A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiondsgt4k2htkf7kqv9tpadrtkl3q7896ec): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बलात्कार आरोपीले पीडितलाई धम्क्याए

आफ्नै घरमा काम गर्न राखिएकी बालिकामाथि जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका अभियुक्त पक्षले पीडित बालिका एवं उनका परिवारलाई मुद्दा फिर्ता लिन तथा बयान फेर्न दबाब दिएको छ । मिटर ब्याजमाऋण लगानी गर्ने साहुकारूपमा चिनिने श्यामकृष्ण साहलाई गत शनिबार पक्राउ गरी प्रहरीले जबर्जस्ती करणी मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाएको छ। श्याम परदेशी उपनामले चिनिने कविलासी नगरपालिका–२ पिपरिया निवासी ६० वर्षीय साह पक्षधरले पीडित बालिका एवं बालिकाकी आमालाई मुद्दा फिर्ता लिन तथा बयान फेर्न दबाब दिएको भन्दै महिला अधिकारकर्मीको एक समूहले बुधबार दिउँसो प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वालसमक्ष गुनासो गरे।महिलाहरूसँगै जिल्ला प्रशासन कार्यालयमा आएकी पीडित बालिकाले आफू र आमालाई अभियुक्त साहकी छोरी हिलासा साहले बुधबार बिहान मुद्दा फिर्ता लिन दबाब दिएको बताइन्। ‘मेरो बुबालाई जेल पठायौं भने तिमिहरूले १४ लाख रुपैयाँ ऋण लिएको तमसुक भएकाले सो ऋण नतिरे जेलमा कुहाइदिने धम्की दिनुभयो,’ पीडित बालिकाले भनिन्। मुद्दा फिर्ता प्रक्रियामा सहयोग नगरे १४ लाख रुपैयाँको सावाँब्याज तिर्नुपर्ने भन्दा पो आफू झसंग भएको उनले गुनासो गरिन्। ऋण लिएको सबा लाखमध्ये एक लाख रुपैयाँ तिरिसकेको समेत उनले बताइन्। ‘हामीले उहाँसँग १ लाख २५ हजार रुपैयाँ ऋण लिएका थियौं,’ पीडित बालिकाकी आमाले भनिन्, ‘तर, १४ लाखको तमसुकमा पो सही गराउनुभएको रहेछ।’ दिनरात घरमै उपस्थित भई धम्की दिने गरेकाले आफूहरू असुरक्षित महसुस गरेको पीडित बालिकाले बताइन्। पीडित बालिका र उनकी आमासँगै मलंगवा पुगेका महिला समूहले जिल्ला प्रहरी कार्यालय मुद्दा फाँटका प्रमुख कुन्दन देवलगायतलाई समेत धम्कीबारे जानकारी गराएका थिए।

प्रमुख जिल्ला अधिकारी कटवालले पीडित बालिका एवं उनकी आमालाई नडराई बस्न आग्रह गर्दै सुरक्षाको पूर्ण ग्यारेन्टी लिइने विश्वास दिलाए। ‘बालश्रम शोषण, यौन दुराचार, जबर्जस्ती करणीजस्ता अपराधमा आरोपितको पक्षमा प्रहरी प्रशासन कहिल्यै लाग्दैन,’प्रजिअले प्रतिबद्धता जनाए, ‘ढुक्क हुनुहोस्, तपाईंहरुको सुरक्षामा कुनै आँच आउन दिनेछैनौं।’पीडित बालिकाका बुवा वैदेशिक रोजगारीमा छन्। प्रहरीका अनुसार पीडित बालिका ७ वर्षदेखि साहको घरमा काम गर्न बसेकी थिइन्। अनपढ सर्वसाधारणलाई ऋण लगानी गर्दै मिटर ब्याज खाने साहुकारूपमा साहले केही महिनायता विभिन्न मिडियामार्फत मुलुकभर चर्चा कमाएका थिए। अभियुक्त साहले १ लाख ऋण दिएर १४ लाख रुपैयाँसम्मको तमसुकमा सहीछाप गराउने गरेको लालबन्दी नगरपालिका जब्दी निवासी रुक्मिणी चौधरीले बताइन्। ‘ऋण लिएको १० गुनाभन्दा बढी रकमको तमसुकमा सहीछाप गराउने गरेका रहेछन्,’ साहबाटै ऋण लिएर पीडित बनेकी चौधरीले गुनासो गरिन्, ‘तमसुक पनि ४–५ वटा बनाउने र ऋण तिरेपछि एउटा तमसुक च्यात्न लगाएपनि अर्को तमसुक देखाएर धम्काउने गर्दै आएका छन्।’साहले केही महिनाअघि एकसाथ दुई सयभन्दा बढी सर्वसाधारणविरुद्ध अदालतमा लेनदेनको मुद्दा दायर गरेका थिए। साहले छोरीसँग यौन सम्पर्क गर्न दिए ऋण मिनाहा गरिदिने प्रस्तावसमेत राख्ने गरेको कतिपय पीडितले सार्वजनिक रूपमै आरोप लगाउँदै आएका छन्।

२०७४ चैत्र २९ गते ७:४५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: