A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionkhsbjvrtgmv1308q9rknooe6crin1uje): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

विद्यार्थी कुट्ने शिक्षक प्रहरी फन्दामा

रुपन्देहीमा विद्यार्थीलाई कुटपिट गरेको आरोपमा एक शिक्षक प्रहरी फन्दामा परेका छन्। सम्मरीमाई –६, पोखरहवास्थित ज्ञानदीप बोर्डिङ्ग स्कुल कक्षा ५मा अध्ययनरत मोहम्मद तौफिक देवानलाई कुटपिट गरेको भन्दै सम्मरीमाई गाउँपालिका-६ रुदलापुर बस्ने शिक्षक शैलेन्द्र बरईलाई प्रहरीले नियन्त्रणमा लिएको हो। गृहकार्य नगरेको भन्दै शिक्षक बरईले १० वर्षीय बालक तौफिकलाई कुटेका थिए। कुटाईबाट देवानको बाँया आँखामा चोट लागी घाइते भएपछि शिक्षक बरई फरार भएका थिए। फरार शिक्षक बरईलाई आईतबार प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक पोषणराज ढकालले जानकारी दिए। शिक्षकलाई पक्राउ गरि भोली म्याद थपको लागी रुपन्देही जिल्ला अदालतमा पेश गरिने छ। कानून अनुसार कारबाहीको लागी जिल्ला अदालतमा पेश गर्ने गरि प्रक्रिया अगाडी बढाई सकेको ढकालले बताए।बालकका अभिभावकले प्रहरीमा उजुरी दिएपछि बरईलाई नियन्त्रणमा लिएको हो। भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज अस्पतालमा देवानको उपचारपछि घर फर्किएको बाजे मोहम्मद हुसेन धुनियाले बताए। शिक्षक शैलेन्द्र बरईले दिएको गृहकार्य पूरा र सफासँग नलेखेकोले देवानलाई बरईले कुटेका थिए। तौफिकका बुवा बैदेशिक रोजगारको शिलशिलामा साउदी रहेका छन्। उनी आमा र बाजेसँगै बस्दै आएका छन्।

२०७६ पुष २० गते ६:४३ मा प्रकाशित

 

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: