइरालाले बताउनुभयो । 

Read More

छोराको पर्खाइमा छोरीलाई गर्भमै ‘त्याग’

कान्तिपुरमा प्रकाशित,१० माघ, काठमाडौँ ।

छोरा पर्खंदापर्खंदै उनले ९ वटी छोरी जन्माइन् । ४५ वर्षको उमेरमा उनी १६ पटक गर्भवती भइसकिन् । भन्छिन्, ‘भिडियो एक्सरे गर्दा छोरी भन्ने थाहा पाएपछि कति गर्भ अस्पतालमा तुहाएँ, कति खानपान र आराम नपुगेर खेर गए ।

Read More

कालिकोटमा भाइरल ज्वरो

कान्तिपुरमा प्रकाशित,७ माघ, कालिकोट ।

दुई सातादेखि फैलिएको भाइरल ज्वरोले कालिकोटमा महामारीको रूप लिएको छ । सदरमुकामस्थित खाडाचक्र नगरपालिकाको २ र ४ वडामा मात्रै ८ सय १४ बिरामी भेटिएका छन् । 

Read More

कालिकोटमा निमोनियाका कारण एक सातामा एकै टोलका ३ बालबालिकाको मृत्यु

थाहा खबरमा प्रकाशित,५ माघ, कालिकोट ।

एक हप्तामा खाँडाचक्र नगरपालिका-४ ताडीको एउटै टोलका तीन जना बालबालिकाको मृत्यु भएको छ। कडा खालको निमोनिया, भाइरल ज्वरो र रुघाखोकीको कारणले तीन जना बालबालिकाको मृत्यु भएको हो ।

Read More

चिसोले बालबालिकामा हाइपोथर्मिया समस्या

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,३ माघ, विराटनगर ।

अत्यधिक चिसोका कारण धेरैजसो बालबालिकामा हाइपोथर्मिया ९शीतांग० को समस्या देखापर्न थालेको छ। विराटनगरका सरकारी तथा निजी स्वास्थ्य संस्थामा यस्तो समस्या भएका बालबालिकालाई उपचारका लागि ल्याउने क्रम बढेपछि चिकित्सक बताउँछन् ।

Read More

माघदेखि विद्यार्थीलाई अब पिठोको सट्टा पोषणयुक्त चामल

कान्तिपुरमा प्रकाशित,३० पुस, काठमाडौँ ।

शिक्षा मन्त्रालयले माघको पहिलो सातादेखि विद्यार्थीलाई पिठोको सट्टा पोषणयुक्त चामल खुवाउने भएको छ ।  दुर्गम समुदायका बालबालिकाको शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले सुचारु शिक्षाका लागि खाद्य कार्यक्रमले नयाँ स्वरुपमा दिवा खाजा कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

Read More

बालबालिकाको खोपमा वार्षिक सवा २ अर्ब खर्च

नयाँ पत्रिकामा प्रकाशित, २३ पुस, काठमाडौं ।

सरकारले बालबालिकालाई दिने अत्यावश्यक मानिएका ११ खोपमा वार्षिक सवा २ अर्ब खर्च गर्ने गरेको छ । जन्मेदेखि १ वर्षसम्मका ६ लाख ४० हजार बालबालिकाका लागि आर्थिक वर्ष ०७४/०७५ मा २ अर्ब ११ करोड १७ लाख तीन हजार रुपैयाँ खर्च भएको छ । 

Read More

सिरहामा १५ प्रतिशत बालबालिका कडा कुपोषणको शिकार

रातोपाटीमा प्रकाशित,२३ पुस, सिरहा ।

सिरहामा करिब १५ प्रतिशत बालबालिका कडा कुपोषणको चपेटामा रहेको एक अध्ययनले देखाएको छ । ‘क्विक एसिस्टेन्ट’ नामक संस्थाले गरेको अध्ययनअनुसार सिरहामा १५ प्रतिशत बालबालिका कडा कुपोषणको चपेटामा परेको देखाएको हो । 

Read More