बाल यौन दुराचारको आरोपमा एक क्यानेडीयन पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले क्यानेडियन नागरिक पीटर जोन ग्यालगीसलाई बाल यौन दुराचार गरेको आरोपमा काभ्रेबाट पक्राउ गरेको छ । विगत केही वर्षदेखि नेपालमा बसोबास गरिरहेका जोनका बारे विदेशबाट नै सूचना प्राप्त भएपछि सीआईबीले केही समय देखि अनुसन्धान गरिरहेको सीआईबीका प्रमुख डीआईजी पुष्कर कार्कीले बताए । काभ्रेको मण्डन, देउपुर–१ मा जोन १४ रोपनी क्षेत्रफलमा रहेको विलासी घरमा बस्दै आएका थिए । उनले उक्त घरमा नै १२ र १४ वर्षका दुईजना बालहरुकसँग यौन दुराचार गर्ने गरेको दाबी सीआईबीका प्रमुख डीआईजी पुष्कर कार्कीले गरे । ‘हामीले दुई बालकको उद्दार गरी परिवारको जिम्मा लगाएका छौं,’ उनले भने । डीआईजी कार्कीका अनुसार पीएचडी गरेका जोन विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थामा ठूला पदमा रहेर काम गरेका व्यक्ति हुन् ।
२०७४ चैत्र २५ गते ४:०१ मा प्रकाशित