समाचारमा बालबालिका

मन्त्री गुरुङको निर्देशनमा लकडाउनका बीच ६७ बालबालिकाको उद्धार

काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट दुई दर्जन बढि बालबालिकाको उद्धार गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको राष्ट्रिय बालअधिकार परिषदको नेतृत्वमा ज्येष्ठ २६ गते अपरान्ह काठमाडौंको ठमेल, पुरानो बसपार्क र चावहिल चुच्चेपाटीमा बेवारिसे अवस्था भेटिएका २५ जना बालबालिकालाई उद्धार गरी पुनर्स्थापना केन्द्रमा व्यवस्थापन गरिएको हो ।

लकडाउनका बेला सामाजिक सञ्जालहरुमा काठमाडौंका विभिन्न स्थानमा सडक बालबालिका वेवारिसे अवस्थामा भेटिएको उल्लेख भएलगत्तै उनीहरुको तत्काल उद्धार गरी व्यवस्थापन गर्न महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री पार्वत गुरुङले परिषदलाई निर्देशन दिएका थिए ।

मन्त्री गुरुङको निर्देशन आएलगत्तै बालबालिका खोजतलास समन्वय केन्द्रसँगको समन्वयमा ठमेल क्षेत्रबाट १७ जना, पूरानो बसपार्कबाट ३ जना, चावहिल चुच्चेपाटीबाट ५ जनाको उद्धार परी पुनस्र्थापना केन्द्रहरुमा संरक्षणको उचित व्यवस्था मिलाइएको परिषदका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भुसालले जानकारी दिए ।