समाचारमा बालबालिका

दुई बालक कालीगण्डकी नदीमा बेपत्ता

रम्भा गाउँपालिका–१, हुँगीमा दुई बालक नदीमा पौडी खेल्ने क्रममा सोमबार दिउँसोदेखि बेपत्ता भएका छन्। कालीगण्डकी नदीमा पौडी खेल्न गएका तीन जना मध्ये दुई जना बालक नदीमा बेपत्ता भएका हुन्। बेपत्ता हुनेमा हुँगीका पाँच वर्षीया सरोज राना र सोही स्थानका चार वर्षीया अविरल पुन रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विनोद घिमिरेले जानकारी दिए। साथीहरु नदीमा पौडी खेल्ने क्रममा हराएको जानकारी दिइएपछि मात्र बेपत्ता भएको घटना बाहिर आएको हो। प्रहरीले मंगलबार बिहानदेखि नदी आसपासको क्षेत्रमा खोजी कार्य गरिरहेको जनाएको छ । 

२०७४ चैत्र २७ गते ८:४८ मा प्रकाशित