A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session64eo33enjr8dg2a26d4d6lp4k90smvob): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

स्क्रब टाइफसको जोखिममा अब बालबालिका पनि

युवा र पाका व्यक्तिमा देखिँदै आएको स्क्रब टाइफस रोगको जोखिममा बालबालिमा पनि पर्न थालेका छन् । झण्डै १० प्रतिशत बालबालिका स्क्रब टाइफसको जोखिममा रहेका पाइएको डाक्टरले बताएका छन् । अस्पताल पुगेका दुईजना बालबालिकालाई स्क्रब टाइफस भएको र अरु बालबालिकामा पनि यो रोगको लक्षण देखिएको टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले जानकारी दिनुभयो । स्क्रब टाइफसका कारण बालबालिकाको स्नायू प्रणालीमा असर पर्न थालेको पनि उहाँले बताउनुभयो । भारतमा स्क्रब टाइफसका विरामी बढ्दै गएकाले यो रोगको जोखिम झनै बढेको डाक्टर पुनले बताउनुभयो । विशेषगरी भारतसँग जोडिएका तराइका जिल्लामा स्क्रब टाइफसको जोखिम धेरै रहेको उहाँले बताउनुभयो ।

के हो स्क्रब टाइफस ?

मुसाको शरीरमा पाइने एक प्रकारको किर्ना जस्तै देखिने सङ्क्रमित माइटले टोकेमा स्क्रब टाइफस लाग्छ । यो रोग लागेमा टाउको दुख्ने, १ सय ४ डिग्री ज्वरो आउने, घाँटी वरिपरि मसिना बिमिरा आउने, पसिना आउने, ग्रन्थी सुनिने, आँखा रातो हुने, पसिना आउने, झाडापखाला लाग्नेलगायतका लक्षण देखिन्छन् ।बेलैमा उपचार गराए निको हुने भएकाले यस्ता लक्षण देखिनासाथ जँचाउन डाक्टर पुनले सुझाव दिनुभयो । झाडी, खेतवारी, वनजङ्गलमा जाँदा माइटले टोक्ने खतरा धेरै हुने भएकाले जोगिन पनि डाक्टरको सझुाव छ । 

२०७४ चैत्र २५ गते ९:४६ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: