समाचारमा बालबालिका

भक्तपुरमा १२ वर्षीय किशोरले गरे आत्महत्या

भक्तपुरमा १२ वर्षका एक किशोरले आत्महत्या गरेका छन् । सूर्यबिनायक नगरपालिका वडा नम्बर ७ गुण्डुका राजु खतिवडाको १२ वर्षका छोरा सन्देश खतिवडाले बुधबार साँझ आत्महत्या गरेका प्रहरीले जानकारी दिएको छ । सन्देशले आफ्नै घरको दोश्रो तल्लामा काठको दलिनमा स्कुलको टाईको घाँटीमा पासो लगाई झुण्डिरहेको अबस्थामा बुबाले देखी पासो फुकाई मध्यपुर अस्पताल लगेको प्रहरीको भनाइ छ। उनलालई अस्पतालमै चिकित्सकले मृत घोषित गरेका थिए । शवको पोष्टहमार्टम पछि आफन्तलाई बुझाई पठाईएको र घटनाबारे थप अनुसन्धान भइरहेको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रनाउ रेवतीरमण पोखरेलले जानकारी दिएका छन्।

२०७६ साउन १६ गते प्रकाशित