A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionkvr4ueouobee8k4q2k0vvhqm9df9p9bd): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालबालिकामा देखिएको मौसमी भाइरल अझै नियन्त्रणबाहिर

दुई साता अघिदेखि सिन्धुलीका बालबालिकामा देखा परेको मौसमी भाइरलको संक्रमण अझै नियन्त्रणमा आउन सकेको छैन। सिन्धुलीको सदरमुकाम माढी, कमलाखोंच र मरिण क्षेत्रमा देखा परेको भाइरल नियन्त्रणमा आउन नसकेको हो। भदौ १ गतेदेखि फैलिएको भाइरलका कारण आइतबारसम्म जिल्लामा सात सय भन्दाबढी बालबालिका संक्रमित भएको सिन्धुली अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डाक्टर सुमित्रा गौतमले बताइन्। अघिल्लो आठ १० दिनको तुलनामा भाइरलबाट ग्रस्त बालबालिकालाई उपचारमा ल्याउने गरिएको तथ्यांकका आधारमा केही कम भए पनि सन्तोषजनक अवस्था नभएको उनले बताइन्। ‘पहिलो दिनदेखि नै ४० देखि ६० जना बालबालिकाको उपचार हुने गरेकोमा हिजो आज दैनिक १० देखि ३० जनासम्म उपचारका लागि सिन्धुली अस्पताल ल्याउने गरिएको छ,’ उनले भनिन्। अस्पतालमा भाइरलबाट ग्रसित बालबालिकाको संख्या बढ्दै जाँदा उपचारमा समेत समस्या आएको अस्पतालले जनाएको छ। अस्पतालका २५ शैयामा भाइरलपछि प्रायः बालबालिकालाई मात्र भर्ना गराएर उपचार गर्ने गरिएको छ। ‘दैनिकरूपमा उपचारमा ल्याइने भाइरलको गम्भीर संक्रमण भएका बालबालिका र भर्ना भएर उपचार गराई राखिएका बालबालिकालाई पालैपालो उपचार गराउँदा ठुला बिमारीलाई भर्ना लिनै सकिएको छैन’, उनले भनिन्। भाइरलको संक्रमणलाई हेर्दा कम्तिमा पनि बालबालिकालाई दुई सातासम्म चिकित्सकको निगरानीमा राखेर उपचार गर्नु पर्ने उनको सुझाव छ।

बालबालिकामा रुघाखोकी, ज्वरो, छातीमा संक्रमण तथा घाँटीमा समस्या देखिने गरेको हो। जिल्लामा ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकामा यस्तो समस्या देखिएको छ। भाइरलका कारण जिल्लामा तीनजना बालबालिकाको मृत्यु भइसकेको छ। सयौं बालबालिकामा एक्कासि भाइरल देखा परेपछि गौतमको पहलमा महामारी सरुवा रोग नियन्त्रण तथा इपिडेमीयोलोजी महाशाखाबाट रेशम लामिछानेको नेतृत्वमा आएको ल्याब टेक्निसियनको टोलीले संक्रमित बालबालिकाको ल्याब परीक्षणसमेत गरेको थियो। टोलीले १० जना बालबालिकाको ल्याब परीक्षण गर्दा कसैमा एन्फ्लुएन्जाको संक्रमण नदेखिए पनि घाँटीमा भने भाइरलको संक्रमण देखिएको उनको भनाइ छ। एउटै शैयामा धेरै बालबालिकालाई राखेर उपचार गराउनु पर्दा थप रोगको संक्रमण बढ्ने चुनौती छ। एकैपटक धेरै बालबालिका बिमारी हुँदा उनीहरूलाई उपचारमा औषधिको समेत अभाव भएको गौतमले दुखेसो गरिन्। सरकारले निशुल्क दिने भनेको औषधिसमेत गत आर्थिक वर्षबाट जिल्लामा अभाव छ।

२०७५ भदौ १९ गते ११:३२ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: