A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session2u77fmjmmdtkgvimjn5asrjtjq3ar8fn): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | घटना, सूचना र समाचार |:.

घटना, सूचना र समाचार

अन्तर्राष्ट्रिय बाल अधिकार दिवस भव्यताका साथ सम्पन्न

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषद्ले संयुक्त रुपमा ३० औं अन्तर्राष्ट्रिय बाल अधिकार दिवस यहि २०७६ मङिसर ४ (नोभेम्वर २०) गते भव्य समारोहका बीच नेपालमा बालबालिकाको स्थिति प्रतिवेदन, २०७६ सार्वजनिक गरी मनाएको छ। यो प्रतिवेदन राष्ट्रिय बाल अधिकार परिषद्ले बाल बचाउ,बाल संरक्षण, बाल विकास र बाल सहभागिता लगतयत बालबालिकासंग सम्बन्धित विविध तथ्यांक, सूचना, तथा जानकारी संकलन, प्रशोधन एवम् विश्लेषण गरी तयार पारेको हो। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव श्री चन्द्र कुमार घिमिरेज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय महिला आयोगका सचिव श्री दिपेन्द्र काफ्ले, बरिष्ठ बाल अधिकारकर्मी श्री गौरी प्रधान, नेपालका लागि युनिसेफका आवासीय प्रतिनिधि श्री Elke Wisch, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सह–सचिवद्वय श्री राजेन्द्र कुमार पौडेल, श्री रुद्रादेवी शर्मा, प्रहरी उपरिक्षक श्री किसन सिंह थापा, राष्ट्रिय बाल अधिकार परिषद्का प्रशासकीय प्रमुख श्री कृष्ण प्रसाद भूसाल लगायत विभिन्न सरकारी निकाय, आयोग, परिषद् र गैरसरकारी संस्थाका प्रमुख एवम् प्रतिनिधिहरु, बालअधिकारकमीर्, बालबालिका र पत्रकारहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सह–सचिव श्री राजेन्द्र कुमार पौडेलज्यूले  स्वागत गर्र्दै बाल अधिकार महासन्धि, १९८९ लाई नेपालले अनुमोदन गरेपछिको यो अवधिमा सरकारी निकाय, विकास साझेदार संस्था, गैर सरकारी संस्था, नागरिक समाज तथा निजी क्षेत्रको समेत सक्रियतामा बाल अधिकारको क्षेत्रमा भएका प्रगति उत्साहसजनक भएको र बाल संरक्षणको विषयमा अझ काम गर्न बाँँकी रहेकाले सरकारको नीति, योजना तथा कार्यक्रमलाई अझ प्रभावकारी रुपमा कार्यन्वयन गर्नुपर्ने भावना व्यक्त गर्नु भयो । सो स्वागत मन्तव्य पछि कार्यक्रमका अध्यक्ष एवम मञ्चमा आसिन व्यक्तित्वहरुबाट सामुहिक रुपमा नेपालमा बालबालिकाको स्थिति प्रतिवेदन, २०७६ लाई विमोचन गरिएको थियो । तत्पश्चात राष्ट्रिय बाल अधिकार परिषद्का प्रशासकीय प्रमुख श्री कृष्ण प्रसाद भूसालले संयुक्त राष्ट्र संघको बाल अधिकार सम्बन्धी महासन्धिको कार्यान्वयनको अवस्था सहित नेपालमा बालबालिकाको स्थिति प्रतिवेदन, २०७६ का मूलभूत पक्षबारे प्रस्तुती गर्नु भएको थियो । प्रस्तुतीमा बालबालिकाको क्षेत्रमा भएका प्रगतिबारे तुलनात्मक तथ्याङ्क, समस्या, चुनौती र प्रतिवेदनबाट सुझाइएका विषयहरु समेटिएका थिए । कार्यक्रममा बरिष्ठ बाल अधिकारर्मी श्री गौरी प्रधानले अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको शुभकामना सबै बालबालिका र सरोकारवालाहरु लाई दिनुहुँदै, सरकारले यसरी प्रतिवेदन प्रकाशन गर्दै आएकोमा धन्यवाद दिनुभयो । बालबालिकाका लागि विनियोजन गरिने सरकारी बजेटलाई बालबालिकाको आवश्यकता अनुसार प्राथमिकीकरण गरी लक्षित समूह र बालबालिकालाई समेटेर कार्यक्रम सञ्चालन गर्न सके अझ सकारात्मक परिवर्तन हुन सक्ने कुरामा जोड दिनुभयो । उहाँले विगतमा राजनीतिक स्थिरता नभएकै कारण नेपालले बाल अधिकारको क्षेत्रमा उल्लेख्य प्रगति हासिल गर्न नसकेको पनि बताउनु भयो । यस्तै कार्यक्रममा नेपालका लागि युनिसेफका आवासीय प्रतिनिधि श्री Elke Wisch ले नेपालले विगतमा भन्दा हाल बाल अधिकारको क्षेत्रमा निकै प्रगति गर्दै गएको र विद्यमान कानून र नीतिकोे कार्यान्वयन सबै सरोकारवालाहरुको समन्वय र सहकार्यमा सम्पादन गर्न सके बाल अधिकारको संरक्षण र सम्वद्र्धन गर्ने कार्य अझ प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा अध्यक्षता गरी रहनु भएका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव श्री चन्द्र कुमार घिमिरेले बाल अधिकारको संरक्षणका लागि संघ, प्रदेश र स्थानीय सरकारले उत्तिकै ध्यान दिन जरुरी रहेको बताउनु हुँदै सरकारले सन् २०२२ सम्म मुलुकलाई अति कम विकसित मुलुकबाट स्तर उन्नति गर्ने र सन् २०३० सम्ममा मध्यम आएका भएको मुलुकमा स्तर उन्नति गर्ने लक्ष्यहरुमा बालबालिकाको विषयलाई समाहित हुने गरी बाल अधिकारको क्षेत्रमा काम गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले बाल अधिकारमैत्री हुने गरी कानून निर्माण गर्न प्रदेश र स्थानीय सरकारलाई आग्रह गर्दै सरकारले बाल अधिकारको हनन् हुन नदिने गरी विभिन्न कानूनहरुको आवश्यक परिमार्जन गर्दै लैजाने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । बाल अधिकारको क्षेत्रमा नतिजा देखिने गरी काम गर्न मन्त्रालय सदैव संवेदनशील रहेको बताउँदै बालबालिकाको हक, हित र अधिकारको सम्मान, संरक्षण, परिपुर्ति र पालनाका लागि सबैले उत्तरदायित्व, जवाफदेहिता र क्रियाशीलताका साथ कार्य गर्न प्रतिवद्धता व्यक्त गर्नु पर्ने विचार राख्नु भएको थियो। 

0 Comments

Leave your comments

Make sure you enter the(*)required information where indicate.HTML code is not allowed

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: