A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionhppubifs9so887vdimt4umrp1f7qifog): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बाजुरामा तीन महिनामा एकै गाउँमा दश विवाह

बालविवाह नियन्त्रण गर्न कानुन बनेको छ, सजायको व्यवस्था पनि छ, नीतिगत कुरामा बालविवाह नियन्त्रणको काम राम्रै भएको छ। तर, व्यवहारमा त्यसको ठीक उल्टो भइरहेको छ।तरपनि समाजलाई त्यसको चिन्ता भने पटक्‍कै छैन। बाजुराका गाम्रीण क्षेत्रमा बालविवाह बढ्दै गएको छ।बालविवाह न्युनिकरणका लागि जिल्लामा सरकारी तथा गैर सरकारी संस्थाले वर्षेनी लाखौं रकम खर्च गरेपनि अझै बालविवाह नियन्त्रण हुन सकेको छैन। पछिल्लो समय ग्रामीण क्षेत्रमा बालविवाह गर्नेको संख्यामा वृद्धि भएको छ। बुढिगंगा नगरपालिका १० बदेडाको गाउँबाट गएको कार्तिक महिनादेखि माघसम्ममा ८ जना बालबालिकाले विवाह गरेको जिल्ला बाल अधिकार संञ्जालका सचिव पारस रावलले जानकारी दिए। बालविवाह गर्नेमा भगवती माध्यामिक विद्यालय ७ कक्षाकी छात्रा १५ वर्षीया सबिता रावलले अछाम साफेबगर नगरपालिकामा ०७५ कार्तिक ९ गते भागी विवाह गरीन् ।त्यस्तै १६ वर्षीया रोसनी नाथले बुढिगंगा नगरपालिका १० सिगाडामा ०७५ कार्तिक महिनामै भागी विवाह गरिन्। ७ कक्षामै पढ्दै गरेकी १६ वर्षीया शिद्ध सार्कीले ०७५ मंसिर २२ गते भागी विवाह गरिन्।त्यस्तै ५ कक्षामा पढ्दै गरेकी १४ वर्षीया निर्मला बिकले ०७५ पौष १५ गते विवाह गरिन। १७ वर्षीया सोसिला रावलले ०७५ पौष २८ गते विवाह गरिन्। ९ कक्षामा अध्यानरत १७ वर्षीया कोकिला रावलले ०७५ माघ २ गते भागी विवाह गरिन। ९ कक्षामा अध्यनरत १६ वर्षीय भोज रावलले छेडेदह गाउँपालिकाबाट ०७५ माघ २ गते  विवाह गरे। त्यस्तै ४ मा पढ्दै गरेकी १५ वर्षीया मीना बिकले ०७५ माघ महिनामा, ९ कक्षा अध्यानरत १६ वर्षीया विस्ना चँदारा खप्तड छेडेदह गाउँपालिका २ र कक्षा ९ मा अध्यानरत १५ वर्षीय अशोक विकले बूढीगंगा नगरपालिका ९ बाट विवाह गरे ।

बाल विवाह गर्नेमा सबै भगवती माध्यामिक विद्यालयमा अध्यनरत विद्यार्थी भएको विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर शाहीले बताए। पछिल्लो समयमा प्रविधिको दुरुपयोगले पनि बालविवाह हुने गरेको उनले जिकिर गरे। फेशबुक ट्वीटजस्ता सामाजिक संजालको दुरुपयोगले बालविवाह हुने गरेको बाल अधिकार कर्मीहरु बताउँछन्। सामाजिक संजालको सहिरुपमा सदुपयोग नगर्दा बालविवाह विकराल बन्दै गएको छ।ती बालबालिकाका अभिभावकले भने विवाहलाई खासै वास्ता दिने नदिएको जिल्ला बालअधिकार मञ्चका सचिव पारस रावलले बताए। बालबालिकाबीच एकले विवाह गरेपछि अरुले उसैको लहैलहैमा लागेर विवाह गर्ने गरेको रावलले बताए। अभिभावकाले समयमै बालबालिका आफ्नो निरागरानीमा राख्न नसक्दा बालविवाह विकराल बन्दै गएको जिल्ला बालअधिकार संञ्जालका सचिव पारस रावलले बताए। तीन महिनामा दशवटा बालविवाह भएको र रोक्नका लागि बुढिगंगा नगरपालिका १० नम्बरका वडा अध्यक्षलाई जानकारी गराउँदा वडाअध्यक्ष धर्मराज जोशीले अभिभावकले केही भन्दैनन् आफूले रोक्न खोज्दा जनता भडकिने बताए।उनले कुनै अभिभावकबाट अहिलेसम्म उजुरी नआएको बताए। जिल्लामा धेरै गैर सरकारी संस्था छन्। यता स्थानीय तहले समेत वार्षिक १० प्रतिशत बजेट बालबालिकाका लागि छुट्याइएको अवस्था हुन्छ। बालमैत्री विद्यालय, बाल क्लब गठन र बालविवाहको क्षेत्रमा खर्च गर्न बजेट विनियोजन भइसकेको बुढीगंगा नगरपाकिलाका नगरप्रमुख दिपक बिक्रम शाहले बताए। नेपालको कानुन अनुसार २० वर्ष मुनिका बालबालिकाले विवाह गर्न पाउने प्रावधान छैन। धार्मिक मूल्य र मान्यताअनुसार अभिभावकमा कम उमेरमा छोरीको विवाह गर्दा पुण्र्य हुन्छ भन्ने सामाजिक प्रचलनका कारण बालविवाह हुने गरेको छ। जबसम्म समाजमा यस्ता कूरीति र कुसंस्कार यथावत रहन्छ तबसम्म बालविवाह न्युनिरकण गर्न सबैभन्दा पहिला अभिभावकमा जनचेतना फैलाउनु आवश्यक रहेको नगरप्रमुख शाहले बताए।

२०७५ माघ २४ गते २:१६ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: