घटना, सूचना र समाचार

बालगृहमा रहेका बालबालिकाको तथ्याङ्क विवरण अद्यावधिक गरी पठाउने सम्बन्धी सूचना

नेपाल राज्यभरी सञ्चालनमा रहेका आवासीय बालगृहमा रहेका बालबालिकाको तथ्याङ्क विवरण संघीय संरचना अनुरूप संघीय, प्रादेशिक र स्थानीय तहमाअद्यावधिक गरी तीनै तहको समन्वय र सहयोगमा आश्रित बालबालिकाको संरक्षण, व्यवस्थापन, अनुगमन, पृष्ठपोषण तथा हक हितसम्बन्धी कार्य सञ्चालन तथा आधिकारिक राष्ट्रिय प्रतिवेदननिर्माण कार्य प्रयोजनका लागिपरिषद्को Website: www.ncrc.gov.np वा E-Portal: www.childrights.gov.np मा रहेको फाराम डाउनलोड गरीकालिमाटि फन्टको ११ साइजमा विवरण तयार पारी यसको सफ्टकपी rambdrchand@gmail.com तथा contact@ncrc.gov.npमा र हार्डकपी यस परिषद्को कार्यालय श्रीमहल, पुल्चोक, ललितपुर, सम्बन्धित प्रदेश सामाजिक विकास मन्त्रालय र स्थानीय तहको बालबालिका शाखामायहीं मिति २०७६ सालको कात्तिक मसान्तसम्मआइपुग्ने गरी एक/एकप्रतिका दरले पठाउनु हुन सम्पूर्ण बाल गृह, बाल गृह सञ्चालक संस्था र बाल गृह महासंघहरूलार्इ यसै सूचनाद्वारा जानकारी गरिएको व्यहोरा अनुरोध छ  । साथै सम्बन्धित स्थानीय तह र प्रदेश सामाजिक विकास मन्त्रालयले यसै सूचनालार्इ आधार मानी आ-आफ्नोक्षेत्रमा सञ्चालित बाल गृहमा रहेका बालबालिकाको तथ्याङ्क विवरण अद्यावधिक तथा संकलन कार्यमा समन्वय, सहयोग र सहजीकरण गरी सहकार्यसमेतका लागिअनुरोध छ ।

http://www.ncrc.gov.np/notice/bl-blbl-a-u-b#

0 Comments

Leave your comments

Make sure you enter the(*)required information where indicate.HTML code is not allowed