A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session73po4e00bfs916ht5ie6gbbmbsagviqj): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

नरहाका दलित बालबालिकाले अझै पाएनन् पोषण भत्ता

सिरहाको नरहा गाउँपालिका क्षेत्रका दलित बालबालिकाले पछिल्लो आर्थिक वर्ष २०७४/०७५ को बाल पोषण भत्ता पाएका छैनन् । नयाँ आर्थिक वर्षको असोजसम्म तीन महिना बित्दा समेत पुरानै आ.व. को बाल पोषण भत्ता नपाएको अभिभावकले बताए । आर्थिक रुपले बिपन्न दलित बालबालिकालाई पोषिलो आहारका लागि राज्यले मासिक रुपमा राहत स्वरुप दिँदै आएको बालपोषणको भत्ता रकम १५ महिनासम्म नपाएको उनीहरुले गुनासो गरे । नरहा २ की रुञ्चीदेवी महराले आगामी मंसिरमा दुई वर्ष पुग्ने छोरी रागिनीको बाल पोषण वापत्को भत्ता रकम नपाएको गुनासो गरिन् । दुई महिनाको नाति इन्दल महरालाई आमाको दूधले पुग्दैन’ स्थानीय परमदेवी महरा भन्छिन्, ‘सरकारले दिने भनेको भत्ता रकम पनि नपाउँदा अप्ठ्यारो पर्यो । मजदूरी गरेर परिवारको गुजारा गर्नु पर्ने भएकाले नातिलाई पोषिलो खानेकुरा खुवाउन नसक्दा कुपोषित हुन लागेको उनको गुनासो छ ।

एक सय १० कुपोषित बालबालिका
गाउँपालिका केन्द्र रहेको नरहास्थित स्वास्थ्य चौकीको तथ्याङ्क अनुसार गाउँपालिका अन्तर्गत पर्ने ५ वटा वडामा एक सय १० जना कुपोषित बालबालिका छन् । स्वास्थ्य चौकी इञ्चार्ज अरुण कुमार यादवका अनुसार गाउँपालिका क्षेत्रका विभिन्न गाउँमा भेटिएका कुपोषित बालबालिकामा बहुसंख्यक दलित बालबालिका छन् । मजदूरी गरेर परिवारको गुजारा गर्ने दलित समुदायका बालबालिकाहरु पोषिलो खानेकुरा नपाएरै कुपोषित भएका हुन्’ स्वास्थ्य चौकी इञ्चार्ज यादवले भने । गाउँपालिका क्षेत्रका कुपोषित बालबालिकाहरु चमार र मुसहर समुदायका बढी रहेको जनाइएको छ ।

खाता नखोलिँदा भत्ता गएन
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भवेशकुमार झाले पछिल्लो आ।व।को जेठमा बाल पोषणको अन्तिम चौमासिक रकम आएको भएपनि बैंकिङ् प्रणालीमा जानै पर्ने बाध्यताले रकम बाँड्न नसकिएको बताए । राज्यले सामाजिक सुरक्षाभत्ता वापत् दिने रकम बैंक खातामार्फ्त वितरण गर्ने नीति ल्याएपछि अभिभावकको संरक्षकत्वमा पाँच वर्ष मुनिका सबै बालबालिकाको खाता खोल्न भन्यौं’ प्रमुख प्रशासकीय झाले भने ‘गाउँपालिकाको पाँच वडामध्ये १ नं. बाहेक अन्य वार्डमा खाता नखोलिंदा समस्या भयो । बालबालिकाको बैंक खाता खोल्न संरक्षकको रुपमा रहने आमाहरु मध्ये कतिपयको नागरिकता नहुँदा अर्को समस्या भएको नरहाका नन्दलाल महराले बताए । बैंक खाता नभएपनि बालबालिकाको रकम नरोकियोस् भन्ने उद्देश्यले वडा सचिवलाई पेश्की उठाएर वितरण गर्न आग्रह गर्यौं’ प्रमुख प्रशासकीय अधिकृत झाले भने ‘वडा सचिवले पेश्की लिन नमानेपछि बाल पोषणको रकम गाउँपालिकाको एनआइसी एशिया बैंकको खातामै छ ।

अद्यावधिक र लगत कट्टा गरिँदै
गाउँपालिकाका सूचना अधिकारी कुमोद कुमार यादवले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत केन्द्रीय पञ्जीकरण विभागले बनाएको सफ्टवयर सूचना व्यवस्थापन केन्द्र अनुसार नाम अद्यावधिक र लगत कट्टा सँगसँगै भईरहेको छ । सफ्टवेयर अनुसार बाल पोषण भत्ता पाउन योग्य र पाँच वर्ष उमेर पुगेका बालबालिकाहरुको लगत कट्टा गरी बाल पोषण वापत्को भत्ता रकम वितरण व्यवस्थित र पारदर्शी गरिने यादवले उल्लेख गरे । नरहा क्षेत्रमा सात सय ३२ जना दलित बालबालिकाहरुको आ।व। २०७४/०७५ को ३५ लाख १३ हजार ६ सय रुपैयाँ बाल पोषण वापत्को भत्ता रकम वितरण गर्न बाँकी छ । हरेक दलित दम्पतीका बढीमा दुई जना पाँच वर्ष मुनिका बालबालिकाले जनही मासिक चार सयका दरले बाल पोषण आहार वापतको रकम दिने नीति छ ।

२०७५ कार्तिक ५ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: