A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionkvpim7ssdtu417rj7jr08gsfe83atta6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

नगरमै किशोरी गर्भवती

स्वास्थ्यका दृष्टिले २० वर्षभन्दा कम उमेरमा गर्भवती हुनु शारीरिक रूपमा अपरिपक्व मानिन्छ । २०७५ भदौदेखि लागू भएको मुलुकी संहिताले २० वर्षभन्दा कम उमेरमा विवाह नै गर्न नपाउने व्यवस्था गरेको छ। हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र भने १८.६७ प्रतिशत गर्भवती २० वर्षभन्दा कम उमेरका भएको पाइएको छ । यो संख्या स्वास्थ्य संस्थामा गर्भ परीक्षणका लागि आउनेमध्येको हो । स्वास्थ्य संस्थासम्म पहुँच नै नभएका र पहुँच भएर पनि स्वास्थ्य संस्था नआउनेको संख्यालाई खोजी गर्ने हो भने यो अनुपात अझै बढ्ने जानकारहरू बताउँछन् । चालु आवको पहिलो तीन महिनामा गर्भ परीक्षण गराउने ३ सय ५७ गर्भवतीमध्ये ४९ जना २० वर्षभन्दा कम उमेरका रहेको पाइएको छ । यस्तै, गत आर्थिक वर्ष २०७४/७५ मा २ हजार ७ सय २८ गर्भवतीमध्ये ५ सय २७ गर्भवती २० वर्षभन्दा कम उमेरका छन् । गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको पछिल्लो ३ महिनाको तथ्यांकअनुसार कुल ३ हजार ८५ गर्भवतीमध्ये ५ सय ७६ गर्भवती (१८.६७ प्रतिशत) २० वर्षभन्दा कम उमेरका छन् । मुख्यतस् बालविवाहका कारण कम उमेरमै गर्भवती हुने गरेका छन् । कम उमेरमा गर्भवती हुँदा गर्भवती र गर्भमा रहेको शिशु दुवैलाई जोखिम रहन्छ । २ साताअघि मात्रै राक्सिराङ गाउँपालिकाकी गंगामाया चेपाङलाई प्रधानमन्त्री कार्यालयको निर्देशनमा सुरक्षित प्रसूति गराउने प्रयास भएको छ । गंगामाया गर्भवती भएको समाचार सार्वजनिक भएपछि दुर्गम क्षेत्रमा कम उमेरमै गर्भवती भयो भनेर धेरैले चिन्ता व्यक्त गरे । प्रदेश राजधानीसमेत रहेको हेटौंडा उपमहानगरमा २० वर्षभन्दा कम उमेरमा गर्भवती भएको ठूलो तथ्यांक चुनौतीको विषय बनेको छ । नगर क्षेत्रमा देखिएको समस्यालाई लिएर हेटौंडा उपमहानगरपालिकाले समाधानका योजना पनि बनाएको जनाएको छ । हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखाका प्रबन्धक भीमप्रसाद तिमल्सिनाका अनुसार प्रदेश सरकारले बालविवाहविरुद्ध अभियान सञ्चालन गर्ने, बालविवाह घटाउने संकल्प प्रस्ताव उपमहानगरपालिकाले प्रदेश सरकारलाई पेस गरेको छ । आमा समूह, बाल क्लब परिचालन गरेर बालविवाह रोक्ने प्रयास गरिने उनको भनाइ छ । अभिभावकको सहमतिमा हुने बालविवाह न्यून भए पनि भागी विवाह गर्नेको संख्या उल्लेख्य रहेको जानकारी दिँदै तिमल्सिनाले भने, ‘आधारभूत तह शिक्षा पूरा गरेर माध्यमिक तहको शिक्षा नजिकै लिन नपाउने स्थितिले बालबालिकाहरू पठनपाठनबाट वञ्चित हुनुपरेको र त्यस्ता बालबालिकामा बालविवाह गर्ने प्रवृत्ति देखिएको छ । हेटौंडा उपमहानगरपालिका सामाजिक विकास महाशाखाअन्तर्गत स्वास्थ्य इकाईका प्रमुख सुपेन्द्र कार्कीले हेटौंडा उपमहानगरपालिकाका १२ वटा स्वास्थ्य संस्थामा नियमित गर्भ परीक्षण गराउनेको तथ्यांकका आधारमा २० वर्षभन्दा कम उमेरमा गर्भवती हुनेहरू सामाजिक, आर्थिक रूपमा कमजोर अवस्थामा रहेको पाइएको बताए । बालबालिकामा मोबाइलको प्रयोग बढेसँगै बालविवाह र कम उमेरमै गर्भधारण गरेको हुने गरेको कार्कीको ठम्याइ छ । हेटौंडा उपमहानगरपालिकाभित्र बालविवाह र कम उमेरमा गर्भधारण गर्ने अवस्था छ भने जिल्लाको दुर्गम गाउँको अवस्था अझ जटिल छ । मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने राक्सिराङ र कैलाश गाउँपालिकामा १२ वर्षमा गर्भवती हुने गंगामायाहरूको संख्या बाक्लो छ । 

गर्भपतन पनि सहरमा बढी 
मकवानपुरमा सुरक्षित गर्भपतन गराउनेको संख्या सहरी क्षेत्रमा बढी छ । जिल्लामा चालु आवको पहिलो ३ महिनामा २ सय ४७ जनाले सुरक्षित गर्भपतन गराएकामध्ये सबैभन्दा बढी हेटौंडा अस्पतालबाट सेवा लिएका छन् । जिल्लाका विभिन्न स्थानमा रहेका सरकारी अनुमति प्राप्त स्वास्थ्य संस्थाहरूबाट सुरक्षित गर्भपतन सेवा लिएकामध्ये हेटौंडा अस्पतालबाट मात्रै उक्त तीन महिनामा ८३ जनाले सुरक्षित गर्भपतन सेवा लिएका हुन् । जिल्लामा सुरक्षित गर्भपतन सेवा दिने विभिन्न १५ वटा सरकारी संस्था छन् । जसमा नेपाल सरकारअन्तर्गत जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरको सहकार्यमा सुरक्षित गर्भपतन सेवा प्रदान गर्ने गरिन्छ । मकवानपुरमा सुरक्षित गर्भपतन दिने हेटौंडाको हेटौंडा अस्पताल, मनहरी प्राथमिक स्वास्थ्य केन्द्र, भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्र, छतिवन प्राथमिक स्वास्थ्य केन्द्र, पालुङ प्राथमिक स्वास्थ्य केन्द्र, बज्रबाराही स्वास्थ्य चौकी, आग्रा स्वास्थ्य चौकी, हाँडीखोला स्वास्थ्यचौकी, राईगाउँ स्वास्थ्य चौकी, सरीखेत स्वास्थ्य चौकी, संस्थागत क्लिनिक, सिस्नेरी स्वास्थ्य चौकी, हात्तीसुँढे सामुदायिक स्वास्थ्य केन्द्र, पदमपोखरी स्वास्थ्य चौकी र भैंसे स्वास्थ्य चौकी रहेका छन् । जसमध्ये हेटौंडा अस्पतालबाट साउन, भदौ र असोज महिनामा गरेर ९६ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । त्यस्तै पदमपोखरी र सिस्नेरी स्वास्थयचौकीबाट ६र६ जना, छतिवन प्राथमिक स्वास्थ्य केन्द्रबाट १० जना, मनहरी प्राथमिक स्वास्थ्य केन्द्रबाट २० जना, हाँडीखोला स्वास्थ्य चौकीबाट २३ जना, राईगाउँ स्वास्थ्य चौकीबाट १६ जना, भैंसे स्वास्थ्य चौकीबाट १२ जना, सरीखेत स्वास्थ्य चौकीबाट १९ जना, पालुङ प्राथमिक स्वास्थ्य केन्द्रबाट १८ जना, भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्रबाट ११ जना, बज्रबाराही स्वास्थ्य चौकीबाट १३ जना र हात्तीसुँढे सामुदायिक स्वास्थ्य केन्द्रबाट १० जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । जिल्लाका २ स्थानमा रहेका सुरक्षित गर्भपतन सेवा केन्द्रबाट भने कसैले सेवा लिएका छैनन् । सरकारी स्वास्थ्य संस्थाबाहेक पनि जिल्लामा सुनौलो भविष्य नेपाल, मेरी स्टोप्सलगायतका संस्थाले पनि यो सेवा प्रदान गर्ने गर्दछन् । जिल्लामा आव २०७५/७६ मा करिब १० हजार ५ सय हाराहारीमा गर्भवती अनुमान गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयको छ । तीमध्ये करिब २५ प्रतिशतको अनिच्छित गर्भ रहने गरेका कारण गर्भपतन गराउने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका निमित्त प्रमुख शशिकान्त झाले बताए । मकवानपुर जिल्लामा अघिल्लो आथिक वर्ष २०७४र७५ मा २ हजार ६२ जनाले सुरक्षित गर्भपतन गराएका थिए । सुरक्षित गर्भपतनका क्षेत्रमा काम गर्ने एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका अनुसार कुल २ हजार ६२ मध्ये ८ सय ८७ जनाले सुरक्षित गर्भपतन सेवा लागू भएका सरकारी स्वास्थ्य संस्थाबाट र बाँकी अन्यले अनुमति प्राप्त विभिन्न गैरसरकारी संस्थाबाट सुरक्षित गर्भपतन सेवा लिएको जानकारी दिइएको छ । निजी स्वास्थ्य संस्थामा असुरक्षित रूपमा गर्भपतन गराउनेको संख्या उल्लेख्य रहेको छ । आव २०७४र७५ मा जिल्लामा कुल ११ हजार ६ सय ४९ जना गर्भवती महिला रहेको जिल्ला जनस्वास्थ्य कार्यालयको अनुमान रहेको थियो । अनुमान संख्यामध्ये करिब २५ प्रतिशत महिलाले अनिच्छित अर्थात् इच्छाविपरीत गर्भ रहेको अनुमान थियो । नेपालमा कुल मातृ मृत्युदरमध्ये ७ प्रतिशत मृत्यु असुरक्षित गर्भपतनको कारणले हुने गरेको तथा प्रतिवर्ष करिब ३ लाख ३२ हजार महिलाले गर्भ पतन गराउने गरेको र सोमध्ये ५८ प्रतिशतले असुरक्षित गर्भपतन गर्ने गरेका छन् । नेपालमा प्रति घण्टा २१, प्रतिदिन ५ सय २१, प्रतिमहिना १५ हजार ५ सय १२ जनाले गर्भपतन गराउने गरेको अनुमान गरिन्छ । ती गर्भपतनमध्ये ५८ प्रतिशत असुरक्षित हुने गर्दछ । गर्भपतन सम्बन्धी जनचेतनाकै कमीले गर्दा धेरैले असुरक्षित गर्भपतन गर्ने गरेका छन्।जसले गर्दा ज्यान समेत जाने गरेको छ । मकवानपुरमा पनि जनचेतनाकै कमीका कारणले असुरक्षित गर्भपतनका घटनाहरू बढ्दै गएको छ।

२०७५ मंसिर १७ गते ७:४४ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: