A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionb3if9g0kngcntr76599jhvoegar14snk): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

गाउँमा स्वस्थ शिशु प्रतिस्पर्धा

पञ्चदेवल विनायक नगरपालिका ४, कालिकास्थानकी बिसु विक शनिबार र आइतबार स्वास्थ्य चौकी पुगिन् । विगतमा बिरामी हुँदा मात्रै स्वास्थ्यकर्मी कहाँ पुग्ने उनी पछिल्लो समय निरन्तर स्वास्थ्य चौकी धाइरन्छिन् । प्रत्येक ६ महिना यहाँ स्वस्थ शिशु प्रतिस्पर्धा हुन्छ । उक्त प्रतिस्पर्धामा १ छोरी र १ छोरालाई ‘स्वस्थ बच्चा’ घोषित गरिन्छ । बच्चालाई प्रतिस्पर्धामा सहभागी गराउन नियमित स्वास्थ्य चौकी आउने गरेको बिसुले बताइन् । ‘आफ्नो बच्चालाई प्रथम स्थानमा पुर्‍याउन अहिले यहाँका सबै आमा नियमित स्वास्थ्य चौकी पुग्ने गरेका छन्,’ उनले भनिन्, ‘पहिले बच्चा रोए मात्रै दूध दिने गर्थें, अहिले बच्चाको स्वास्थ्यमा विशेष ख्याल गरिन्छ । कालिकास्थानकै हीरा भुलका २ छोरा २ छोरी छन् । सुरुका २ छोराछोरी उनले घरमै जन्माइन् । पछि जन्मेका २ छोराछोरी कुच्ची स्वास्थ्य चौकीमा जन्मिए । ३ र ५ वर्षको छोरालाई उनी अहिले धेरै ख्याल गर्छिन् । ‘पहिले स्वास्थ्य चौकीमा बच्चा जन्माउन आए लाज हुन्छ भन्ने थियो । त्यो बेला अहिले जस्तो सुविधा पनि थिएन । अहिले जस्तो घर–आँगनमै गएर सिकाउने बुझाउने मान्छे पनि थिएनन्,’ उनले भनिन्, ‘अब त खेतबारीको कामभन्दा धेरै समय बच्चालाई दिन्छु । आफ्नो स्वास्थ्यको पनि ख्याल गर्छु । छोराछोरीलाई गाउँभरका बच्चाभन्दा स्वस्थ बनाउनुपर्छ भन्ने सबैमा प्रतिस्पर्धा छ ।

सालरुखकी ४५ वर्षीया लालमती विकको अनुभव फरक छ । १५ वर्षमै उनको बिहे भयो । १८ वर्षमा पहिलो सन्तान छोरा पाइन् । ४ महिनामै छोराको मृत्यु भयो । अर्को बच्चा जन्मियो । उसको पनि मृत्यु भयो । बर्सेनि बच्चा जन्मने तर नबाँच्ने भएपछि उनी हैरान भइन् । ‘मैलै एकै खाडलमा ४ छोराछोरीको अन्त्येष्टि गर्नुपर्दा मन कति कुँडिएको थियो भन्ने यतिबेला भनिसाध्यै छैन । कसैलाई दादुरा, कसैलाई वान्ता र कसैलाई पखाला लागेरै बिते,’ उनले भावुक हुँदै भनिन् । उनका अनुसार पहिले एक आमाबाट जन्मिएका ४र५ सन्तान मरेकै हुन्थे । बच्चा जन्मिसकेपछि बाँच्छ कि मर्छ भन्ने कुराको एकिन १ वर्ष पुगेपछि मात्रै हुन्थ्यो । उमेर ढल्किँदै गयो । गाउँमा स्वास्थ्य चौकी स्थापना भए । सामान्य बिरामी हुँदा पनि उपचार हुन लाग्यो । ‘पहिलो सन्तान बचेको भए अहिले म हजुरआमा भइसक्थे । अहिले ४ वर्षको छोरीलाई स्वस्थ बच्चा प्रतिस्पर्धामा भाग लिन आएँ,’ उनी भन्छिन्, ‘बच्चालाई बर्सेनि खाडलमा गाडेर काख रित्तो भएकी आमा पनि मै हुँ । अहिले यसरी बच्चाकै लागि स्वास्थ्य चौकी आउने आमा पनि मै हुँ । मैले त दुई जुग देखें ।’कुच्ची स्वास्थ्य चौकी इन्चार्ज नरेशकुमार बडुवालका अनुसार नियमित गर्भ जाँच गराएरनगराएको, गर्भ रहेको अवस्थामा पूरा गर्नुपर्ने खोपको मात्रा पूरा गरेरनगरेको, जन्मिएपछि दिनुपर्ने खोपको मात्रा पूरा गरेरनगरेको, उमेरअनुसार तौल र उचाइ भएरनभएको, आमाको दूध चुसाइरहेकोरनरहेको र सरसफाइको अवस्थाबारे थुप्रै प्रश्न प्रतिस्पर्धाका लागि तयार पारिन्छन् ।

२०७६ असार २ गते १०:०५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: