A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionrbtpohj9it4kks1cp035oktc9fre5482): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

किशोरकिशोरी खुलेर गर्छन यौनका कुरा

जिल्लाको सकारका किशोर–किशोरी निर्धक्क यौनका विषयमा छलफल गर्न लजाउँदैनन्। पाटन नगरपालिका १ को सकार स्वास्थ्य चौकीमा किशोर–किशोरी मैत्री छुट्टै कक्षको स्थापना गरी परामर्श दिन थालेपछि विद्यालय उमेरका किशोर–किशोरी खुलेर यौन एवम् किशोरावस्थामा शरीरमा हुने परिवर्तनका विषयमा कुरा गर्न थालेका हुन्। केही वर्ष अघिसम्म विद्यालयमा स्वास्थ्य शिक्षा अन्तर्गत प्रजनन् स्वास्थ्यको पाठ सुरु हुँदा कक्षामा एक जना छात्रा पनि बस्न लजाउँथे। शिक्षकले समेत त्यो पाठ नै पढाउन धक मान्थे। तर, अहिले विद्यार्थीहरु निर्धक्कसँग प्रजनन् स्वास्थ्यका बारेमा जानकारी राख्छन्। स्वास्थ्यकर्मी आफैं गएर विद्यालयमा प्रजनन् स्वास्थ्य पढाउन थालेपछि लाजले टाउको निहुराएर बस्ने विद्यार्थी समेत खुलेर प्रजनन् स्वास्थ्यका कुरा गर्न थालेको हुन्। स्वास्थ्य चौकीमा समेत किशोर–किशोरीलाई परामर्श दिन अलग्गै कोठाको व्यवस्था गरिएको छ। उनीहरु आफै आएर स्वास्थ्य समस्या र किशोरावस्थामा आउने परिवर्तनका बारेमा जानकारी लिन थालेका छन्। उनीहरुका लागि स्वास्थ्यचौकीले किशोर–किशोरी कक्षा चलाउने गरेको छ। समाजमा कम उमेरमा विवाह गर्ने, कम जन्मान्तर, असुरक्षित यौन सम्पर्क राख्ने, लागुपदार्थ दुर्व्यसनलगायत समस्या कायम छन्। ति समस्या कम गर्न स्वास्थ्य चौकीले किशोर–किशोरीलाई परामर्श दिन थालेको स्वास्थ्य चौकीका अहेब नरेन्द्र भट्टराईले बताए। स्वास्थ्य चौकीले भर्खरै मात्रै किशोर–किशोरी स्वास्थ्य चौकीको प्रमाणपत्र पाएको छ। विगत चार वर्षदेखि किशोरी–किशोरी मैत्री सेवा दिन थालेको स्वास्थ्यचौकीले सबै मापदण्ड पूरा गरेपछि किशोर–किशोरीमैत्री स्वास्थ्यचौकीको आधिकारिता पाएको हो। किशोर–किशोरीमैत्री प्रमाणीकरणका ४५ आधार र ९ वटा मापदण्ड पूरा भएपछि स्वास्थ्यचौकीलाई किशोर–किशोर मैत्रीमा सूचीकृत गरिएको जिल्ला स्वास्थ्य कार्यालयकी प्रमुख निशा जोशीले बताइन्। स्वास्थ्य चौकीमा सेवा लिन आउने किशोर–किशोरीका लागि अलगै कोठाको व्यवस्था गरेर सेवा दिने गरिएको छ। उनीहरुको समस्यालाई मध्यनजर गरेर स्वास्थ्यकर्मीले चाहेको स्वास्थ्य सेवा उपलब्ध गराउने गरेका छन्।

