A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionep4lubq40sb2hjklcutd737bnhotqm0o): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

कालिकोटमा निमोनियाका कारण एक सातामा एकै टोलका ३ बालबालिकाको मृत्यु

एक हप्तामा खाँडाचक्र नगरपालिका-४ ताडीको एउटै टोलका तीन जना बालबालिकाको मृत्यु भएको छ। कडा खालको निमोनिया, भाइरल ज्वरो र रुघाखोकीको कारणले तीन जना बालबालिकाको मृत्यु भएको हो । कडा खालको निमोनिया, भाइरल ज्वरो र रुघाखोकी कारण खाँडाचक्र नगरपालिका–४ ताडीमा दत्त विकका ९ महिनाका छोरा लक्ष्मण विक, गोवि विक १६ दिनका छोरा र बाँचे विककी १ महिनाकी नातिनी रश्मी विकको मृत्यु भएको हो । गोवि विकको छोरालाई नेपालगञ्ज लिँदै गर्दा बीच बाटोमा मृत्यु भएको हो भने लक्ष्मण विकको जिल्ला अस्पताल कालिकोटमा उपचार गर्दा गर्दै मंगलबार राति मृत्य भएको मृतकका बुबा दत्त विकले बताए। ‘गाउँमा रुघाखोकी भाइरल ज्वरोका कारणले बुढाबुढी बालबालिका धेरै समस्या ल्याएको छ। उनले भने, ‘गोवि विकको छोराको नेपालगञ्ज लैजाँदै गर्दा बाटोमा र मेरो छोराको मंगलबार राति जिल्ला अस्पतालमा उपचार हुँदै गर्दा मृत्यु भएको हो ।

जिल्ला अस्पताल कालिकोटका प्रमुख कौशल अलिका अनुसार जाडोका कारणले बालबच्चाहरुमा निमोनिया, भाइरल ज्वरोको प्रकोप बढ्ने गरेको र विकलाई कडा खालको निमोनियाका कारणले मृत्यु भएको बताए। ‘जाडो मौसममा बालबालिकालाई निमोनिया ज्वरोले छिटो छुन्छ।’ उनले भने, ‘विकलाई कडा खालको निमोनियाको बिरामी भएका कारणले बचाउन सकिएन।’ गाउँमा प्रायः घरमा बिरामी रहेका समयमै स्वास्थ्य उपचार पाउन नसकेको खण्डमा झन् विकराल रुप लिने देखिएको वडा अध्यक्ष दानसिंह विकले बताए। ‘गाउँमा सबै बिरामी रहेका छन्। तीन जना बालबालिकाको मृत्यु भइसकेको छ।’ उनले भने, ‘मैले जिल्ला स्वास्थ्य कार्यालय कालिकोटलाई यसबारे जानकारी गराइसकेको छु ।

२०७४ माघ ५ गते प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: