A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionnhbdqae4p36fl760ilfq9u155kb13ueo): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | घटना, सूचना र समाचार |:.

घटना, सूचना र समाचार

राष्ट्रिय बाल अधिकार परिषद्मा अध्यक्षज्यूको स्वागत कार्यक्रम

बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ५९(१) बमोजिम रहने राष्ट्रिय बाल अधिकार परिषद्का अध्यक्ष एवम् महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका नव नियुक्त माननीय मन्त्री श्री पार्वत गुरुङ्गज्यूलाई मिति २०७६/८/१० गते राष्ट्रिय बाल अधिकार परिषद्मा स्वागत गरी परिषद्बाट सञ्चालित कार्यक्रम बारे जानकारी गरियो । परिषद्का प्रशासकीय प्रमुख श्री कृष्ण प्रसाद भूसाल र कर्मचारीहरुद्वारा अध्यक्षज्यूलाई स्वागत गरिएको कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सह–सचिव श्री ज्ञानेन्द्र पौडेल, महिला तथा बालबालिका विभागका नि. महानिर्देशक श्री शान्ता भट्टराई, परिषद् तथा बालबालिका खोजतलास समन्वय केन्द्र (१०४) का कर्मचारीहरु र पत्रकारको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रशासकीय प्रमुख श्री कृष्ण प्रसाद भूसालले स्वागत मन्तव्य राख्नु हुँदै परिषद्को उद्देश्य, अवस्था, सञ्चालित कार्यक्रम, मुख्य मुख्य उपलब्धि, समस्या र चुनौती तथा आगामी प्राथमिकताहरुका बारेमा प्रकाश पार्नु भयो । साथै बाल अधिकार संरक्षण तथा सम्वर्धनका लागि परिषद्ले सम्बन्धित निकाय तथा संघ संस्थाहरुसँग समन्वय र सहजीकरण गर्दै आएको कुरा पनि उल्लेख गर्नु भयो । यसैगरी परिषद्का राष्ट्रिय कार्यक्रम सल्लाहकार श्री ज्ञानेन्द्र श्रेष्ठले परिषद्ले आगामी पाँच वर्षसम्म सञ्चालन गर्ने पाँच वर्षे रणनीतिक योजनाको मस्यौदा बारे जानकारी गराउनु भयो । कार्यक्रमको अन्त्यमा माननीय मन्त्रीज्यूले विविध समस्याका बावजुद पनि परिषद्ले धैर्यताका साथ बाल अधिकारको क्षेत्रमा गर्दै आएको कामको बारेमा प्रशंसा गर्दै बालबालिकाको क्षेत्रमा निष्पक्ष र सकारात्मक भएर काम ग¥यो भने सरकार तथा सम्बन्धित निकायको साथ सधै रही रहने बताउँदै परिषद्का समस्या र चुनौतीलाई न्यूनीकरण गर्नलाई मन्त्रालय र आफू सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गर्नु भयो।

 

0 Comments

Leave your comments

Make sure you enter the(*)required information where indicate.HTML code is not allowed

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: