A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session3j686733oc0s373dk05js04eddcdkthk): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

सम्झौता गरेको कम्पनीले भ्याक्सीन नदिँदा शुरु भएन ‘रोटा भाइरस’ को खोप

नेपालमा भण्डै २७ लाख बालबालिका रहेका छन् । त्यस मध्ये वर्षेनी ५० प्रतिशत बालबालिका झाडापखालाको समस्यामा पर्ने गरेका छन् । झाडापखालाको समस्यामा पर्ने मध्ये ३० प्रतिशतमा झाडापखाला लाग्नुमा रोटा भाइरसको कारण रहेको सरकारको अनुमान छ । नेपालमा रोटा भाइरसका कारण लाग्ने झाडाखालालाई रोक्नको लागि यो आर्थिक वर्षदेखि रोटा भ्याक्सीन दिने स्वास्थ्य मन्त्रालयको निर्णय थियो ।  आर्थिक वर्ष ०७५्/७६ मा यो भ्याक्सीन सुरु गर्ने उद्देश्यका साथ विभाग पनि लागेको थियो । रोटा भ्याक्सीन नेपाललाई जिएसके नामको अन्तर्राष्ट्रिय मल्टिनेशनल कम्पनीले उपलब्ध गराउने सहमति पनि भएको थियो । तर सो कम्पनीले नेपाल सरकारलाई समयमा भ्याक्सीन उपलब्ध गराउँन नसक्दा  रोटा भ्याक्सीन सुरु गर्न ढिला भएको सरकारको भनाई छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका प्रमुख झलक शर्माका अनुसार रोटा भ्याक्सीन सञ्चालनको लागि नेपाल सरकारको तर्फबाट सम्पूर्ण तयारी पुरा भए पनि जिएसके मल्टिनेशनल कम्पनीले भ्याक्सीन उपलब्ध नगराउँदा समस्या भएको हो । कम्पनीले भने भ्याक्सीन अभावको कारणले गर्दा भ्याक्सीन पठाउन नसकेकोे जनाएको छ । अन्तर्राष्ट्रिय गाबि नाम गरेको संस्थाको सहयोगमा सञ्चालन हुन लागेको रोटा खोपको विकल्पमा अब रोटा रिक्स, रोटा भ्याट अथवा रोटा सिल मध्ये एउटा छानेर खोप कार्यक्रम सुरु गर्ने शर्माले बताए । नयाँ आ।व बाट तीन मध्ये एउटा भ्याक्सीन छानेर खोप कार्यक्रम सुरु गर्ने खोप शाखाले जनाएको छ । यो भ्याक्सीन एक वर्षका बालबालिकालाई जन्मेको ६ र १० हप्तामा दुई पटक दिनुपर्ने हुन्छ । हाल नेपालमा यो भ्याक्सीन लगाउनको लागि ६ लाख ३० हजार बालबालिका रहेको सरकारको अनुमान छ । रोटा भ्याक्सीन सुरु भएको खण्डमा नेपालमा झाडापखालाबाट निधन हुने बालबालिकाको संख्या भने कमी आउने देखिन्छ ।

के हो रोटा भाइरस ?

‘रोटा भाइरस’ जाडो मौसममा बढी सक्रिय हुन्छ । चिसो बढेपछि बालबालिकाहरू प्राणघातक ‘रोटा भाइरस’को संक्रमणको जोखिममा पर्छन् । ‘रोटा भाइरस’ र ‘नोरा भाइरस’ चिसो मौसममा बढी सक्रिय हुन्छन् । विशेषज्ञहरूका अनुसार ‘रोटा भाइरस’ले खास गरी ५ वर्षमुनिका बालबालिकालाई प्रभावित गर्छन् भने १ वर्षमुनिका बालबालिकामा यो भाइरसको सङ्क्रमण हुने उच्च सम्भावना हुन्छ । पाँच वर्षमुनिका बालबालिकामा देखिने झाडापखालाको प्रमुख कारण ‘रोटा भाइरस’ एक हो  । रोटा भाइरस सरसफाइले मात्र रोक्न सकिने वा नियन्त्रणमा ल्याउन सकिने रोग नभएको जानकारहरूको भनाइ छ । यो सरुवा रोगमा पर्ने यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै र छिटो सर्ने गर्छ । ‘रोटा भाइरस’ संक्रमितको दिसामा यो भाइरस अत्यधिक मात्रामा पाइन्छ । यदि त्यो दिसा कुनै मध्यमबाट मुखमा पुगेमा त्यो व्यक्ति पनि संक्रमित हुनेछ । संक्रमित हात, कुनै संक्रमित सामान, बालबालिका भए उनीहरूले प्रयोग गरेको  खेलौना, संक्रमित पानी र खानेकुरा आदि ‘रोटा भाइरस’ सर्ने प्रमुख मध्यमहरू हुन् । तारन्तार पानी जस्तो पातलो दिसा लाग्नु, बान्ता हुनु, पेट दुख्नु, अति जलवियोजन हुनु यसका प्रमुख लक्षण हुन् । अनुसन्धानको नतिजाले नेपालमा झाडापखालाका कारण अस्पताल भर्ना भएका ५ वर्षमुनिका बालबालिकामध्ये ३० प्रतिशतमा  ‘रोटा भाइरस’ देखिने गरेको छ ।

२०७६ जेठ २१ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: