समाचारमा बालबालिका

किशोरी उमेरमै आमा

खत्याड गाउँपालिकास्थित लमेरा गाउँकी कल्पना बुढा १६ वर्षको उमेरमा आमा बनिन् । उनको काखमा १० महिनाको छोरा छन् । विवाह गरेको एक वर्षमै आमा बनेपछि उनको पढाइ बीचमै छुटेको छ । लमेराकै २० वर्षीया इन्दिरा बुढाको पनि ६ वर्षअघि भागी बिहे भयो । उनी तीन वर्षकी छोरी र ९ महिनाको छोराकी आमा हुन् । यी दुई मात्र होइन, जिल्लाका ग्रामीण क्षेत्रमा कम उमेरमा आमा बन्ने संख्या अधिक छ । कलिलो उमेरमै आमा बनेका अधिकांशले पढाइ बीचैमा छोडेका छन् । सानै उमेरमा आमा बन्दा उनीहरूमा घरधन्दाको बोझ थपिएको छ । खत्याड गाउँपालिका–२, गाडेखोलाकी दुधशिला भियाल ३२ वर्षकी उमेरमा सात सन्तानकी आमा छिन् । १५ वर्षको कलिलो उमेरमै बिहे गरेकी उनी अहिले नै विभिन्न स्वास्थ्य समस्या देखिन थालेको बताउँछिन् । पति रडक भियालले ज्याला–मजदुरी गरेर सन्तानको पालनपोषण गरिरहेका छन् । सानै उमेरमा विवाह गर्दा सन्तानको पालनपोषणमा समस्या छ,’ उनले भनिन्, ‘बालबालिकाको पठनपाठन पनि राम्रो बन्न सकेको छैन ।’ घरको अन्नले दुई महिना मात्र खान पुग्ने भएकाले पालनपोषणमा समस्या भइरहेको उनको भनाइ छ । छोराछोरीको पालनपोषणका लागि वर्षभरि नै मजदुरी गर्नुपर्ने बाध्यता रहेकोभियालले बताए । कलिलैमा विवाह गर्दा अहिले पछुतो भएको बुढाको भनाइ छ । ‘अघिल्लो सालको एसईई परीक्षामा दुई विषयमा अनुत्तीर्ण भए, यो वर्ष घरको काम र छोरा सानो हुँदा परीक्षा दिन पाइन,’ बुढाले भनिन्, ‘अहिले कम उमेरमा विवाह गरेकामा धेरै दुस्ख लागेको छ ।

१३ वर्षको कलिलो उमेरमा भागेर विवाह गरेकी इन्दिरालाई पनि पढाइ पूरा गर्न नपाएकामा सबैभन्दा ठूलो दुस्ख छ । ‘सानैमा बच्चा जन्माइयो, झनै बोझ थपियो,’उनले भनिन्, ‘सानैमा विवाह गर्दा आत्मनिर्भर बन्न सकिएन ।’ खत्याड गाउँपालिका–५, ९साविक खमाले गाविस० लाई २०७२ सालमा बाल विवाहमुक्त घोषणा गरिएको थियो । बाल विवाहमुक्त घोषणा गरिए पनि पछिल्लो समय यहाँ २० वर्ष नपुग्दै आमा बन्नेको संख्या अधिक छ । जनचेतनाको कमी, देखासिकी, गरिबीलगायत कारणले कलिलो उमेरमै विवाह गर्ने चलन धेरै रहेको खत्याड गाउँपालिका उपाध्यक्ष जयानन्दा रावलले बताइन् । कम उमेरमै विवाह गर्दाविभिन्न सामाजिक समस्या देखिन थालेको उनले बताइन् । महिला वा पुरुष दुवै २० वर्ष नपुगी गरिने विवाह कानुनी रूपले बालविवाह ठहरिने जिल्ला अदालतका स्रेस्तेदार रुद्रप्रसाद अर्यालले बताए । ‘मुगुमा बालविवाह अत्यधिक छ,’ उनले भने, ‘कतिपय सम्बन्धविच्छेदका मुद्दा २० वर्ष पुग्दै गरेका युवायुवतीबाट आउने गरेका छन् । खत्याड गाउँपालिकाको कवा, कोटिल्ला, भागोटी, खमाले, लमेरा, चागपान्डेलगायत बस्तीमा सानैमा बिहे गर्ने आमा धेरै छन् । २० वर्षमुनिका आमाको संख्या एक गाउँमा ५० भन्दा बढी छ । कोटिल्ला, खमाले, चागपाँडे, कवा, भागोटीमा पनि एसईईपछि विवाह गर्ने किशोरीको संख्या अधिक छ । विकट गाउँमा २० वर्ष नपुगेरै बिहे गर्ने र बच्चा जन्माउने प्रचलन कुनै नौलो भने होइन,’ स्थानीय शिक्षक दिलबहादुर थापाले भने, ‘हामीले रोक्न धेरै अभियान चलायौं,सफल भइएन ।’ उमेर नपुग्दै बिहे गरेर बच्चा जन्माएको देख्दा दुस्ख लाग्ने गरेको खमाले गाउँकी महिला स्वास्थ्य स्वयंसेविका मसरी बुढाले बताइन् । ‘लामो समयदेखि स्वास्थ्य क्षेत्रमा काम गर्दै आएकीले समाजमा बाल बिहे रोक्न र कम उमेरमा आमा नबन्न सबैलाई सल्लाह दिंदै आएकी छु,’ उनले भनिन्, ‘नवविवाहित दम्पतीलाई अस्थायी परिवार नियोजनका साधन प्रयोग गर्न आग्रह गर्दै आए पनि बेवास्ता भइरहेको छ । उनले उमेर नपुगेका किशोरीलाई सुत्केरी गराउन कठिनाइ हुने गरेको बताइन् । तीन वर्षमा खमाले बर्थिङ सेन्टरमा ५४ जना २० वर्ष नपुगेका किशोरी सुत्केरी भएको अनमी विष्णुमाया घोडासैनीले बताइन् । कसैकसैलाई लामो व्यथा लागेर सुत्केरी गराउन दुईरतीन दिनसम्म लाग्ने गरेको छ,’ उनले भनिन्, २० वर्ष नपुग्दै आमा बन्दा बच्चा कम तौलको जन्मिने, आमा र बच्चामा कुपोषण हुने, रक्तअल्पता हुनेलगायत समस्या देखिने गरेका छन् ।उनका अनुसार कम उमेरमा आमा बन्दा आङ खस्ने जोखिम धेरै हुन्छ । उनले लामो समयसम्म सुत्केरी ब्यथा लाग्दा आमा र बच्चाको ज्यान खतरामा पर्नेगरेको जनाइन्।

२०७५ मंसिर १६ गते ११:०१ मा प्रकाशित