A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessione4ftmh49uoejjn6pb2nnvd9760rj560i): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | घटना, सूचना र समाचार |:.

घटना, सूचना र समाचार

राष्ट्रिय बाल दिवस २०७६ मूल समारोह सम्पन्न

http://childrights.gov.np/site/view/national-childrens-day-2076#

“सुनिश्चित बाल अधिकारः समृद्ध नेपालको आधार” भन्ने मूल नाराका साथ राष्ट्रिय बाल दिवस २०७६ देशैभरि विभिन्न कार्यक्रम गरी मनाइएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषद्को संयुक्त आयोजनामा भदौ २९ गते राष्ट्रिय बाल दिवस २०७६ मूल समारोह भव्यताका साथ सम्पन्न भएको छ । माननीय उपप्रधान तथा रक्षा मन्त्री श्री ईश्वर पोखरेलज्यूको प्रमुख आतिथ्यता र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री श्री थममाया थापा मगरज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा, मन्त्रालयकै सचिव श्री चन्द्र कुमार घिमिरे, बाल प्रतिनिधिद्वय श्री पुष्पा कुमारी तथा श्री प्रशान्त के.सी, सम्बन्धित सरोकारवाला निकाय तथा संंस्था र नागरिक समाजका प्रमुख तथा प्रतिनिधिहरु एवम् बालबालिकाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपप्रधान तथा रक्षा मन्त्री श्री ईश्वर पोखरेलज्यूले बाल अधिकार सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेको बताउँदै सरकारले समृद्ध नेपाल, सुखी नेपालीको मूल नाराका साथ देशको सर्वाङ्गीण विकासका लागि काम भइरहेको बताउनु भयो । बाल अधिकारको कार्यान्वयनमा सरकार प्रतिवद्ध भएर नै बहुनिकायगत प्रभावकारी समन्वय र सहकार्यका लागि केन्द्रीय बाल कल्याण समितिलाई बालबालिका सम्बन्धी ऐन, २०७५ अनुसार सङ्घीयता अनुरुप राष्ट्रिय बाल अधिकार परिषद्मा रुपान्तरण गरी प्रदेश र स्थानीय तहमा समेत बाल अधिकार समितिहरु रहने व्यवस्था गरेको स्पष्ट पार्नु भयो । उहाँले बालबालिकाका लागि शिक्षा, स्वास्थ्य, पोषण लगायत सामाजिक सुरक्षा अन्तर्गतका विभिन्न कार्यक्रम कार्यान्वयनमा रहेकाले नै शिशु मृत्युदर, बाल मृत्युदर तथा कुपोषण दर जस्ता सूचकाङ्कमा सुधार भएको बताउनु भयो । सम्बोधनकै क्रममा बाल श्रम निवारणका लागि सरकारले गुरुयोजना तयार गरी कार्यान्वयनमा ल्याएको र काठमाडौं उपत्यकाबाट सुरु भएको सडक बालबालिका उद्धार तथा संरक्षण व्यवस्थापन गर्ने कार्यलाई यसै आ.व. २०७६/७७ देखि देशैभरका सहरमा विस्तार हुन लागेको बताउनु भयो । साथै विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाका लागि सरकारले विशेष कार्यक्रम ल्याउने तयारी भइरहेको पनि जानकारी गराउनु भयो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री श्री थममाया थापा मगरज्यूले संविधान, कानून, नीति र योजना तथा कार्यक्रममा बाल अधिकारलाई स्थापित गरिएको उदाहरण प्रस्तुत गर्दै भन्नुभयो– “संविधानमा बालबालिकाको विषय उल्लेख्य रुपमा समावेश भएको छ, बालबालिका सम्बन्धी ऐन, २०७५ लागू भएको छ र सोकोे नियमावली, कार्यविधि, निर्देशिका तथा मापदण्ड केहीको मस्यौदा तयार भई छलफलको क्रममा रहेका छन् भने केही तर्जुमा गरिने क्रममा रहेका छन् ।” यसैगरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव श्री चन्द्र कुमार घिमिरज्यूले बालबालिका सम्बन्धी ऐन, २०७५ बालबालिकाको समग्र हक अधिकार समेटिएको उत्कृष्ट कानून भएको बताउँदै, बालबालिका सम्बन्धी समग्र सूचकहरुमा सकारात्मक परिवर्तन भएको उल्लेख गर्दै– वि.स.२०४८/४९ को बाल अधिकार सूचकहरुको तुलनामा हालको सूचकहरु हेर्दा ठूलो प्रगतिको फड्को मारेको छ, भन्दै २०४८/४९ सालमा प्राथमिक तहमा बालबालिकाको खूद भर्नादर ६४ प्रतिशत रहेकोमा हाल ९७.५ प्रतिशत पुगेको उदाहरण पेश गर्नु भयो ।

पहिलो चरणको औपचारिक कार्यक्रम पश्चात मूल समारोह कार्यक्रममा सहभागी भएका बालबालिकाले सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम एवम् नाटक, नृत्य, कविता, गजल, धुन आदि प्रस्तुत गरेर राष्ट्रिय बाल दिवस मनाएका थिए ।

0 Comments

Leave your comments

Make sure you enter the(*)required information where indicate.HTML code is not allowed

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: