A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessione4d3jaugrsm6a2lrdjnmukd487mmoouk): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

निजी छोडेर सामुदायिक विद्यालयमा भर्ना हुँदै विद्यार्थी

डोटी जिल्लाका निजी विद्यालयमा पढ्ने विद्यार्थीहरु हिजोआज सामुदायिक विद्यालयमा भर्ना हुन थालेका छन् । जिल्लामा रहेका सामुदायिक विद्यालयहरुले निजी विद्यालयभन्दा राम्रो पढाइ गराउन थालेपछि उनीहरु निजी छोडेर सामुदायिक विद्यालयतर्फ आकर्षित हुन थालेको सामुदायिक विद्यालयका शिक्षकहरुको दावी छ। विगतको भन्दा केही फरक तथा राम्रो पढाइ सामुदायिक विद्यालय हुन थालेको र शिक्षाको गुणस्तर पनि राम्रो भएका कारण विद्यार्थीहरुको आकर्षण बढ्न थालेको भूमिराज मावि सलेनाका पूर्व प्रधानाध्यापक जगतबहादुर बलायारले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यहाँका सामुदायिक विद्यालयहरुले पछिल्लो समय आफनो पढाइ तथा शिक्षाको गुणस्तर सुधारेका कारण निजी छोडेर विद्यार्थीहरु सामुदायिक विद्यालयमा भर्ना हुन थालेका हुन् । शिखर नगरपालिका–१, केदारेश्वर मावि कपल्लेकी, आदर्श गाउँपालिकामा रहेको तलारामा रहेको तलारा मावि, सदरमुकाम सिलगढीमा रहेको पद्म पब्लिक मुक्तिनारायण मावि, दिपायलमा रहेको दिल्पेशवर मावि, जोरायल गाउँपालिका–१ मा रहेको घण्टेश्वर मावि लगायतका सामुदायिक विद्यालयहरुमा पछिल्लो समय विद्यार्थीहरुको चाप बढ्न थालेको त्यस क्षेत्रका अभिभावकहरु बताउँछन् । अन्य निजी विद्यालयभन्दा पनि बढी यहाँका सामुदायिक विद्यालयमा पढाइ हुन थालेको भन्दै विद्यार्थीका अभिभावक तथा बिद्यार्थीहरुको रोजाइमा निजीभन्दा सामुदायिक विद्यालय पर्न थालेको जोरायल गाउँपालिका–६ का स्थानीय चित्रराज भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पछिल्लो समय डोटीका निजी विद्यालयभन्दा सामुदायिक विद्यालयको पढाइ स्तर बढेकाले निजी स्कुलमा पढ्ने विद्यार्थीसमेत सामुदायिक विद्यालयमा पढ्न आउन थालेका छन् । अन्य जिल्लामा सामुदायिक विद्यालयमा पढाइको स्तर कम भएको भन्ने जनगुनासो बढिरहँदा यहाँका केही सामुदायिक विद्यालयमा भने निजी विद्यालयमाभन्दा शिक्षाको गुणस्तर राम्रो भएको अभिभावकहरुको दाबी छ । यहाँका केही सामुदायिक विद्यालयमा प्रशस्त कक्षाकोठा, विद्यालय हाताभित्रै खाजाघर, शौचालय, पानीको व्यवस्था, खेलमैदान, विद्यालय प्रवेश गर्नेबित्तिकै अनुशासित वातावरणमा पढाइ र अतिरिक्त क्रियाकलापका कारण विद्यार्थीहरु सामुदायिक बिद्यालय तर्फ आर्कषित हुन थालेको शिखर नगरपालिका वडान। १ कपल्लेकीका वडाअध्यक्ष खडक शाहीले बताउनुभयो । स्थानीय अभिभावकहरुका अनुसार यहाँका सामुदायिक विद्यालयमा अहिले झण्डै दुई हजारको हाराहारीमा  विद्यार्थी अध्ययनरत छन् । डोटीसँगै जोडिएका अछाम, डडेल्धुरा, तथा बैतडी जिल्लाका विद्यार्थीसमेत यहाँका सामुदायिक विद्यालयमा पढ्न आउन थालेको आदर्श गाउँपालिका रहेको तलारा माविका प्रधानाध्यापक टेकबहादुर सिंहले बताउनुभयो । यहाँका सामुदायिक विद्यालयहरुले पछिल्लो समय आफनो पढाइको गुणस्तरमा सुधार ल्याएसँगै विद्यार्थी संख्या पनि बढाउन थालेका छन्।

२०७५ चैत ११ गते १:३३ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: