A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7bjvedp6mid683qsoh815ert8imb9om6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

सुधारगृहबाट भागेका दुई बालक पक्राउ

विराटनगर–३ स्थित बाल सुधारगृहको तीन तला माथिबाट फाल हानेर भागेका दुई जना बालक पक्राउ परेका छन् । सुधार गृहबाट भागेका उनीहरुलाई चार दिनपछि प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई झापा र मोरङका दुई फरक स्थानबाट एकैदिन पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ। ज्यान मार्ने उद्योग गरेको अभियोगमा झापा गौरदह नगरपालिका –११ का १६ वर्षीय बालक र जबर्जस्ती करणी मुद्दामा मोरङ सुन्दरहरैचा नगरपालिका– ७ गोठगाउँका १७ वर्षीय बालकलाई पुर्पक्षकालागि बाल सुधार गृहमा राखिएको थियो। झापा जिल्ला अदालतको २०७६ साउन १६ गतेको आदेशपछि ज्यान मार्ने उद्योगको अभियोग लागेका बालक सुधारगृहमा थिए भने जबर्जस्ती करणीको अभियोगमा अर्का बालक २०६७ असार ५ गते सुधारगृह पठाइएको थियो। दुवै जना सोमबार बिहान सुधारगृहको तीन तला माथिको झ्याल फुटाएर भागेका थिए। झापा गौरदहका बालकलाई शुक्रबार राति र मोरङका बालकलाई शनिबार बिहान पक्राउ गरिएको हो। दुवै जनासँग सोधपुछ भइरहेको मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए। विराटनगरमा रहेको बाल सुधारगृहमा प्रदेश १ का १४ जिल्लाका बालबिज्याई गर्ने १ सय ४८ बालबालिकाहरु राखिएको छ।

२०७६ मङ्सिर १४ गते ५:५२ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: