A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionauk2c6cdauov1qa3hlmvqi3idg8jkslv): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

भोकभोकै विद्यार्थी

मलिन अनुहारमा कक्षा कोठामा देखिएकी सात वर्षीया विनिसा राई भोकै विद्यालय जान्छिन् । त्यो पनि नगरपालिकाभित्रै रहेको विद्यालयमा उनी अध्ययनरत छिन् । धनकुटा नगरपालिका ८ सान्ताङस्थित देउराली आधारभूत विद्यालयमा तीन कक्षामा अध्ययनरत उनी अघिल्लो दिन बेलुकी जाउलो खाएको भरमा भोकै विद्यालय पुगेकी हुन् । बिहानै बाबुआमा मजदुरीमा जाने गर्दा भोकै विद्यालय धाउनु परेको विनिसाले बताइन् । ‘म धेरैजसो सधैं बिहान भोकै स्कुल आउने गर्छु’, उनले भनिन्, घरबाट हिँडेदेखि नै भोक लागिरहेको हुन्छ । बाबु विवलाल र आमा निरकुमारीले उनको पढाइ लेखाइबारे जानकारी लिने कुरा टाढाको हो, खानेकुराको समेत ख्याल गर्न नसक्ने उनले सुनाइन्। पढेर ‘ठूलो मान्छे’ हुने चाहना रहेको बताउने उनी भोकभोकै विद्यालय पुग्दा कहिलेकाहीं असहय हुनेगरी पेट दुख्ने गरेको बताउँछिन् । शिशु कक्षामा अध्ययन गर्ने विनिसाकी ३ वर्षीया बहिनी जेनिसा समेत भोकै विद्यालय पुग्छिन् । त्यहाँ अध्ययन गर्ने एक चौथाइभन्दा बढी बालबालिका बिहान खाना नखाई भोकै विद्यालय जाने गरेको टिथलाग्दो अवस्था छ । शतप्रतिशत आठपहरिया जातिका बालबालिका उक्त विद्यालयमा अध्ययनरत रहेको प्रधानाध्यापक यमबहादुर बस्नेतले जानकारी दिए । अधिकांश भोकै विद्यालय आउने गरेको उनले बताए । १३ वर्षदेखि उक्त विद्यालयमा अध्ययनरत बस्नेतले आफूले थाहा पाएदेखि नै अधिकांश बालबालिका भोकभोकै विद्यालय जाने गरेको सुनाए । तीन कक्षामा अध्ययनरत ८ वर्षीया रेश्मा राई पनि बिहान भोकै कक्षा कोठामा भेटिइन् । विद्यालयबाट आधा घण्टा दूरीमा रहेको डाँडाटोल घर भएकी उनी पनि बेलुकी मात्र खाएको खानाका भरमा थिइन् । स्कुल पुग्न ढिलो भएकाले भोकै आएको हो, उनले भनिन्, ‘कक्षामा नै भोक लागेर पेट दुख्ने गरे पनि टिफिनमा स्कुलले खाजा दिएपछि भोक मेटिन्छ । २ कक्षाकी कोशिका राईले बिहान बासी भातको भरमा आधा घण्टाको दूरीमा रहेको विद्यालय धाउने गरेको बताइन् । शिक्षिका लक्ष्मीदेवी विश्वकर्माका अनुसार आधाजसो बालबालिका भोकै विद्यालय जाने गरेका छन् । कतिपय बालबालिकाले नुनपानी पिएकै भरमा विद्यालय आउने उनले सुनाइन् । कक्षा कोठामा पेट दुख्ने समस्याका धेरै छात्रछात्रा हुने गरेको अर्की शिक्षिका टिका कार्कीले बताइन् । अधिकांश बालबालिका भोकभोकै आउन थालेपछि विद्यालयले टिफिनको व्यवस्था गरेको प्रधानाध्यापक बस्नेतले बताए । ८ कक्षासम्म अध्ययनरत हुने उक्त विद्यालयमा १ सय ३६ विद्यार्थी अध्ययनरत छन् । खाजाको प्रबन्ध गर्न बजेट नभएपछि वडा कार्यालयमार्फत वार्षिक १ लाख रकम उपलब्ध हुने उनले जानकारी दिए । चाउचाउ, बिस्कुट जस्ता खानेकुरा खुवाउने गरिएको छ । पकाएर खुवाउने खाजा व्यवस्था गर्न नसकिएकाले यस्ता खानेकुरा उपलब्ध गराइएको बस्नेतले बताए । भोकभोकै विद्यालय आउने अधिकांश बालबालिका सीमित रूपमा उपलब्ध टिफिनका भरमा भोक मेटाउन बाध्य छन् ।

२०७५ माघ ७ गते ९:१५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: