A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiond26jv5jngk7j91jo6rq7kubpv8n2iniu): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

४ वर्षीय बालकलाई फकाएर यौनजन्य कृयाकलाप गर्ने एक युवक पक्राउ

रौतहटमा ४ वर्षीय बालकसँग अप्राकृतिक मैथुन गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । गरुडा नगरपालिका वडा नम्बर-१, का ४ वर्षीय बालकलाई शुक्रबार साँझ स्थानीय १९ वर्षीय भोला गिरीले उखुघारीमा लगेर यौनजन्य क्रियाकलाप (अप्राकृतिक मैथुन) गरेको प्रहरीले जनाएको छ । ललाइ फकाइ घरबाट उखुबारी लगेर यौनजन्य क्रियाकलाप गर्न लागेपछि बालक रोएको र स्थानीयले थाहा पाएर उखुबारी पुग्दा गिरी समातिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । स्थानीयले समातेर गिरीलाई प्रहरीको जिम्मा लगाएका हुन् ।गिरीको जबर्जस्तीले बालकको मलद्धारबाट रगत बगेको र उनको अहिले जिल्ला अस्पताल रौतहटमा उपचार भइरहेको छ । गिरीलाई प्रहरी हिरासतमा राखेर यौनजन्य क्रियाकलाप गरेको कसुरमा मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक केदार ढकालले बताउनुभयो ।

२०७५ माघ ५ गते ७:५१ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: