समाचारमा बालबालिका

ट्याक्टरको ठक्करबाट ४ वर्षिय बालकको मृत्यु

म्याग्दीको अन्नपूर्ण गाँउपालिका ९ राम्चेमा ट्याक्टरको ठक्करबाट ४ वर्षिय बालकको मृत्यु भएको छ। आइतबार साँझ ग १ त २९३८ नम्बरको ट्याक्टरले ठक्कर दिँदा स्थानीय शिव प्रसाद खोर्जाका छोरा सेमियलको मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने ट्याक्टरसहित चालकलाई ईलाका प्रहरी कार्यालय घोडेपानीले नियन्त्रणमा लिएको जनाएको छ ।

२०७४ फागुन १४ गते १०:३६ मा प्रकाशित