समाचारमा बालबालिका

बालयौन दुराचारको अभियोगमा बेलायती नागरिक पक्राउ

बालयौन दुराचारको अभियोगमा एक जना बेलायती नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा आइएन रोबेर्ट कोल रहेका छन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी) को टोलीले बालयौन दुराचार भइरहेको छ, भन्ने विशेष सूचनाको आधारमा काठमाडौंको रवीभवनबाट पक्राउ गरेको हो। रोबेर्ट कोलले फ्याल्याट नै भाडामा लिएर बालयौन दुराचार गर्दै आएको प्रहरीको भनाइ छ। प्रहरीले उनको कोठाबाट तीन जना बालकलाई समेत उद्धार गरेको छ। बेलायती नागरिकलाई सहयोग गरेको आरोपमा दुई जना नेपालीलाई समेत नियन्त्रमा लिएको सिआइबीले जनाएको छ। उनीहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।

२०७५ माघ ६ गते प्रकाशित