सुरुमा किशोर–किशोरी  आफ्ना समस्या राख्न लजाउथें। ‘स्वास्थ्य समस्या लिएर आउँदा भन्न सक्ने अवस्था थिएन,’ सेवा लिन स्वास्थ्यचौकी आएकी किशोरी सपना बोहराले भनिन्, ‘गाउँका अरु पनि हुन्थ्ये, लाजकै कारण आफ्ना समस्या स्वास्थ्यकर्मीलाई राख्न पाएका थिएनौं, अलगै कोठा र किशोर–किशोरी मैत्री भएपछि खुलेर समस्या राख्न सक्ने भएका छौं।’ यसले किशोर–किशोरीको स्वास्थ्यमा सकारात्मक प्रभाव परेको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए। उनले भने, ‘पहिले पहिलोपटक महिनावारी हुँदा किशोरीमा त्रास अनुभव हुन्थ्यो, अहिले त्यो उमेरका किशोरीमा शिक्षाको प्रभावले त्रासको समस्या हटेको छ।’ छात्राहरु महिनावारीको समयमा विद्यालय जान थालेका छन्। किशोर–किशोरी मैत्री स्वास्थ्यचौकी भएपछि आफूलाई लागेको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी थाहा पाउन तथा स्वास्थ्य उपचारका लागि स्वास्थ्य संस्थामा आउने सक्रियता बढेको स्थानीय किशोरी जानकी भट्टराईले बताइन्। प्रजनन् शिक्षाका बारेमा गाँउमा छलफल गर्न सहज भएको स्थानीय किशोर हरिश लुहारले बताए। ‘सानो उमेरमा गरिने विवाहले आमा, बच्चा र परिवारकै भविश्य बिग्रन्छ’, उनले भने, ‘शरीरका सबै अंग पूर्णरुपमा विकसित भएपछि विवाह गर्न सन्तान जन्माउन र परिवार नियोजनका साधन प्रयोग गर्न सल्लाह  स्वास्थ्यचौकीबाट पाएका छौं।’ स्वास्थ्य संस्थामा बिरामीले मात्र जान्छन भन्ने सोचलाई सकारका किशोर–किशोरीले बदलेका छन्। किशोरावस्थाका लक्षण उनीहरुको समाधान र सल्लाहका लागि स्वास्थ्यचौकी जाने गरेको उनीहरु बताउँछन्। किशोर वयश्कमा हुने शारीरिक परिवर्तन र यौनका कुरा लुकाएर होइन, जानकारी गराएर गलत बाटोबाट सही मार्गमा हिँडाउन सकिन्छ भन्ने देखाउन  स्वास्थ्यचौकी मार्फत् जनचेतना जगाउन थालेको अहेव भट्टराईले बताए। स्थानीयस्तरको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि आफूहरु लागिपरेको सकार स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष एवम् पाटन नगरपालिका–१ का वडाध्यक्ष गणेश भट्टराईले बताए। सकारसहित बैतडीका आठ वटा स्वास्थ्यचौकीलाई किशोर–किशोरीमैत्री स्वास्थ्यचौकी घोषणा गरिएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले जानकारी दिए। किशोर–किशोरी मैत्री स्वास्थ्य संस्थामा किशोर–किशोरीका लागि यौन तथा प्रजनन स्वास्थ्यका विभिन्न सेवाका साथै अन्य स्वास्थ्य सेवा पनि प्रदान गरिने गरेको स्वास्थ्य कार्यालय बैतडीका जोशीले बताइन्।  बैतडीमा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष, आड्रा नेपाल लगायतका संस्थाको सहयोगमा किशोर–किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो। किशोर–किशोरीले आफ्नो स्वास्थ्यप्रति सुुसूचित भइ सचेत बनेर आफ्नो भविष्य सरल बनाउन सकुन् भन्ने चाहनाले सानै उमेरदेखि विद्यालयका पाठ्यक्रममा अध्ययन सामग्री राखेर शिक्षा दिँदै आइएको हो। तर समय, परिस्थिति र सामाजिक रूपमा आएका परिवर्तनले व्यक्तिमा साक्षर र बौद्धिक सम्पन्नता आएता पनि यौन शिक्षामा व्यावहारिकताको पक्ष कमजोर भएपछि यसलाई सुधार्न प्रजनन शिक्षालाई बढाउनु पर्ने पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले बताए। स्वास्थ्य संस्थामा किशोर–किशोरीले निर्धक्क समस्या राख्ने वातावरण बनाएको परिवार नियोजन सुपरभाइजर दिल्लीरमण जोशीले बताए। स्वास्थ्यचौकीले प्रजनन स्वास्थ्य सेवा थालेपछि जिल्लाका किशोर–किशोरीमा परिवर्तन देखिएको जोशीले जानकारी दिए। किशोर–किशोरीले यथोचित शिक्षा पाउनसके उनीहरूको भविष्य सरल र स्वस्थ बन्न सक्ने उनको तर्क छ। किशोर–किशोरी सेवा सूचीकृत भइसकेपछि त्यसको गुणस्तर र दिगोपना कायम राख्न स्वास्थ्य सेवा विभागबाट प्रमाणिकरण भएका स्वास्थ्यचौकी स्वास्थ्यकर्मीलाई आवश्यक सामग्री र  तालिमको आवश्यकता भएको उनले औल्याए।

२०७६ साउन २१ गते ६:१५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: