A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionnkb8duc4mbqnhoq2rhd9cnefvoongka9): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

‘देउता’ बन्दा छुट्छ पढाइ

भक्तपुरमा ऐतिहासिक नवदुर्गा गणको नाचमा पौराणिक देवताको भेषमा सजिएर नाच्नुपर्दा बालकहरूको पढाइ छुट्ने गरेको छ। मल्लकालदेखि चल्दै आएको यो नाचमा बालकहरूलाई पौराणिक देवताको भेषमा सजाएर नचाइन्छ । हरेक वर्ष तीन बालकहरू यो नाचमा सहभागी हुँदै आएका छन् । वर्षमा झन्डै आठ महिनासम्म निरन्तर नाचमा सहभागी हुनुपर्दा पढाइमा समस्या हुने गरेको नाचमा सहभागी बालकहरू बताउँछन् । यसपालि पनि तीन बालक पढाइ छाडेर दैनिक नाचमा संलग्न छन् । सरस्वती विद्यामन्दिर कमलविनायक भक्तपुरमा अध्ययनरत सागर वनमाला, माउन्ट भ्याली इंग्लिस स्कुल कमलविनायक भक्तपुरमा अध्ययनरत दिपेश वनमाला र वागीश्वरी उच्च माध्यमिक विद्यालय च्याम्हासिंह भक्तपुरमा अध्ययनरत सुजन वनमाला नाचमा सहभागी भइरहेका छन्।  कक्षा ७ मा अध्ययनरत दिपेशले नाच सुरु भएदेखि स्कुल जान नपाएको सुनाए । नाच माघ २ गतेदेखि भक्तपुरको सूर्यमढीबाट सुरु भएको थियो । दैनिक बिहानदेखि रातिसम्म नाचमा सहभागी हुनुपर्दा विद्यालय जान नपाएको उनले बताए ।  

यो नाच उपत्यकासहित उपत्यका बाहिरका विभिन्न स्थानमा पनि देखाउनुपर्छ । काठमाडौंको साँखु, टोखा, भक्तपुरको २१ टोलसहित उपत्यका बाहिरका साँगा, नाला, धुलिखेल, श्रीखण्डपुर, खर्पुलगायत स्थानमा नाच देखाउने चलन छ । नाचका क्रममा उनीहरू नांगो खुट्टाले हिँडेर जान्छन्। कक्षा ७ मै अध्ययनरत सुजनले प्रत्येक वर्ष निरन्तर नाचमा सहभागी हुनुपर्दा समस्या हुने बताउँछन् । प्रत्येक वर्ष माघ २ गतेबाट सुरु भई साउनको भलभल अष्टमीसम्म गरी झन्डै आठ महिना उपत्यका र उपत्यकाबाहिर विभिन्न सहरमा सञ्चालन हुने यो नाचका लागि तीन बालकलाई पौराणिक देवता बनाइन्छ । उनीहरूलाई सिंम्ह, दुम्ह र बालकुमारी भनिन्छ । वनमाला थर भएका व्यक्तिको परिवारबाट पालैपालो पौराणिक देवता बन्नुपर्दा कहिले कुन परिवारको त कहिले कुन परिवारका बालबालिका एक वर्षसम्म पढाइ छाडेर नाचमा सहभागी हुनुपर्छ । पढाइमा समस्या हुने गरेकाले अरु घरबाट देवता बन्न नमानेकाले गत वर्ष पनि यी बालबालिका नै नाचमा सहभागी भएका थिए। नाचमा मुकुन्डो लगाएका तीन बालकसहित १९ जना देवगण रहन्छन् । नवदुर्गा नाच प्रदर्शन गर्ने देवगणका सदस्य नारायणमान वनमालाका अनुसार प्रत्येक वर्ष वनमाला थर भएका परिवारबीच पालैपालो देवता बन्नुपर्छ । उनका अनुसार भक्तपुरको इनाचो, क्वाठडा, नागपोखरी र चोर्चा टोलमा बस्ने वनमाला थरका परिवारबीच पालैपालो बालकलाई देवता बनाउने चलन छ । ‘बालककालमा देवता बन्नुपर्दा म पनि अशिक्षित भएँ,’ उनले भने, ‘म मात्रै होइन, हाम्रो वनमाला समुदायका धेरै युवा यही कारण पनि अशिक्षित बने।’ प्रत्येक वर्ष चल्दै आएको यो ऐतिहासिक नाच भक्तपुरका राजा भुवन मल्लले १६औँ शताब्दीमा चलाएको इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठले बताए ।  

२०७४ माघ ८ गते १२ :२० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: