A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionnku3obfgltbvebr24ucte8ut7qmttolk): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

अर्केस्ट्रामा लुटिए बालिका, किशोरी

ललितपुर धापाखेलकी १५ वर्षीया किशोरीलाई उनकी छिमेकी दिदीले वीरगन्जमा राम्रो काम पाउने प्रलोभन दिइन् । पुसको तेस्रो साता पहिलो पटक एक्लै वीरगन्ज आइन् । उनलाई रिसिभ गर्न सीमा पारि भारतबाट २ अज्ञात युवक आइपुगे । ती युवकले सीमा पारि करिब १५ किमि पर भारत बिहारको रमगढवामा लगेर उनलाई एउटा अर्केस्ट्रा सञ्चालकको जिम्मा लगाए । उनी त्यहाँ पहिलेदेखि नै नारकीय जीवन बिताइरहेका नेपाली चेलीहरूसँग मिसिन पुगिन् । उनीहरूलाई खेतमा सुंगुरको खोर जस्तो बनाइएको एउटा कच्ची घरमा बस्न सुत्न दिइन्थ्यो । जहाँ उनीहरूले परालमा सुत्थे । उनीहरूले अर्केस्ट्रा ञ्चालक सुरेश जैसवालको दबाबमा जबर्जस्ती मदिरा र चुरोट सेवन गर्नु पथ्र्यो । अनि राति जैसवाल र उनका सहयोगीहरू आएर नाबालिकाहरूलाई जबर्जस्ती गर्थे । न त नाबालिकाहरूले २ छाक पेटभरी खान पाउथे । न त उनीहरूको अस्मिता नै सुरक्षित हुन्थ्यो । भोको पोट आफ्नो अस्मिता लुटाउन बाध्य हुन्थे उनीहरू । एक दिन उनले बैदेशिक रोजगारीको क्रममा साउदी अरबमा रहेकीआफ्नी आमालाई फोन गर्ने मौका पाइन् । फोनमा उनले आफ्नो पीडा सुनाएपछि काठमाडौंमा रहेकी उनकी सानिमाले माइती नेपाल केन्द्र काठमाडौंमा भतिजीको उद्धार गरिदिन निवेदन दिइन् ।

माइती नेपाल वीरगन्ज आवधिक गृहबाट भारत पुगेको टोलीले भारतीय प्रहरीसँगको समन्वयमा रामगढवाबाट उनलाई मात्र नभई मोरङका २ र सुनसरीकी १ गरी ४ नाबालिकालाई उद्धार गरी वीरगन्ज फर्काइ ल्यायो । माइती वीरगन्ज आवधिक गृह प्रमुख संगीता पुरीले चेलीहरूले उद्धार गर्ने क्रममा अर्केस्ट्रा समूहमा आबद्ध २ नेपाली पक्राउ परेको बताए । अर्केस्ट्रा सञ्चालक जैसवाल फरार रहेको र भारतीय प्रहरीले उनको खोजतलास गरिरहेको छ । भारतीय प्रहरीले पुस २६ गते पर्सा पर्सागढी नगरपालिका २७ वर्षीय राजेश प्रसाद सहनी र मोरङ दुलारी ८ का २१ वर्षीय सुरज प्रसाद चौधरीलाई पक्राउ गरी नेपाल प्रहरीको जिम्मा लगायो । उनीहरू अर्केस्ट्रा सञ्चालनमा प्रबन्धकदेखि सहयोगीसम्मको काम गर्छन् । नेपालबाट चेलीबेटीहरूलाई राम्रो जागिर दिने प्रलोभन दिएर उनीहरूले सीमा पारि लगेर अर्केस्ट्राको नारकीय जीवन बिताउन बाध्य पार्थे । रामगढवाबाट उद्धार गरिएका चेलीहरू बस्ने क्षेत्रलाई पछिल्लो समय त्यहाँ कोठी रोड भनेरै सम्बोधन गर्न थालिएको छ । अधिकांश नेपाली चेलीहरू हुने भएकाले स्थानीय भारतीयले पनि त्यहाँ हुने गतिविधि बारे पनि खासै रुचि लिदैनन् । अर्केस्ट्रा सन्चालकहरूले युवतीहरूलाई आफूहरूले विवाह गरेको,आफ्नी पत्नी समेत दाबी गरेर राखेका हुन्छन् । पुरीका अनुसार माइती वीरगन्ज आवधिक गृहले मात्र सन् २०१८ मा भारतबाट यस्ता ११ चेलीहरूलाई भारतको बिभिन्न अर्केस्ट्राबाट उद्धार गरी ल्याएको थियो । यस वर्ष ४ को उद्धार गरिसकेको छ । उनीहरू भारतको आदापुर, सुगौली, मोतिहारी, रामगढवा लगायतका स्थानमा विभिन्न आर्केस्ट्रामा काम गर्थे । अभिभावकको उजुरीका आधारमा भारतीय प्रहरीसँगको समन्वयमा खोजतलास गर्दै जाँदा उनीहरू अर्केस्ट्रा कम्पनीमा फेला परेका हुन् । अभिभावकको उजुरीका आधारमा यति चेली अर्केस्ट्राबाट फेला परे पनि अझै थुप्रै नेपाली चेलीहरू यो पेसामा जबर्जस्ती लगाइएको हुन सक्ने उनले बताइन् । ५ वर्षयता नेपाली चेलीहरू ठूलो संख्यामा यसरी अर्केस्ट्रा नृत्य समूहमा जानेर वा नजानेर जोडिन पुगेका छन् । यसरी अर्केस्ट्रामा नृत्य गर्न पुगेकाहरूलाई अन्य र आकर्षक कामको लोभ दिएर भारत लगिएको हुन्छ । केहीलाई भने अर्केस्ट्रामा काम दिने भनेरै पनि लगिएको हुन्छ । तर त्यहाँ पुगेर उनीहरू शारीरिक र मानसिक यातनाले विक्षिप्त हुन पुग्छन् । नेपालका नजिकका सीमावर्ती भारतीय बजारमा अवैध रूपमा चलाइने अर्केस्ट्रा समूहमा युवतीलाई अश्लील शैली र भावभंगीमामा नृत्य गराइने भएकाले यस्तो समूहको माग पनि बढ्दो छ । युवतीहरूले मञ्चमा अश्लील गीतहरू तथा बाजागाजाको तालमा नृत्य गर्नुपर्छ । छोटा कपडा लगाउने मात्र नभई दर्शकदीर्घाबाट उत्तेजित भई मन्च उक्लने दर्शकहरूले उनीहरूलाई मञ्चमै दुव्र्यवहार गर्ने, छोटा बस्त्रहरू समेत खोल्न दबाब दिएर निर्वस्त्र नृत्य हुन दबाब दिने जस्ता अश्लील गतिविधि पनि गर्छन् । अर्केस्ट्रा सञ्चालकले उनीहरूलाई पारिश्रमिक नदिने, बन्धक बनाएर जबर्जस्ती नृत्य गर्न लगाउने, खाना र बासको पनि उचित व्यवस्था नगर्ने जस्ता पीडा यस्ता चेलीहरूले भोग्ने गरेका छन् ।

२०७५ माघ ६ गते ९:५४ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: