A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionqq8mdhj86g50prid7poalkkuomco9sa5): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

फोहोरमैला बोक्ने ट्रिपरको ठक्करले एक बालकको मृत्यु

फोहोरमैला बोकेको ट्रिपर गाडीको ठक्करले सिसडोलमा एक बालकको ज्यान गरेको छ। ललितपुरको नेपाल विकास अभियानको फोहोरमैला बोक्ने बा४ख ९६४७ नम्बरको ट्रिपरको ठक्करले ककनी गाउँपालिका वडा नं २ का १३ वर्षीया सञ्जोक नेपालीलाई मंगलबार बिहान ठक्कर दिएर गम्भीर घाइते भएका थिए। गम्भीर घाइते नेपालीको धपासीस्थित ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको महानगरीय प्रहरी प्रभाग तिनपिप्लेले जनाएको छ। तीनपिप्लेका सई राजु थापाले फोहोरमैला बोक्ने गाडीको ठक्करले बालकको मृत्यु भएको बताए। गाडीको ठक्करले बालक गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै उपचारको लागि ग्रान्डी अस्पताल पुर्‍याएका थियौं,उनले भने, बालकको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीले ठक्कर दिने ट्रिपर र सवारीचालक हरिकृष्ण बलामीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको जनायो। काठमाडौं महानगरपालिका वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले मृतकका आफन्तसँग वार्ता गर्ने तयारी गरिरहेको बताए। ‘नेपाल विकास अभियानका प्रतिनिधिलाई छलफलको लागि वार्तामा बोलाइसक्यौं,’ उनले भने, ‘अहिले बोकेर सिसडोल जाने गाडी रोकिएका छन्। त्यसैले तत्कालै वार्ता गरेर फोहोरमैलाको गाडी सहज ढंगले सञ्चालनमा ल्याउनेछौं।’ वातावरण विभागका अनुसार काठमाडौं उपत्यकाबाट दैनिक ८ सय मेट्रिक टन फोहोरमैला सिसडोलमा व्यवस्थापन गरिँदै आइरहेको छ। केही दिनअघि आएको वर्षाको कारणले उपत्यकामा फोहोरमैला थुप्रिएका छन्।

२०७५ चैत २० गते ९:४२ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: