A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionggcvtspvnroi469uqtnt2uj7i6k6q02h): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

ट्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु, २० घाइते

राष्ट्रपति रनिङ शिल्डमा सहभागी विद्यार्थी चढेको ट्याक्टर शनिबार राति दुर्घटना हुँदा आठ कक्षामा अध्ययनरत दलबहादुर बिकको मृत्यु भएको छ । १६ विद्यार्थीसहित २० जना घाइते भएका छन् । त्रिवेणी गाउँपालिका(४ दलुगैराखोलामा राति ९ बजे विद्यार्थी सवार लु ३ त ९०९५ नम्बरको ट्याक्टर पल्टेर सडकबाट करिब २५ मिटर तल खसेको थियो । मृत्यु भएका बिक त्रिवेणी गाउँपालिका(५ स्थित विद्या विकास माविका छात्र हुन् । गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलेर फर्किरहेका सो विद्यालय र वडा ४ स्थित अन्धनाशक माविका विद्यार्थी चढेका थिए ।दुर्घटनामा बाजा बजाउन गएका ४ जना स्थानीय पनि घाइते भएका छन् । घाइतेमध्ये ३ विद्यार्थी र एक जना बाजा बजाउनेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई नेपालगञ्ज रिफर गरिएको छ । बाँकी १६ जनाको जिल्ला अस्पताल सल्ले र त्रिवेणी–२ का स्थानीय अस्पतालमा उपचार भइरहेको निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक कविराज रोकायले जानकारी दिए ।ट्याक्टर चालक गणेश परियार फरार भएको प्रहरीले जनाएको छ । गाउँपालिकाले ७ नम्बर वडाको साधारण मावि मुरुडाँडामा यो वर्षको राष्ट्रपति रनिङ शिल्ड आयोजना गरेको थियो ।

२०७६ पुष २० गते १०:४४ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: