A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session3ohrgcna02l0hc8uh3kg614lu4fc1jc5): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

कुपोषित बालबालिका घटे

जिल्लामा बालबालिका कुपोषित हुने दर ५ प्रतिशतले घटेको छ । ६ वर्षयता सञ्चालित सचेतना अभियान र बेलैमा उपचार हुन थालेपछि कुपोषित बालबालिकाको संख्यामा कमी आएको हो । उनीहरूलाई विशेष खालको खाना वितरणले पनि सकारात्मकप्रभाव परेको स्थानीयले बताए । जिल्ला जनस्वास्थ्य कार्यालयलेहालै जिल्लाभरका ६ देखि ५९ महिनासम्मका ५९ हजार ६ सय ४६ बालबालिकामा कुपोषण जाँच गरेको थियो । जसमा पहिलेभन्दा अवस्था निकै सुधारिएको पाइयो ।कार्यालयले १० दिनसम्म स्वास्थ्यकर्मीलाई घरघरै पठाएर स्वास्थ्य परीक्षण गराएको थियो । अझै पनि १० दशमलव ६ प्रतिशत बालबालिका भने कुपोषित भेटिएका छन् । तीमध्ये ८ सय ४ जना गम्भीर र ५ हजार ६ सय ३ जना मध्यम खालका कुपोषित बालबालिका भेटिएको स्वास्थ्यका पोषण सम्पर्क व्यक्ति विष्णु पौडेलले बताए । यसअघि सन् २०११ मा स्वास्थ्य तथा जनसांख्यिक सर्वेक्षणले गम्भीर खालका ३ दशमलव १ प्रतिशत र मध्यम खालका १२ प्रतिशत गरी १५ दशमलव १ प्रतिशत कुपोषित बालबालिका रहेको तथ्यांकले देखाएको थियो । उनका अनुसार त्यसपछि यहाँ सचेतनाका विभिन्न योजना र कार्यक्रम चलाइएको छ । पाखुराको मध्यभाग नाप्नुका साथै उचाइअनुसार तौल नभएको र दुई खुट्टामध्ये एउटा सुन्निएको भए बालबालिका कुपोषित हुन्छन् । ‘६ वर्षयता सचेतना कार्यक्रम गरियो,’ वरिष्ठ जनस्वास्थ्य प्रशासक योगेन्द्र भगतले भने,औषधोपचार र विशेष खाना वितरणपछि सुधार भएको छ ।’ कुपोषित मानिस ठूलो भएपछि शारीरिक र मानसिक रूपमा कमजोर हुने उनले बताए ।

२०७४ फागुन २४ गते  ६:४९ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: