समाचारमा बालबालिका

छोरी बेचेको आरोपमा बुवा पक्राउ

आफ्नै छोरीलाई बेचेको आरोपमा बुवा पक्राउ परेका छन् । जिल्लाको दूर्गम क्षेत्र दुप्चेश्वर गाउँपालिका–६ समुद्रटारकी १५ वर्षीया बालिका बेचेको आरोपमा उनकै बुवासहित दुप्चेश्वर गाउँपालिका का २२ वर्षीय सुनिल तामाङ र ३१ वर्षीय लक्ष्मी नेपालीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । आफ्नी छोरीलाई भारतमा यौन व्यवसायीको रुपमा लगाउने उद्धेश्यले बेचेको आरोपमा बाबुसहित घटनामा संलग्न तीनजनालाई पक्राउ गरेर मुद्धा चलाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताउनुभयो । गएको पुस २२ गते घरबाट बालिकालाई काठमाण्डौ हुँदै भारतको दिल्ली पुर्याएको प्रहरीले जनाएको छ । दिल्लीबाट उद्धार गरी पीडित बालिकालाई नेपाल ल्याएपछि उनको उजुरीको आधारमा आरोपितहरुलाई पक्राउ गरिएको हो।

२०७५ माघ ९ गते १२:३७ मा प्रकाशित