A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionb3if9g0kngcntr76599jhvoegar14snk): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

पूर्णखोपयुक्त मकवानपुरमा दादुरा भेटियो

दुई वर्ष अगाडि पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको मकवानपुरमा दादुराको प्रकोप देखिएको छ। मकवानपुरको पश्चिमक्षेत्रस्थित जिल्लाको विकट कैलाश गाउँपालिका–८ धुसाराङका पाँचजनामा दादुरा देखिएको हो। मनहरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्न आएका बिरामीहरुमा रगत जाँच गर्दा दादुराको संक्रमण भएको पाइएको हो। त्यसपछि मनहरी प्राथमिक स्वास्थ्य केन्द्रले धुसाराङमा पुगी नमुना रगत संकलन गरी जाँच गरेको थियो। सो क्रममा ६ जनाको रगत परीक्षण गर्दा ५ जनामा दादुरा देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख शशिकान्त सिंहले बताए। उनका अनुसार दादुराको संक्रमण पाइएपछि कैलाश गाउँपालिका, जनस्वास्थ्य कार्यालय तथा विश्व स्वास्थ्य संगठनको हेटौंडास्थित कार्यालयले चासो व्यक्त गरी आवश्यक अनुसन्धान गरिरहेको छ। एकजना गर्भवतीसहित अन्य ४ जनामा दादुरा देखिएपछि गर्भवतीलाई उपचारका लागि भरतपुर पठाइएको थियो। गर्भवतीबाहेक अन्य संक्रमणमा परेकाहरु ४ वर्षदेखि ८ वर्ष उमेर समूहका छन्।

२०७५ माघ २३ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: