A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session3qv24ng5dge6g3q1rk4c2odrqr9sud7i): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

जाउलो खाने आशाले नियमित स्कुल :दिउँसोको खाजा पाएपछि विद्यार्थी बढे

विद्यालय जान नमान्ने बालबालिकाहरु जाउलो खाने आशले नियमित विद्यालय जान थालेका छन् । खप्तड छान्ना गाउँपालिकामा रहेको गोर्खाली आधारभुत विद्यालयमा २ वर्ष पहिले विद्यार्थीको उपस्थिति न्यून रहे पनि दिवा खाजा कार्यक्रम लागू भएपछि झण्डै २२ जनाभन्दा बढी बालबालिकाहरु भर्ना भएको विद्यालयका प्रध्यानाध्यापक गोरख बहादुर खड्काले बताउनु भयो । २ वर्ष पहिले विद्यालयमा १९५ जना विद्यार्थी रहेको यस विद्यालयमा दिवा खाजा कार्यक्रम लागू भएपछि अहिले २११ जना बालबालिकाहरु रहेका छन् । विद्यालय जान नमान्ने ससाना बालबालिकाहरु अहिले नियमित रुपमा विद्यालयमा हाँजिर हुने गरेको समेत उहाँले बताउनुभयो । बिहान स्कुल जाने समयमा गाउँमा रुवाबासी चल्ने र ससाना बालबालिकाहरु स्कुल जान नमान्ने बताउँदै खप्तड छान्ना गाउँपालिका वडा नम्बर–७, गोर्खालीका फिट्टु खड्काले भन्नु भयो,‘घरमा एक छाक खान पनि धौ धौ हुने म जस्ता गरिबका छोरा छोरीहरुका लागि यस कार्यक्रमले  ठूलो राहत पुर्याएको छ ।
 
यस्तै चिर विथ्थड गाउँपालिकामा रहेको शिव आधारभूत विद्यालयमा समेत यस दिवा खाजा कार्यक्रमले विद्यार्थीहरुको आकर्षण बढेको विद्यालयका प्राध्यानाध्यापक जय बहादुर महर बताउनुहुन्छ। मध्यान्तरको समयमा अधिकांश बालबालिकाहरु विद्यालय बस्न नमान्ने, खाजा खान घर जाने र घरबाट नआउनेजस्ता समस्याबाटसमेत छुटकारा पाएको उहाँको भनाई छ । मध्यान्तरपछि विद्यालय नै बन्द गर्नु पर्ने बाध्यता यो कार्यक्रमले हटाएको छ । यो विद्यालयमा अहिले छुट्टी सबै बालबालिकाहरु हुन्जेलसम्म बस्ने गरेका छन् । बालबालिका ७/८ बर्ष उमेरका भएपछि मात्रै विद्यालय पठाउने यहाँका अभिभावकहरुले यो कार्यक्रम लागु भए पछि २/३ वर्ष उमेरकालाई पनि विद्यालय पठाउन थालेका लक्ष्मी आधारभूत विद्यालयका प्रध्यानाध्यापक पदम प्रसाद उपाध्यायले बताए । मध्यान्तरको समयमा खुवाइने जाउलोले यहाँका गरिब तथा असहाय बालबालिकाहरु लाभान्वित रहेको उहाँको भनाई छ । यो कार्यक्रम लागू हुनुअघि बालबालिकाहरु स्कुल जान नमान्ने र अभिभावकहरुले जबरजस्ती विद्यालय पुर्याए पनि अभिभावककै पछि लागेर घर जाने प्रवृतिको अन्त्य जाउलोले गरेको उहाँको भनाई  छ ।विद्यालयमा खुवाउने जाउलोले आफ्ना बालबालिकाहरु बिहान ८ बजे नै स्कुल जाने तयारी गर्ने गरेको विद्यालय ब्यावस्थापन समितिका अध्यक्ष रामगिरि सार्कीले बताउनुभयो । ‘गाउँका स–साना बालबालिकाहरुलाई स्कुल लगाउन पहिलाको जस्तो मेहनत र बालबालिकालाई कुट्नु पर्दैन,सार्किले भन्नुभयो, अहिले हाम्रो गाँउका सबै बालबालिकाहरु आफै स्कुल जान्छन् । विद्यालयको छुट्टी भएपछि मात्रै स्कुलबाट घर फर्कन्छन् । गाँउका रविन सार्की पहिले स्कुल जान मान्दैन थिए तर जब स्कुलमा जाउलो खुवाउने बारे रविनलाई थाहा भयो त्यसपछि उनी नियमित स्कुल जान थाले । यस्तै स्कुलमा तिमी किन आएको बाबु भन्ने प्रश्नमा लक्ष्मी आधारभुत विद्यालयमा कक्षा १ मा पढ्ने विद्यार्थी सुरी सार्कीले जाउलो खान भन्ने उत्तर दिए । जिल्ला शिक्षा विकास इकाई समितिकाका संयोजक सुरेन्द्र कठायत यो कार्यक्रमले विद्यालयका विद्यार्थिको संख्याका बृद्धी गरेको पाईएको बताएका छन् । विश्व खाद्यय कार्यक्रमको सहयोग र आईडीएस नेपालको प्राविधिक सहयोगमा संचालित दिवा खाजा कार्यक्रम बझाङ जिल्लाका १२ वटै स्थानीय तहका २९५ वटा आधारभूत विद्यालयमा लागू रहेको आईडीएस नेपालका जिल्ला संयोजक रमानन्द जोशीले बताउनु भयो । दिवा खाजा कार्यक्रमबाट जिल्लाभरि ३१ हजार २४० बालबालिका लाभान्वित रहेको उहाँको भनाई छ।

२०७५ पुस १७ गते ८:०९ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: